मार्सी धान रोप्न जुम्लाका किसानलाई भ्याइ नभ्याइ

जुम्ला–यहाँका किसानलाई यतिबेला रोपाइँको चटारो छ। जुम्लाको आग्लो स्थानमा फल्ने धान काली मार्सी धान रोप्न किसानलाइ भ्याइ नभ्याइ भएको हो । अर्कातिर पाकेको जौ भित्र्याउने चटारो पनि छ । समुद्री सतहदेखि दुई हजार ८५० मिटर उचाइमा रहेको पातारासी गाउँपालिका छुमचौर ज्यूलोमा हरेक वर्ष जेठको मध्यतिर कालीमार्सी धान रोपिन्छ । यो धान फल्ने विश्वकै अग्लो स्थान हो ।

यहाँका कृषकलाई अहिले जौ काट्ने र मार्सी रोप्ने चटारो छ । बजारमा माग बढेपछि यहाँका किसान मार्सीको क्षेत्र विस्तारतर्फ लागेका छन् । चिसो मौसमका कारण समयमै धान नरोपे समयमा नपाक्ने भएकाले यहाँ जेठ महिनाको पहिलो साताबाटै रोपाइँ सुरु गरी असार पहिलो सातामा सक्ने गरिन्छ । काली मार्सी धानको बिउ सामान्यतय चैत १२ गते बिउ भिजाउने, १६ गते उतार्ने र २० गते किसानले बेर्ना राखिन्छ ।

काली मार्सी धान जुम्ला जिल्लाको पहिचान हो । यो धान कात्तिकको पहिलो सातादेखि दोस्रो सातामा भित्र्याइन्छ । उत्पादन कम हुने भए पनि यसको चामल निकै पोषिलो मानिन्छ । जुम्लामा उन्नत जातको धान लगाउदा बढी उत्पादन हुने र असिना पानीले पनि नझार्ने भएकाले पछिल्लो समयमा किसानहरू उन्नत जातको धान रोप्ने गरेका छन् । सामान्य पानी पर्दा पनि झर्ने भएकाले काली मार्सी धान लगाउने्नलगाउने निर्णय गर्न नसकेको चन्दननाथ नगरपालिका ४ की पूजा भण्डारीले बताइन् ।

जिल्लाको धान उत्पादन हुने दुई हजार ९५० हेक्टरमध्ये ४० प्रतिशत क्षेत्रफलमा मात्रै काली मार्सी लगाइएको कृषि कार्यालयको तथ्याङ्क छ । काली मार्सी धानमा रोग धेरै लाग्ने कारण कृषि कार्यालय जुम्लाले पनि किसानलाई मार्सी लगाउन सुझाव दिने गरेको छैनन् ।

तर कृषि विज्ञहरूले धान जोगाउन सुझाव दिएने गरेका छन् । पछिल्लो समय अधिकांश किसानले खेतमा उन्नत जातको धान रोप्ने गरेपछि कालिमार्सी धान जोगाउन किसानलाई कृषि विज्ञहरुले सुझाव दिएका हुन् ।

हाई ब्लड प्रेसर भएको ब्यक्त्तीले के खाने ? के नखाने ?

हाई बीपी हृदय रोगको इशारा हुन सक्छ । डायटमा सैचुरेटिड फैट जस्तो कि मक्खन, घ्यू, तर आदि कम गर्नुस् । किनकी यसले मुटुको नली बन्द हुने खतरा बढ्छ । जति सकिन्छ, लो फैट डायट लिनुस् ।

– कैल्शियम, मैग्नीशियम र पोटैशियम आदि प्रचुर मात्रामा खानुस् । यो तत्व दूध, हरियो साग, सब्जीहरू, दाल, सुन्तला, स्ट्राबेरी, बदाम, केरा र सीताफल आदिमा खूब पाईन्छ ।

– सूप, सलाद, अमिलो फलफूल, कागती पानी, नरिवल पानी, चना, भटमास आदि खानु फाईदाजनक छ ।

– गाजर, बन्दागोभी, ब्रोकाउली, पालुङ्गो, कटहर, टमाटर, लहसुन, प्याज, हरियो सागपात र मौसमी फल खूब खानुस् ।

