शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिन शुरु, एसईई पास गरेकालाई ५० हजार

शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिन शुरु, एसईई पास गरेकाले ५० हजार पाउने

काठमाडौँ , युवालाई स्वरोजगार बन्नका लागि दाङका एक सहकारी संस्थाले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिन शुरु गरेको छ । बेरोजगार युवालाई शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने सरकारी नीति तथा कार्यक्रम अनुरुप घोराहीस्थित सिसा सगुन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले स्वरोजगार बन्नका लागि युवालाई शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिन शुरु गरेको हो ।

व्यवसाय गर्न चाहने युवाका लागि संस्थाले चार प्रतिशत ब्याजमा कर्जा लगानी शुरु गरेको हो । सहकारी संस्थाका अध्यक्ष बालचन्द्र शर्माले सरकारी कार्यक्रमअनुरुप नै सहकारीले युवाको शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिन थालेको बताउनुभयो । उहाँले शैक्षिक प्रमाणपत्र धितो राखेर एसइई पास गरेकालाई रु ५० हजार, कक्षा १२ उत्तीर्ण गरेकालाई रु एक लाख ५० हजार, स्नातक उत्तीर्ण गरेकालाई तीन लाख र स्नातकोत्तर उत्तीर्ण गरेकालाई रु पाँच लाखसम्म ऋण लगानी गर्न शुरु गरेको जानकारी दिनुभयो ।

युवा तथा साना व्यवसायी स्वरोजगार कोषको सहयोगमा व्यवसाय गर्न चाहने युवालाई ऋण दिन थालिएको संस्थाका अध्यक्ष शर्माले बताउनुभयो । उहाँका अनुसार पहिलो चरणमा संस्थाले विनाधितो प्रतिव्यक्ति रु दुई लाख रकम दिन शुरु गरेको छ । बेरोजगार र देशमै बसेर केही गर्न चाहने युवाका लागि व्यवसायी बनाउन ऋण लगानी शुरु गरेको सहकारी संस्थाका अध्यक्ष शर्माले जानकारी दिनुभयो ।

सहकारीले शुरु गरेको युवा ऋण लगानी कार्यक्रमबारे जानकारी दिँदै अध्यक्ष शर्माले स्वरोजगार कोषसँग रु ५० लाख ऋण सम्झौता भएको र त्यसमध्ये पहिलो चरणमा रु २५ लाख वितरण गर्न शुरु गरिएको बताउनुभयो । “दुई लाखसम्म लैजाने युवाले केही पनि धितो नराखेर ऋण दिन लागेका छौँ”, उहाँले भन्नुभयो, “यस वर्ष २५ जना युवालाई ऋण दिने तयारी गरेका छौँ, तीमध्ये १३ जनालाई आजबाटै ऋण दिन शुरु गरिनेछ, अरुलाई केही समय पछि दिने हो ।” दुई लाखले अपुग हुने युवालाई थप रकम आवश्यक परेमा शैक्षिक प्रमाणपत्र धितो राखिने उहाँले बताउनुभयो ।

विनाकर्जा युवालाई ऋण दिने कार्यक्रम केही महीना अगाडि नै घोषणा गरिएको थियो । सोही घोषित कार्यक्रमअन्तर्गत ऋण लैजाने युवाको लगत पनि सङ्कलन भइसकेको हँुदा तत्काल कर्जा प्रवाह गरिने उहाँले बताउनुभयो । स्वरोजगार कोषको व्यवस्थाअनुसार कोषको रकम कर्जाका रुपमा लैजानेले शुरुमा १० प्रतिशतका दरले नियमित रुपमा मासिक ब्याज बुझाई सबै ऋण चुक्ता गर्नुपर्ने हुन्छ । ब्याजसहितको ऋण चुक्ता भइसकेपछि उनीहरुले तिरेको ब्याजको छ प्रतिशत रकम फिर्ता पाउने व्यवस्था पनि गरिएको छ ।

स्वरोजगार कोषको कर्जा पाउनका लागि १८ देखि ५० वर्षसम्मको नेपाली नागरिक हुनुपर्ने, सहकारी संस्थाको कार्य क्षेत्रभित्र बसोबास गर्ने र व्यवसाय सञ्चालन गर्नुपर्ने, संस्थाको नियमानुसार सदस्यता लिई मासिकरुपमा अनिवार्य बचत गर्नुपर्ने जस्ता नियम लगाइएका छन् । यस्तै पुरानो शेयर सदस्यको हकमा निजको नाममा रहेको पुरानो ऋण चुक्ता गरेको हुनुपर्ने, आफूले गर्न चाहेको व्यवसायको व्यावसायिक परियोजना बनाई पेश गर्नुपर्ने, पारिवारिक सदस्यको सम्पूर्ण विवरण, पारिवारिक व्यवसायको प्रष्ट विवरण पेश गर्नुपर्ने लगायतका व्यवस्था गरिएको छ ।

ऋण लगिसकेपछि युवाले उक्त रकमबाट व्यवसाय शुरु गर्ने र व्यवसाय गर्न अपुग रकम उनीहरुले शैक्षिक प्रमाणपत्र धितो राखी लैजाने व्यवस्थासमेत गरिएको संस्थाले जनाएको छ । रासस

हाई ब्लड प्रेसर भएको ब्यक्त्तीले के खाने ? के नखाने ?

