विप्लव नेकपाको घोसणा भोलि देशभर बन्द (विज्ञप्तिसहित)

काठमाडौँ, १२ जेठ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले युवा संगठनका तीर्थराज घिमिरेलाई प्रहरीले गिरफ्तार गरी हत्या गरेको बिरोधमा भोलि (जेठ-१३) गते नेपाल बन्दको घोषणा गरेको छ ।

घिमिरेलाई प्रहरीले गिरफ्तार गरी हत्या गरेपछि गत बुधबार एक विज्ञप्तिमार्फत जेठ १३ गते नेपाल बन्दसहितको चरणबद्ध संघर्षका कार्यक्रमहरु घोषणा गरेको थियो ।

सांगठनिक कामको सिलसिलामा गत मंगलबार भोजपुर र खोटाङको सीमानामा पर्ने मैयुमको धोत्रेमा युवा संगठनका तीर्थराज घिमिरे कमरेड राजुलाई केपी ओली सरकारको ठाडो आदेशमा सुरक्षा फौजले गिरफ्तार गरी दोहोरो भीडन्तको नाममा हत्या गरेकोप्रति नेकपाले विज्ञप्ति मार्फत घोर आपत्ति जनाएको छ ।

नेकपाले हत्या जस्तो निकृष्ट हर्कतको सबै मानवअधिकार कर्मी, नागरिक समाज, पत्रकारले डटेर विरोध गर्नुका साथै कमरेड तीथराज घिमिरेको हत्या घटनाको सत्यतथ्य छानविन गरी सार्वजनिक गर्न विज्ञप्तिमार्फत माग पनि गरेको छ ।

महासचिव विप्लवले सरकारले चलाएको हत्या हिंसाका विरुद्ध पार्टीले प्रतिरोध गर्नुको विकल्प नरहेको अवस्थामा तत्कालका लागि बन्दसहितको संघर्षका कार्यक्रम घोषणा गरिएको जनाएका छन् । उक्त कार्यक्रमलाई उद्योग व्यावसायी, यातायात कर्मी, शिक्षण संस्थान लगायतका सबैले सहयोग र ऐक्यबद्धता जाहेर गर्नुका साथै सहयोग र समर्थन गर्न नेकपाले अपिलसमेत विज्ञप्तिमार्फत गरेको छ ।

षडानन्द नगरपालिका २ का घिमिरेलाई प्रहरीले गोली हानी नियन्त्रणमा लिएको जनाएको थियो। प्रहरीको गोली लागेर घाइते घिमिरेको मंगलबार उपचारको क्रममा ज्यान गएको थियो । विज्ञप्ति तल हेर्नुहोस :

हाई ब्लड प्रेसर भएको ब्यक्त्तीले के खाने ? के नखाने ?

हाई बीपी हृदय रोगको इशारा हुन सक्छ । डायटमा सैचुरेटिड फैट जस्तो कि मक्खन, घ्यू, तर आदि कम गर्नुस् । किनकी यसले मुटुको नली बन्द हुने खतरा बढ्छ । जति सकिन्छ, लो फैट डायट लिनुस् ।

– कैल्शियम, मैग्नीशियम र पोटैशियम आदि प्रचुर मात्रामा खानुस् । यो तत्व दूध, हरियो साग, सब्जीहरू, दाल, सुन्तला, स्ट्राबेरी, बदाम, केरा र सीताफल आदिमा खूब पाईन्छ ।

– सूप, सलाद, अमिलो फलफूल, कागती पानी, नरिवल पानी, चना, भटमास आदि खानु फाईदाजनक छ ।

– गाजर, बन्दागोभी, ब्रोकाउली, पालुङ्गो, कटहर, टमाटर, लहसुन, प्याज, हरियो सागपात र मौसमी फल खूब खानुस् ।

