अब सिधाकुरा टिम रवि संग सिधै मोबाइलमा विश्वभरिबाट कुरा गर्न सकिने । सम्पर्क नम्वर सहित…

आज नयाँ कुरा गरौं । परिर्वतनको कुरा गराँै । सानो उदाहरण स्वरुप कार्यक्रमको लोगो, स्टुडियोको थोरै परिवर्तित स्वरुपले तपाइको अलिकति ध्यान तान्यो नै होला । विभिन्न चरणमा मानिसलाई नयाँ उर्जा र नयाँ जोश जागरको आवश्यकता पर्दछ ।भनिन्छ अप डेटेड भइएन भने आउडेटेड भइन्छ । हिजोको अनुभवले सुन्दर भोलि कोर्न कुनै आइतबार कुर्नुपदैन । त्यसैले आज हामीले झन उत्साहित हुने दृढ संकल्प गरेका छाँैँ । हर दिन नयाँ दिन हो, ए ओण्डरफुल ब्राण्ड न्यु डे ।त्यसैले आजैको दिन हामी अझ सशक्त हुने जानकारी दर्शकहरुलाई बाँड्न चाहान्छाँे ।

आजदेखि हामीले एनटिसीका प्रयोकर्ताका लागि मात्र होइन एनसेलका ग्राहकका लागि पनि टोल फ्री नम्बर राखेका छाँै । १६६००११२४२४ एनटिसिको ग्राहकका लागि थियो भने ९८०१५७२्र४२४ एनसेलका ग्राहकका लागि पनि आजैबाट थपेका छौँ ।यो पनि टल फ्री । कार्यक्रमका दौरानमा संसारभरीका दर्शकले यो नम्बरमा सम्पर्क गर्न सक्नु हुन्छ भने कार्यक्रम प्रशारण नभएको बेला यही नम्बरको भाइबरमा आफ्ना समस्याहरु र सम्बन्धित श्रब्यदृश्य सामाग्री पनि पठाउन सक्नु हुन्छ । अर्को, आउँदो माघ १ गते देखि हामी हे ल्प डेस्क सञ्चालन गर्दैछाँै ।

आउँदो माघ १ गतेबाट कुनै पनि घटना, समाचार बारे जानकारी लिन हाम्रो हेल्प डेक्स टिम सातै दिन २४ सै घण्टा तैनाथ हुनेछन् । २४ हेल्प डेक्स माघ १ बाट २४ सै घण्टा सातै दिन ।यति मात्रै होइन, हामी त अझै उर्जावान पो भएका छौं । न्युज २४ टेलिभि जन र यसका कार्यक्रमहरुमा दर्शकहरु गुनासो वा समाचार लिएर काठमाडौं स्थित हाम्रो कार्यालयमा धाउनु पर्ने बाध्यतामा हुनुहुन्छ । हामी दर्शकह्ररुको त्यो बाध्यताको अन्त्य गर्दैैछाँै । आउँदो वैशाख ८ गते न्युज २४ टेलिभिजन ९ बर्ष पुरा गरी १० बर्षमा प्रवेश गर्दैछ ।

वैशाख ८ गते बाट देशका सातै प्रदेशमा हाम्रो कार्यालय र विशेष गरी कार्यक्रम सीधाकुरा जनतासँग मार्फत आफ्नो गुनासो आफ्नै प्रदेशमा रहेर गर्न सक्नु हुनेछ । हामी तपाइकै प्रदेशमा हामीले सञ्चालन गर्ने कार्यालयबाटै तपाईको चासो गुनासो र प्रश्न सम्बोधन गर्ने छाँै ।वैशाख ८ गते देखि हामी स्वयं तपाइको प्रदेशमा आउने छाँै । तपाईले काठमाडौ आउनु पर्दैन, धाउनु पर्दैन । यसरी अझै बढी मजबुद, अझै बढी जिम्मेवार बन्ने प्रणका साथ हामी आएका छौँ । स्वदेश अनि विदेशमा रहेका हरेक नेपाली नागरीकको आ वाज बन्ने हाम्रो प्रयासले यो समाजमा केही योगदान पक्कै पनि दिनेछ ।

