यी हुन् फिटकिरीको २० फाइदाहरु यसरी प्रयोग गर्न सकिन्छ

धेरै वर्ष देखि तपाईको घरमा फिडकीरीको प्रयोग भएको हुनु पर्छ । फिडकीरीमा एन्टी व्यक्टेरीयको गुण पाइन्छ । फिडकीरी दुई थरिको हुन्छ, एउटा रातो र अर्को सेतो तर घरमा धेरै सेतो फिटकरीको प्रयोग गरिन्छ ।कुनै घरमा यसलाई पानी सफा गर्नको लागि यसको प्रयोग गरिन्छ । आयुर्वेदमा पनि यसको धेरै फाइदाको उल्लेख गरिएको छ । फिडकरीको प्रयोग २३ तरिकावाट गर्न सकिन्छ । तर यहाँ केही फाइदाको उल्लेख गरिएको छ ।

फिटकरीको फाइदाहरु

१. चोट लाग्दा फिडकीरी
यदि तपाईलाई कुनै चोट लाग्यो वा घाउ भयो भने उसमा लगातार रगत आयो भने फिटकरीको पानी वाट घाउको धुन सकिन्छ । यसले रगत बग्न बन्द हुन्छ । फिटकिरी पानीको ठाउमा तपाई फिटकरीको महीन पिसेर पनि प्रयोगमा ल्याउन सकिन्छ ।

२. पसिनाको गन्द हटाउन
यदि तपाईको धेरै पसिना आउछ भने वा पसिना गनँउछ भने पनि फिटकरीको लगाउनाले तपाईको गनाउने कमहुन्छ । फिटकरीको एक महीन चूर्ण बनानाले पहिला फिडकिरीको कही मात्र पानी हाल्नु पर्छ । यस पछि नुहाउनाले तपाईको यि समस्य समाधान हुनेछ ।

३. दाँतको समस्य समाधान
फिटकरीमा एंटी९बैक्टीरियल गुण हुन्छ । दांतमा दुखाई वा मुख गनाउने समस्य समाधान गर्नको लागि तपाइ फिटकरीको सहायता लिन सक्नुहुने छ । यो एक नेचुरल माउथवॉश हो । दांत दुखाई भएमा पनि फिटकरीको पानीमा मिसाई कुल्ला गर्नले फाइदा हुनेछ ।

४. दम, खोकीको समस्याको समाधान
यदि तपाइको दमको समस्य छ छ भने फिटकरी तपाईको यस समस्य को रामबाणको जस्तै उपचार गर्ने छ । फिटकरीको चूर्णको शहदको साथ मिलाएर चाटने गरेमा दम र खोकी मा फाइदा हुन्छ ।

५. यूरीन इंफेक्शन हुने समस्य
यूरीन इंफेक्शन भयो भने पनि फिटकरीको प्रयोग गरेर धेरै फाइदा मिल्ने छ । प्रतिदिन फिटकरीको पानीमा प्राइवेट पार्टको सफाई गर्नाले इंफेक्शन को खतरावाट बच्न सकिन्छ । यसको अलावा पानीमा घुलनशील अशुद्धिको कम गर्नको लागि पनिफिटकरीको प्रयोग गर्न सकिन्छ ।

फिटकिरीले पानीमात्र सफा गर्दैन । स्वास्थ्यको हिसाबले पनि यसको धेरै फाइदाहरु रहेका छन् ।
यसले कपाल झर्ने समस्या रोक्छ भने यसमा रहेको म्यागनेसियम सल्फेटले मानव कोषलाई स्वस्थ राख्न मद्दत गर्छ ।

यसले शरीरमा रहेका ३ सयभन्दा बढी एन्जाइमलाई सही स्थितिमा राखेर हामीलाई स्वस्थ राख्न मद्दत छ । यसको साथै यसले शरीरमा रहेको हानिकारत तत्वलाई पनि बाहिर फाल्न मद्दत गर्छ ।

