यी नै हुन् पहिलो ठेकेदार जसले थोरैमा काम सकिएको भन्दै राज्यलाई ४० लाख फिर्ता गरे !

समयमै ठेक्का नसक्ने रोग निर्माण व्यवसायीको पुरानै हो । निर्माण व्यवसायीको यो प्रवृत्तिले सिंगो देश नै आक्रान्त छ । निर्माण व्यवसायीको रवैयाले छवि नै धुमिल बनिरहेका बेला रामेछापका एक निर्माण व्यवसायीले भने नमूना काम गरेर देखाएका छन् ।

अधिकांश आयोजनामा निर्माण अवधि र लागत थप गर्ने गरिए पनि ती निर्माण व्यवसायीले तोकिएको समय अगावै थोरै लागतमा आयोजनाको काम फत्ते गरेका छन् ।रामेछाप को सदरमुकाम मन्थलीमा सात वटा सरकारी भवन सम्झौता भन्दा कम लागतमै निर्माण सम्पन्न गरेको छ ।

भुकम्पबाट क्षतिग्रस्त भवनको पुणर्निर्माण गर्ने क्रममा ठेकेदार व्यवसायिले आफुहरुसंग भएको सम्झौता भन्दा कम लागतमै निर्माण सम्पन्न गरेको हो ।

सुनकोसी/ खानी/ थोदुङ जेभी नामक निर्माण कम्पनीले जिम्मा लिएको १३ करोड ८ लाख ५७ हजार ६ सय ४५ रुपैयाँको सझौता भएकोमा १२ करोड ६८ लाख ७१ हजार आठ सय बत्तिस रुपैयाँमै निर्धारित गुणस्तरको भवन निर्माण सम्पन्न गरेको निर्माण व्यवसायी रामबावु घिमिरेको भनाई छ ।

यसरी हेर्दा बाँकी रकम करिब ३९ लाख ८५ हजार आठ सय तेह्र रुपैयाँ राज्यकोषमा रकम बचेको छ । तिन वटा सरकारी कार्यालयहरु खानेपानी डिभिजन कार्यालयको लागि ४ करोड ६७ लाख ६२ हजार ६ सय बयासी रुपैयाँ, शहरी विकास फिल्ड कार्यालयको लागि ५ करोड ७६ लाख ७२ हजार एक साय चार रुपैयाँ र प्रमुख जिल्ला अधिकारी आवासको लागि २ करोड २४ लाख ३७ हजार चवालिस रुपैयाँ रकम खर्चेका छन् ।

राष्ट्रिय पुणर्निर्माण प्राधिकरणबाट भुकम्प पश्चातको पुणर्निर्माण अन्तर्गत एसियाली विकास वैंकको ८८ प्रतिशत र नेपाल सरकारको १२ प्रतिशत लगानी साझेदारीमा उक्त भवनहरु निर्माण भएको हो ।

निर्माण सम्पन्न भवनहरु कार्यालय प्रयोजन, आवास, क्यान्टीन, ग्यारेज र फर्निचरको सुविधा तथा अपाङ्ग मैत्री रहेका छन् । निर्माण सम्पन्न भएका उक्त भवनहरु राष्ट्रिय पुणर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) रामेछापका आयोजना प्रमुख प्रभाकरलाल कर्णले सम्बन्धित कार्यालयका कार्यालय प्रमुखलाई शुक्रबार चावि हस्तान्तरण गरेका छन् ।

यो पनि पढ्नुस

जति मेहनत गरेपनि धन कमाउन सक्नुभएको छैन भने तपाईंलाई ग्रहदोष हुनसक्छ । यसलाई हटाउन ऊँ श्री हनुमते नमः यो मन्त्र दिनदिनै २१ चोटि जप्नुस् । काममा बाधा आउन पाउँदैन ।

अलिकति हिंग आफूमाथि घुमाएर उत्तर दिशामा फ्याँक्नुस् । अनि बिहानै तीनवटा हरिया अलैंची दाहिने हातमा राखेर श्रीं श्रीं उच्चारण गर्नुस् र खानुस् । त्यसपछि घरबाहिर निस्कनुस् । काम फत्ते हुन्छ ।

सुतेर बिहान उठेपछि दिनदिनै आफ्नो हत्केलालाई ध्यान दिएर हेर्नुस् र तीनचोटि चुम्नुस् । यसो गर्दा हरेक काममा सफलता पाउनुहुनेछ । शनिवारदेखि यसो गर्न शुरु गर्नुस् ।

पाँच रुपैयाँको नोटको त्रिकोण पिरामिड बनाएर पूजाकोठामा राख्नुस् । धनको कमी हुन थाल्नेबित्तिकै त्यो पिरामिडलाई देब्रे हातमा राखेर दासहने हातले छोप्नुस् । अनि पिरामिडले घरमा धन ल्याउँदैछ भनी कल्पना गर्नुस् ।

यसो गर्दा कताकताबाट तपाईंलाई धन आइलाग्छ । तर पैसाको साह्रै खाँचो भयो भने मात्र यसो गर्नुस् । गुरु पुष्य योग र शुभ चन्द्रमाको दिन बिहान हरियो रंगको कपडाको सानो थैलो बनाउनुस् । अनि श्रीगणेशको चित्र वा मूर्तिअघि बसेर संकटनाशन स्तोत्रको ११ चोटि पाठ गर्नुस् ।

त्यसपछि थैलीमा सातवटा मुँग, दश ग्राम साबुत धनियाँ, एक पञ्चमुखी रुद्राक्ष, एक चाँदीको सिक्का, दुईवटा सुपारी, दुईवटा बेसारको पोको बाँधेर गणेशजीलाई शुद्ध घिउको लड्डु भोग चढाउनुस् । त्यसपछि थैली कन्तूरमा राख्नुस् । एक वर्षपछि नयाँ थैली राख्नुस् । गरीब र ब्राह्मणहरूलाई दान दिनुस् । यसो गर्दा आर्थिक रूपमा तनाव हुँदैन ।

आइतवार भैरवको मन्दिरमा सिन्दूर चढाएर बटुक भैरव स्तोत्र पाठ गर्नुस् अनि गाई, काग र कालो कुकुरलाई मन पर्ने कुरा खुवाइदिनुस् । वर्षमा चार पाँचचोटि यसो गर्नुभयो भने सबै बाधा हटेर जान्छन् । एजेन्सी

प्रकाशित मिति May 26, 2019