सपनामा देखिएको भैरवको मूर्ति विपनामै यसरी भेटियो

सपनालाई विपनामा परिणत गर्ने भाषण धेरै हुन्छ, तर सपनामा देखिएको विषय विपनामा परिणत नहुन पनि सक्छ । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर २ दुवाकोटमा सपनामा देखिएको तथ्य विपनामा परिणत भएको छ ।फैटोका गणेश मन्दिरका पुजारी शंकर श्रेष्ठ मन्दिरमै सुतेका थिए । ‘विहान पौने १ बजे सपना देखे । उठेर सपनामा देखिएको ठाउँमा पुगेर त्यहाँको माटो उठाए । फेरि मन्दिरमै गएर सुते । विहान उठदा ६.३० बजिसकेको रहेछ’, पुजारी शंकर श्रेष्ठले भने,‘मैले यस्तो सपना देखेको कुरा गाउँमा बताए।

तर, कसैले पत्याएनन् । मैले सपनामा जस्तो दखेको थिए, त्यस्तै मूर्ति भेटियो।’ शंकरले बिहान ओसीआरसीको आँगनमा पर्ने वारीमा आएर पूजा गर्न थाले ।पूजा गरेर उन ले मूर्तिको खोज्ने भन्दै खन्न थाले । वरिपरिका छिमेकीलाई पनि उन ले त्यहाँ मूर्ति भेटिएला भन्ने लागेको थिएन। उन ले बिहानभरी खन्दा नभेटिएपछि खाना खाएर आएर पुन खन्न थाले । खन्दै जाँदा जहाँनेर पूजा गरिएको थियो, त्यहिनेर मूर्ति भेटिएको हो । मूर्ति भेटिएपछि वरिपरिका छिमेकीहरुको त्यहाँ भिड नै लाग्यो ।
छिमेकी प्रकाशबहादुर खड्का अनुसार केही दिन भैरवको मूर्ति भेटिएको ठाउँमा मध्यरातमा टपरी आकारमा वत्ती बलेको देखिएको थियो।

‘त्यही ठाउँमा भैरवको मूर्ति भेटिएको हो । मूर्ति भेटिएको जग्गा पहिले शंकरकै पिताको घर थियो । त्यो घरको भग्नावशेष अहिले पनि देखिन्छ । शंकरका पिता ८१ वर्षको थिए । पिताले पनि आफूलाई केही नभनेको शंकरले बताए । त्यो जग्गा उन का पिताले पाँच वर्ष अघि नै अरुलाई नै बेचिसकेको छ ।

छिमेकी शान्ति खड्काका अनुसार गणेशमन्दिरबाट हराएको मूर्ति नै त्यहाँ फेला परेको हो । ‘गणेशमन्दिरबाट पहिले नै भैरवको मूर्ति हरायो भन्ने सुनेका थियौ,सायद त्यही मूर्ति यहाँ फेला परेको हुन सक्छ,’ उन ले भने ।

शंकरका अनुसार पिताले ढोकाको दाँयाबायाँ भैरवको मूर्ति राखेको सुनिएको थियो। ‘तर पछि त्यो मूर्ति कता पुग्यो, कसैले खोजी गरेनन्,’शंकरले भने ।

Image may contain: 4 people, people smiling, people sitting

तस्बिर सामाजिक संजाल बाट

यो पनि पढ्नुस

एजेन्सी । अब हामीले केही नयाँ काम सुरु गछौँ, तब कयौँ समस्या आउने गर्दछन्। कुनै व्यक्तिले ती समस्याबाट हैरानी भएर कामलाई अधुरै छोडिदिन्छन् भने कुनै व्यक्ति ती समस्यासँग जुधेर लगातार काममा लागिरहन्छन्। तर कुनै बेला यस्तो समय आउछ समस्या घटनुको साटो अझ बढ्दै जान्छ।

यो समस्या हाम्रो समयको साथसाथै हाबी हुँदै जान्छ। र हामी कमजोर बन्दै जान्छौँ। समस्याले हाम्रीलाई तनावमा पार्नुका साथै तर्क शक्तिमा समेत कमजोर बनाउदै लैजान्छ।

एक अनुसन्धानका अनुसार समस्याले हाम्रो प्रवृति अनुसार आफ्नो रंग देखाउने गर्दछ। यदी हामी सकारात्मक छौ भने त्यो सडकको स्पीड ब्रेकर जस्तै हो। अर्थात केही समयमा हाम्रो गति थोरै कम हुन्छ र फेरि दौडिन थाल्दछ।

महान साहित्यकार जार्ज बर्नार्डले भने अवरोधले हाम्रो सफलतालाई अझ मजबुत बनाउन सहयोग गर्दछ। हामीले जति बाधा, अबरोध पार गर्दै जान्छौँ त्यती बलियो हुँदै जान्छौँ।

यी कुराले हामीलाई सफलतामा अवरोध ल्याउछ :

बहाना बनाउनु

यदी हामीले आफ्नो गल्ती स्वीकार गर्न तयार नभएर विभिन्न किसिमका बाहाना बनाउन थाल्यौँ भने हामीले सफलता भन्दा असफलता प्राप्त गछौँ।

समस्यासँग भाग्नु

कयौँ समय हामी समस्या समाधान गर्नु भन्दा समस्यासँग डराएर भाग्यौँ भने हामी कहिलै सफल हुन सक्दैनौँ।

केही गर्न अघि नसर्नु

धेरै मान्छे केही काम गर्नु अघि डराउने गर्दछन्। यदी हामी जुन काम गर्दा पनि मनमा डर पालेर बस्नेहो भने कहीलै सफता पाउन सक्दैनौँ। असफलताबाट पाठ नसिक्नुम बिचमै छोडिदिन्छौँ भने जीवनमा कहीलै सफलता प्राप्त गर्न सक्दैनौँ।

प्रकाशित मिति May 27, 2019