अब सरकारी अनलाईनबाट आफै काम रोजेर विदेश जान सकिने

नेपालको बढ्दो बेरोजगारीले अहिले पनि कामका लागि विदेश जाने नेपालीहरुको संख्या बढ्दो छ । योबीचमा कामा लागि विदेश जाने क्रममा धेरै व्यक्तिहरु ठगिने गरेका छन् ।के तपाईँ विदेश जाने सोचमा हुनुहुन्छ ? विदेशमा पाइने कामको बारेमा बुझ्न चाहनुहुन्छ ? अबदेखि कामका लागि कुनै दलाललाई सोध्नु नपर्ने भएको छ ।

अब घरमै बसेर विदेशमा पाइने कामको बारेमा जानकारी लिन सकिने भएको छ ।अनलाइनमार्फत आफूले गर्न चाहेको कामको बारेमा कुन देशबाट ‘डिमाण्ड’ आएको छ र सेवासुविधा कस्तो छ भनेर बुझन सकिने भएको हो ।

वैदेशिक रोजगार विभागले कामदारको मागबारे अनलाइनबाटै जानकारी लिन सक्ने प्रविधिको विकास गरेको जानकारी दिएको छ ।विभागका महानिर्देशक भिष्मकुमार भुषालले अनलाईनबाट नै कुन देशका कुन कम्पनीमा कस्ता कामका लागि माग आएका छन् भन्ने जानकारी अब विभागको अनलाइन मा हेर्न सकिने जानकारी दिनुभयो ।यो विकाससँगै अब कामदारले विदेशमा पाइने कामको बारेमा एजेण्ट वा म्यानपावरको झुटो आश्वासनमा फस्न नपर्ने विश्वास गरिएको छ ।

उहाँले सबैलाई सचेत हुन आग्रह गर्दै भन्नुभयो, ‘अब जान चाहेको काम, पाइने सेवा सुविधा लगायतको जानकारी वेवसाइटबाटै लिन सकिन्छ, त्यसैले अब दलाल र म्यानपावरको झुटमा नफस्नुहोला ।’

आफ्नो इच्छाको काम, दाम र त्यो काम पाइने ठाउँसँगै नेपालबाट त्यो काममा पठाउने म्यानपावर कम्पनीको बारेमा समेत जानकारी लिन सकिने महानिर्देशक भुषालले जानकारी दिनुभयो ।

सबैको जानकारीका लागि सेयर गरिदिनुहोला । तल दिईएको लिंकमा क्लिक गरि जानकारी लिनुहोस्

यो लिंकमा खोज्नुहोला – http://dofe.gov.np

यो पनि पढ्नुस

जति मेहनत गरेपनि धन कमाउन सक्नुभएको छैन भने तपाईंलाई ग्रहदोष हुनसक्छ । यसलाई हटाउन ऊँ श्री हनुमते नमः यो मन्त्र दिनदिनै २१ चोटि जप्नुस् । काममा बाधा आउन पाउँदैन ।

अलिकति हिंग आफूमाथि घुमाएर उत्तर दिशामा फ्याँक्नुस् । अनि बिहानै तीनवटा हरिया अलैंची दाहिने हातमा राखेर श्रीं श्रीं उच्चारण गर्नुस् र खानुस् । त्यसपछि घरबाहिर निस्कनुस् । काम फत्ते हुन्छ ।

सुतेर बिहान उठेपछि दिनदिनै आफ्नो हत्केलालाई ध्यान दिएर हेर्नुस् र तीनचोटि चुम्नुस् । यसो गर्दा हरेक काममा सफलता पाउनुहुनेछ । शनिवारदेखि यसो गर्न शुरु गर्नुस् ।

पाँच रुपैयाँको नोटको त्रिकोण पिरामिड बनाएर पूजाकोठामा राख्नुस् । धनको कमी हुन थाल्नेबित्तिकै त्यो पिरामिडलाई देब्रे हातमा राखेर दासहने हातले छोप्नुस् । अनि पिरामिडले घरमा धन ल्याउँदैछ भनी कल्पना गर्नुस् ।

यसो गर्दा कताकताबाट तपाईंलाई धन आइलाग्छ । तर पैसाको साह्रै खाँचो भयो भने मात्र यसो गर्नुस् । गुरु पुष्य योग र शुभ चन्द्रमाको दिन बिहान हरियो रंगको कपडाको सानो थैलो बनाउनुस् । अनि श्रीगणेशको चित्र वा मूर्तिअघि बसेर संकटनाशन स्तोत्रको ११ चोटि पाठ गर्नुस् ।

त्यसपछि थैलीमा सातवटा मुँग, दश ग्राम साबुत धनियाँ, एक पञ्चमुखी रुद्राक्ष, एक चाँदीको सिक्का, दुईवटा सुपारी, दुईवटा बेसारको पोको बाँधेर गणेशजीलाई शुद्ध घिउको लड्डु भोग चढाउनुस् । त्यसपछि थैली कन्तूरमा राख्नुस् । एक वर्षपछि नयाँ थैली राख्नुस् । गरीब र ब्राह्मणहरूलाई दान दिनुस् । यसो गर्दा आर्थिक रूपमा तनाव हुँदैन ।

आइतवार भैरवको मन्दिरमा सिन्दूर चढाएर बटुक भैरव स्तोत्र पाठ गर्नुस् अनि गाई, काग र कालो कुकुरलाई मन पर्ने कुरा खुवाइदिनुस् । वर्षमा चार पाँचचोटि यसो गर्नुभयो भने सबै बाधा हटेर जान्छन् । एजेन्सी

प्रकाशित मिति May 27, 2019