यो मुलुकमा समस्या नै समस्या छन् भन्ने हाम्रो मान्यता होइन । तर कसैले माने पनि नमाने पनि मुलुकमा समस्याहरु एकदमै धेरै छन् । समस्याहरुको तुलनामा हाम्रो प्रयास पर्याप्त नभएका कारण हामीले आँफूुलाई फैलाउने प्रतिवद्धता व्यक्त गरेका हौँ ।आवाज हु नेहरुलाई त पैसा, पहुँचको साहारा लिएर दबाइन्छ भने आवाज विहीनहरुको के हाल होला । हाम्रो प्रयास खासै ठूलो केही होइन । हुटिट्याउले पृथ्वी नै धानेको भ्रम पाले जस्तो सारा पीर व्याथा हर्न सक्ने हाम्रो क्षमता छ भन्ने भ्रममा हामी छँदै छैनाँै ।तर देश विदेशका हजाराँै दर्शकहरुले हामीबाट गर्नु भएको आशालाई एउटा गहन जीम्मेवारीका रुपमा ग्रहण गर्ने बाहेक हामीसँग अर्को चाहाना छैन र अर्को च्वाइस नै छैन ।

यसका अलवा कयौ दर्शकहरुको अनुरोधमा हामी देशैभरीका एफएमहरुमा समेत प्रशारण हुने सोचमा पनि कार्य गरी रहेका छाँै ।चाहे जे सुकै होस, आम सर्वसाधारण दाजुभाई दिदी बहिनीहरुका साना भन्दा साना समस्या समाधान गर्दै ठुलो मुद्धामा सरकार र सरोकारवालाहरुलाई होसियार गराउँदै हामी देशैभरी र विदेशमा समेत रहेका आम दर्शकको सहयात्री बन्न प्रण गर्दछौं । हाम्रो मुलुकको सरकार र यसका निकायहरुको अझै ठुलो सहयोगी बन्न जाँदै छाँै । आवाज चर्को हुँदा कृपया झर्को नमानी दिनुहोला ।

यो पनि पढ्नुस

जति मेहनत गरेपनि धन कमाउन सक्नुभएको छैन भने तपाईंलाई ग्रहदोष हुनसक्छ । यसलाई हटाउन ऊँ श्री हनुमते नमः यो मन्त्र दिनदिनै २१ चोटि जप्नुस् । काममा बाधा आउन पाउँदैन ।

अलिकति हिंग आफूमाथि घुमाएर उत्तर दिशामा फ्याँक्नुस् । अनि बिहानै तीनवटा हरिया अलैंची दाहिने हातमा राखेर श्रीं श्रीं उच्चारण गर्नुस् र खानुस् । त्यसपछि घरबाहिर निस्कनुस् । काम फत्ते हुन्छ ।

सुतेर बिहान उठेपछि दिनदिनै आफ्नो हत्केलालाई ध्यान दिएर हेर्नुस् र तीनचोटि चुम्नुस् । यसो गर्दा हरेक काममा सफलता पाउनुहुनेछ । शनिवारदेखि यसो गर्न शुरु गर्नुस् ।

पाँच रुपैयाँको नोटको त्रिकोण पिरामिड बनाएर पूजाकोठामा राख्नुस् । धनको कमी हुन थाल्नेबित्तिकै त्यो पिरामिडलाई देब्रे हातमा राखेर दासहने हातले छोप्नुस् । अनि पिरामिडले घरमा धन ल्याउँदैछ भनी कल्पना गर्नुस् ।

यसो गर्दा कताकताबाट तपाईंलाई धन आइलाग्छ । तर पैसाको साह्रै खाँचो भयो भने मात्र यसो गर्नुस् । गुरु पुष्य योग र शुभ चन्द्रमाको दिन बिहान हरियो रंगको कपडाको सानो थैलो बनाउनुस् । अनि श्रीगणेशको चित्र वा मूर्तिअघि बसेर संकटनाशन स्तोत्रको ११ चोटि पाठ गर्नुस् ।

त्यसपछि थैलीमा सातवटा मुँग, दश ग्राम साबुत धनियाँ, एक पञ्चमुखी रुद्राक्ष, एक चाँदीको सिक्का, दुईवटा सुपारी, दुईवटा बेसारको पोको बाँधेर गणेशजीलाई शुद्ध घिउको लड्डु भोग चढाउनुस् । त्यसपछि थैली कन्तूरमा राख्नुस् । एक वर्षपछि नयाँ थैली राख्नुस् । गरीब र ब्राह्मणहरूलाई दान दिनुस् । यसो गर्दा आर्थिक रूपमा तनाव हुँदैन ।

आइतवार भैरवको मन्दिरमा सिन्दूर चढाएर बटुक भैरव स्तोत्र पाठ गर्नुस् अनि गाई, काग र कालो कुकुरलाई मन पर्ने कुरा खुवाइदिनुस् । वर्षमा चार पाँचचोटि यसो गर्नुभयो भने सबै बाधा हटेर जान्छन् । एजेन्सी

प्रकाशित मिति May 25, 2019