– पानी खूब पिउनुस् । दिन भरमा करीब १० गिलास पानी पिउनुस् ।

– ओमेगा थ्री वाला चिज, जस्तो कि ओखर, बदाम, माछाको तेल, आदि खानुस् । दैनिक पाँच/सात दाना बदाम र ३/४ वटा ओखर अवश्य खानुस् ।

– बीपीका लागि आजभोलि म्ब्क्ज् डायट यानी डायट्री अप्रोचिस टु स्टप हाइपरटेन्शन खूब चलनमा छ । यसमा के नखाने भन्दा पनि ज्यादा जोड यस कुरामा हुन्छ कि के खाने । यसलाई अमेरिकन हार्ट एसोसिएशनको साथ–साथै इण्डियन नेशनल क्यान्सर ईन्स्टिच्यूटले पनि रेकेमेण्ड गरेको छ । यसमा दिन भरमा एक किलोसम्म फल–तरकारी र कार्बोहाईड्रेट र लो फैट मिल्क प्रोडक्ट्समा खूब जोड दिइएको छ ।

के नखाने ?

– नुन कम खानुस् । दिनमा करीब आधा चम्चा नुन काफी हुन्छ। टेबल साल्ट यूज नगर्नुस् । दिनभरमा करीब आधा चम्चा नुन खानुस् । यो हामीलाई खानबाट सजिलै प्राप्त हुन्छ । त्यसो त अन्न, फल, सागसब्जीहरू आदिबाट पनि हामी नेचरल तरिकाले नुन प्राप्त गर्दछौं। हप्तामा एक पटक बिना नुनको खाना खाने आदत बसाउनुस् ।

– सस, अचार, चटनी, अजीनोमोटो, बेकिंग पाउडर आदिबाट टाढै रहनुस् । पापड पनि बिना नुन वाला खानुस् ।

– पैक्ड या फ्रोजन आइटम नखानुस् । यसमा प्रिजरभेटिभ हुनुको साथै नुन पनि ज्यादा हुन्छ । यसैगरी बेकरी आइटम्समा सैचुरेटिड फैट ज्यादा हुन्छ । चिप्स, बिस्कुट, भुजिया, कुकीज, फर्कोजन मटर, केक, पेस्ट्री आदिबाट बच्नुस् ।

– खानामा माथिबाट नुन नछर्किनुस् । सलाद, आदिमा पनि नुन नहाल्नुस् ।

– नियमित रुपबाट नान भेज खाएर हेभी नान भेज (रेड मीट आदि) खानबाट बीपीको आशंका बढ्छ ।

नोट: बीपी कन्ट्रोल गर्नमा डायटको रोल ५० प्रतिशत रहन्छ । स्ट्रेस मैनेजमेन्ट र एक्सरसाइजबाट बाँकी फाईदा प्राप्त हुन्छ । योगासन, प्राणायाम र मेडिटेशन गर्नुस् । भ्रामरी प्राणायाम खासमा फाईदाजनक रहन्छ ।

मनलाई स्वस्थ राख्ने उपाए

– टेन्शन या स्ट्रेस कमभन्दा कममा रहनुस् ।

– दैनिक स्नान गर्नुस् ।

– प्रतिदिन व्यायाम गर्नुस् ।

– खूब पानी पिउनुस् ।

– रसदार फल जस्तै – सुन्तला, स्याउ, आप, केरा इत्यादि रोज खानुस् ।

– सफा, शुद्ध र पौष्टिक आहार खानुस् । जंक फूड जस्तै कि बर्गर, पिजा आदि कम खानुस् ।

– यदि टेन्शन हदभन्दा ज्यादा हुदैछ भने कुनै मनोवैज्ञानिकसंग सल्लाह लिनुस् । यी साधारण कुरालाई ध्यानमा राख्नु भयो भने तपाई सुखी र स्वस्थ जीवन जीउन सक्नु हुन्छ ।

ज्ञान बाँड्नु सबैभन्दा ठूलो धर्म हो त्यसैले सबैले लाइक तथा शेयर गर्न नभुल्नुहोला !!

प्रकाशित मिति May 26, 2019