– पानी खूब पिउनुस् । दिन भरमा करीब १० गिलास पानी पिउनुस् ।

– ओमेगा थ्री वाला चिज, जस्तो कि ओखर, बदाम, माछाको तेल, आदि खानुस् । दैनिक पाँच/सात दाना बदाम र ३/४ वटा ओखर अवश्य खानुस् ।

– बीपीका लागि आजभोलि म्ब्क्ज् डायट यानी डायट्री अप्रोचिस टु स्टप हाइपरटेन्शन खूब चलनमा छ । यसमा के नखाने भन्दा पनि ज्यादा जोड यस कुरामा हुन्छ कि के खाने । यसलाई अमेरिकन हार्ट एसोसिएशनको साथ–साथै इण्डियन नेशनल क्यान्सर ईन्स्टिच्यूटले पनि रेकेमेण्ड गरेको छ । यसमा दिन भरमा एक किलोसम्म फल–तरकारी र कार्बोहाईड्रेट र लो फैट मिल्क प्रोडक्ट्समा खूब जोड दिइएको छ ।

के नखाने ?

– नुन कम खानुस् । दिनमा करीब आधा चम्चा नुन काफी हुन्छ। टेबल साल्ट यूज नगर्नुस् । दिनभरमा करीब आधा चम्चा नुन खानुस् । यो हामीलाई खानबाट सजिलै प्राप्त हुन्छ । त्यसो त अन्न, फल, सागसब्जीहरू आदिबाट पनि हामी नेचरल तरिकाले नुन प्राप्त गर्दछौं। हप्तामा एक पटक बिना नुनको खाना खाने आदत बसाउनुस् ।

– सस, अचार, चटनी, अजीनोमोटो, बेकिंग पाउडर आदिबाट टाढै रहनुस् । पापड पनि बिना नुन वाला खानुस् ।

– पैक्ड या फ्रोजन आइटम नखानुस् । यसमा प्रिजरभेटिभ हुनुको साथै नुन पनि ज्यादा हुन्छ । यसैगरी बेकरी आइटम्समा सैचुरेटिड फैट ज्यादा हुन्छ । चिप्स, बिस्कुट, भुजिया, कुकीज, फर्कोजन मटर, केक, पेस्ट्री आदिबाट बच्नुस् ।

– खानामा माथिबाट नुन नछर्किनुस् । सलाद, आदिमा पनि नुन नहाल्नुस् ।

– नियमित रुपबाट नान भेज खाएर हेभी नान भेज (रेड मीट आदि) खानबाट बीपीको आशंका बढ्छ ।

नोट: बीपी कन्ट्रोल गर्नमा डायटको रोल ५० प्रतिशत रहन्छ । स्ट्रेस मैनेजमेन्ट र एक्सरसाइजबाट बाँकी फाईदा प्राप्त हुन्छ । योगासन, प्राणायाम र मेडिटेशन गर्नुस् । भ्रामरी प्राणायाम खासमा फाईदाजनक रहन्छ ।

मनलाई स्वस्थ राख्ने उपाए

– टेन्शन या स्ट्रेस कमभन्दा कममा रहनुस् ।

– दैनिक स्नान गर्नुस् ।

– प्रतिदिन व्यायाम गर्नुस् ।

– खूब पानी पिउनुस् ।

– रसदार फल जस्तै – सुन्तला, स्याउ, आप, केरा इत्यादि रोज खानुस् ।

– सफा, शुद्ध र पौष्टिक आहार खानुस् । जंक फूड जस्तै कि बर्गर, पिजा आदि कम खानुस् ।

– यदि टेन्शन हदभन्दा ज्यादा हुदैछ भने कुनै मनोवैज्ञानिकसंग सल्लाह लिनुस् । यी साधारण कुरालाई ध्यानमा राख्नु भयो भने तपाई सुखी र स्वस्थ जीवन जीउन सक्नु हुन्छ ।

ज्ञान बाँड्नु सबैभन्दा ठूलो धर्म हो त्यसैले सबैले लाइक तथा शेयर गर्न नभुल्नुहोला !!

प्रकाशित मिति May 28, 2019