हाई बीपी हृदय रोगको इशारा हुन सक्छ । डायटमा सैचुरेटिड फैट जस्तो कि मक्खन, घ्यू, तर आदि कम गर्नुस् । किनकी यसले मुटुको नली बन्द हुने खतरा बढ्छ । जति सकिन्छ, लो फैट डायट लिनुस् ।

– कैल्शियम, मैग्नीशियम र पोटैशियम आदि प्रचुर मात्रामा खानुस् । यो तत्व दूध, हरियो साग, सब्जीहरू, दाल, सुन्तला, स्ट्राबेरी, बदाम, केरा र सीताफल आदिमा खूब पाईन्छ ।

– सूप, सलाद, अमिलो फलफूल, कागती पानी, नरिवल पानी, चना, भटमास आदि खानु फाईदाजनक छ ।

– गाजर, बन्दागोभी, ब्रोकाउली, पालुङ्गो, कटहर, टमाटर, लहसुन, प्याज, हरियो सागपात र मौसमी फल खूब खानुस् ।

– पानी खूब पिउनुस् । दिन भरमा करीब १० गिलास पानी पिउनुस् ।

– ओमेगा थ्री वाला चिज, जस्तो कि ओखर, बदाम, माछाको तेल, आदि खानुस् । दैनिक पाँच/सात दाना बदाम र ३/४ वटा ओखर अवश्य खानुस् ।

– बीपीका लागि आजभोलि म्ब्क्ज् डायट यानी डायट्री अप्रोचिस टु स्टप हाइपरटेन्शन खूब चलनमा छ । यसमा के नखाने भन्दा पनि ज्यादा जोड यस कुरामा हुन्छ कि के खाने । यसलाई अमेरिकन हार्ट एसोसिएशनको साथ–साथै इण्डियन नेशनल क्यान्सर ईन्स्टिच्यूटले पनि रेकेमेण्ड गरेको छ । यसमा दिन भरमा एक किलोसम्म फल–तरकारी र कार्बोहाईड्रेट र लो फैट मिल्क प्रोडक्ट्समा खूब जोड दिइएको छ ।

के नखाने ?

– नुन कम खानुस् । दिनमा करीब आधा चम्चा नुन काफी हुन्छ। टेबल साल्ट यूज नगर्नुस् । दिनभरमा करीब आधा चम्चा नुन खानुस् । यो हामीलाई खानबाट सजिलै प्राप्त हुन्छ । त्यसो त अन्न, फल, सागसब्जीहरू आदिबाट पनि हामी नेचरल तरिकाले नुन प्राप्त गर्दछौं। हप्तामा एक पटक बिना नुनको खाना खाने आदत बसाउनुस् ।

– सस, अचार, चटनी, अजीनोमोटो, बेकिंग पाउडर आदिबाट टाढै रहनुस् । पापड पनि बिना नुन वाला खानुस् ।

– पैक्ड या फ्रोजन आइटम नखानुस् । यसमा प्रिजरभेटिभ हुनुको साथै नुन पनि ज्यादा हुन्छ । यसैगरी बेकरी आइटम्समा सैचुरेटिड फैट ज्यादा हुन्छ । चिप्स, बिस्कुट, भुजिया, कुकीज, फर्कोजन मटर, केक, पेस्ट्री आदिबाट बच्नुस् ।

– खानामा माथिबाट नुन नछर्किनुस् । सलाद, आदिमा पनि नुन नहाल्नुस् ।

– नियमित रुपबाट नान भेज खाएर हेभी नान भेज (रेड मीट आदि) खानबाट बीपीको आशंका बढ्छ ।

नोट: बीपी कन्ट्रोल गर्नमा डायटको रोल ५० प्रतिशत रहन्छ । स्ट्रेस मैनेजमेन्ट र एक्सरसाइजबाट बाँकी फाईदा प्राप्त हुन्छ । योगासन, प्राणायाम र मेडिटेशन गर्नुस् । भ्रामरी प्राणायाम खासमा फाईदाजनक रहन्छ ।

मनलाई स्वस्थ राख्ने उपाए

– टेन्शन या स्ट्रेस कमभन्दा कममा रहनुस् ।

– दैनिक स्नान गर्नुस् ।

– प्रतिदिन व्यायाम गर्नुस् ।

– खूब पानी पिउनुस् ।

– रसदार फल जस्तै – सुन्तला, स्याउ, आप, केरा इत्यादि रोज खानुस् ।

– सफा, शुद्ध र पौष्टिक आहार खानुस् । जंक फूड जस्तै कि बर्गर, पिजा आदि कम खानुस् ।

– यदि टेन्शन हदभन्दा ज्यादा हुदैछ भने कुनै मनोवैज्ञानिकसंग सल्लाह लिनुस् । यी साधारण कुरालाई ध्यानमा राख्नु भयो भने तपाई सुखी र स्वस्थ जीवन जीउन सक्नु हुन्छ ।

ज्ञान बाँड्नु सबैभन्दा ठूलो धर्म हो त्यसैले सबैले लाइक तथा शेयर गर्न नभुल्नुहोला !!

प्रकाशित मिति May 28, 2019