८ करोड भारतीय नक्कली नोट प्रकरण:तिन पाकिस्तानी नागरिक सहित ६ जना सार्वजनिक

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ८ करोड भारतीय नक्कली नोटसहित पक्राउ परेका ६ जनालाई सार्वजनिक गरेको छ । शुक्रबार महानगरीय प्रहरी कार्यालय, रानीपोखरीमा पत्रकार सम्मेलन गरेर प्रहरीले नक्कली नोटको कारोबार गर्ने ६ जनालाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेहरुमा नक्कली नोट ल्याउने तीन जना पाकिस्तानी नागरिक र रिसिभ गर्न विमानस्थल पुगेका तीन नेपाली नागरिक गरी ६ जनालाई सार्वजनिक गरेको रानीपोखरीका प्रवक्ता (एसएसपी) श्याम ज्ञवालीले जानकारी दिए ।

कतार एयरको फ्लाइट नम्बर बाट दोहा हुँदै नक्कली नोटसहित काठमाडौं आएका पाकिस्तानी नागरिक ४९ वर्षीय मोहमद अख्तर, ३९ वर्षीय नादिया अनवर र ६७ वर्षीय नसिर उद्दिन पक्राउ परेका हुन् ।

उनीहरुले विमानस्थलसम्म ल्याएको नोट लिन शुक्रबार पटकपटक नक्कली नोट कारोबारको मुद्दा खेपेर जेलसमेत भोगेका युनिस अन्सारी भने सालोलाई लिएर नक्कली नोट लिन विमानस्थल पुगेको एसएसपी ज्ञवालीले बताए ।

विगतमा नेसनल टेलिभिजन सञ्चालनमासमेत संलग्न रहेका अन्सारी प्रतिबन्धित भारु दुई हजारका नोट लिन रौतहट जिल्ला रमौली बैरिया नगरपालिका–१ बस्ने सालो सुयल खानलाई लिएर विमानस्थल पुगेका थिए ।

उनीहरुको गाडी चालक सूर्यविनायक नगरपालिका ५ बालकोट बस्ने सुदन रानाभाट थिए । प्रहरीले युनिससहित पैसा रिसिभ गर्न विमानस्थल पुगेका तीन जनासँगै कतारबाट पैसा लिएर विमानस्थल आइपुगेका तीन पाकिस्तानीलाई पक्राउ गरेको हो ।

शुक्रबार बिहान ९ः४० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन तर्फको भन्सार क्षेत्रमा काठमाडौं आएका तीन पाकिस्तानीले लगेजमा लुकाएर ल्याएको ७ करोड ६७ लाख ९४ हजार रुपैयाँ रिसिभ गर्न अन्सारी सालो र ड्राइभरसँग विमानस्थल पुगेका थिए ।

एसपी ज्ञवालीका अनुसार पाकिस्तानी नागरिकलाई विमानस्थल प्रहरी र भन्सार प्रहरीले पक्राउ गरेको हो भने पैसा रिसिभ गर्न गएका तीन नेपालीलाई प्रहरीको विशेष ब्यूरोले नियन्त्रणमा लिएको हो ।

युनुसलाई प्रहरीको विशेष ब्युरोले उनलाई ११ माघ २०७० मा ३५ लाख नक्कली भारुसहित ललितपुरबाट पक्राउ गरेको थियो ।

केन्द्रीय कारागारमा रहँदा उनीमाथि गोली प्रहार समेत भएको थियो । उनी पूर्वमन्त्री सलीममिया अन्सारीका छोरा युनुस हुन् ।

यो पनि पढ्नुस

जति मेहनत गरेपनि धन कमाउन सक्नुभएको छैन भने तपाईंलाई ग्रहदोष हुनसक्छ । यसलाई हटाउन ऊँ श्री हनुमते नमः यो मन्त्र दिनदिनै २१ चोटि जप्नुस् । काममा बाधा आउन पाउँदैन ।

अलिकति हिंग आफूमाथि घुमाएर उत्तर दिशामा फ्याँक्नुस् । अनि बिहानै तीनवटा हरिया अलैंची दाहिने हातमा राखेर श्रीं श्रीं उच्चारण गर्नुस् र खानुस् । त्यसपछि घरबाहिर निस्कनुस् । काम फत्ते हुन्छ ।

सुतेर बिहान उठेपछि दिनदिनै आफ्नो हत्केलालाई ध्यान दिएर हेर्नुस् र तीनचोटि चुम्नुस् । यसो गर्दा हरेक काममा सफलता पाउनुहुनेछ । शनिवारदेखि यसो गर्न शुरु गर्नुस् ।

पाँच रुपैयाँको नोटको त्रिकोण पिरामिड बनाएर पूजाकोठामा राख्नुस् । धनको कमी हुन थाल्नेबित्तिकै त्यो पिरामिडलाई देब्रे हातमा राखेर दासहने हातले छोप्नुस् । अनि पिरामिडले घरमा धन ल्याउँदैछ भनी कल्पना गर्नुस् ।

यसो गर्दा कताकताबाट तपाईंलाई धन आइलाग्छ । तर पैसाको साह्रै खाँचो भयो भने मात्र यसो गर्नुस् । गुरु पुष्य योग र शुभ चन्द्रमाको दिन बिहान हरियो रंगको कपडाको सानो थैलो बनाउनुस् । अनि श्रीगणेशको चित्र वा मूर्तिअघि बसेर संकटनाशन स्तोत्रको ११ चोटि पाठ गर्नुस् ।

त्यसपछि थैलीमा सातवटा मुँग, दश ग्राम साबुत धनियाँ, एक पञ्चमुखी रुद्राक्ष, एक चाँदीको सिक्का, दुईवटा सुपारी, दुईवटा बेसारको पोको बाँधेर गणेशजीलाई शुद्ध घिउको लड्डु भोग चढाउनुस् । त्यसपछि थैली कन्तूरमा राख्नुस् । एक वर्षपछि नयाँ थैली राख्नुस् । गरीब र ब्राह्मणहरूलाई दान दिनुस् । यसो गर्दा आर्थिक रूपमा तनाव हुँदैन ।

आइतवार भैरवको मन्दिरमा सिन्दूर चढाएर बटुक भैरव स्तोत्र पाठ गर्नुस् अनि गाई, काग र कालो कुकुरलाई मन पर्ने कुरा खुवाइदिनुस् । वर्षमा चार पाँचचोटि यसो गर्नुभयो भने सबै बाधा हटेर जान्छन् । एजेन्सी

प्रकाशित मिति May 26, 2019