जान्नुहोस् फिटकिरीका २० फाइदा

– फिटकिरी र कन्डिसनरलाई मनतातो पानीमा मिलाएर कपालमा लगाउने । यसलाई २० मिनेटपछि चिसो पानीले धुने । यसले कपाल बाक्लो बनाउन मद्दत गर्छ ।

– फिटकिरीमा पाइने म्यागनेसियमले जोर्नी र नसाको दुखाई पनि कम गर्छ । तातो पानीमा फिटकिरी मिसाएर दुखेको भागलाई डुबाएर राखे आराम मिल्छ ।

– तातोपानीमा फिटकिरी डुबाएर १०–१५ मिनेट त्यसै छाडेर त्यही पानीले नुहाउने । हप्तामा २–३ पटक यसो गरे शरीरको हानीकारक पदार्थ बाहिर निस्कन्छ ।

– फिटकिरी पानीमा १०–१५ मिनेट खुट्टा डुबाएर राखे सुन्नेको, थकान, दुर्गन्ध र फंगल इन्फेक्सनजस्तो समस्या समाधान हुन्छ ।

– बाथटबमा मनतातो पानीमा फिटकिरी हालेर नुहाउने । शरीर दुखेको स्थानमा फिटकिरीले मालिस गर्ने । तुरुन्त राहत मिल्छ ।

– मुखमा घाउ भए फिटकिरी र अलैँचीलाई पिसेर घाउ भएको ठाउँमा लगाउने ।

– हप्तामा एक पटक जैतुनको तेल र फिटकिरी मिलाएर मालिस गर्ने । यसले मरेको कोषलाई हटाउँछ ।

– तनाव कम गर्न हप्तामा तीन पटक फिटकिरी पानीले नुहाउने ।

– एक कप पानीमा दुई चम्चा फिटकिरी मिलाएर घामले डढेको ठाउँमा लगाउने र १० मिनेटपछि धुने । छाला चिलाउँदा पनि यो फाइदाजनक हुन्छ ।

यो पनि पढ्नुस

विवाह भएको केही महिनामै साथीसँगी तथा आफन्तजनको प्रश्न आइरिन थाल्छन्, खुसीको खबर कहिले सुन्न पाइन्छ ? उता दम्पतीको ताक अर्कै हुन्छ । पहिले करिअर निर्माण अनि मात्र फेमेली प्लानिङ ।

हिजोआजका विवाहित जोडीहरू योजना बनाएर मात्र शिशुलाई धर्तीमा पदार्पण गराउँछन् । उनीहरूबीच यति महिनापछि, यति वर्षपछि मात्र सन्तान ट्राइ गर्ने भनेर योजना बनेको हुन्छ । यद्यपि गर्भवती हुन सोचेजस्तो सहज नहुनसक्छ । कसैलाई एउटै प्रयासमा गर्भ रहनसक्छ भने कसैलाई महिनौं प्रयास गर्नुपर्ने हुन्छ ।

गर्भवती हुनका सेक्स गर्नु जति जरुरी छ उति नै कसरी र कहिले सेक्स गर्दा गर्भ रहन्छ भन्ने कुराको जानकारी हुनु आवश्यक छ । यी कुरालाई बेवास्ता गर्दा गर्भ नरहनसक्छ ।

धेरैजसो दम्पतीलाई गर्भ रहनका लागि कुन समय सेक्स गर्नुपर्छ भन्ने जानकारी नभएको पाइयो । सेक्सको समय सही भयो भने गर्भ बस्न कठिनाइ हुँदैन ।

गर्भ धारणका लागि कति पटक र कसरी सेक्स गर्ने भन्ने जानकारी भयो भने महिनौं कोसिस गर्नु पर्दैन । आफ्नो योजनाअनुरूप सहजै गर्भधारण गर्न सकिन्छ । दम्पतीलाई यस्तो कुराको जानकारी नभएको स्थितिमा समस्या समेत सिर्जना हुनसक्छ ।

उसो भए गर्भधारणका लागि कुन बेला, कति पटक र कसरी सेक्स गर्ने त ?

गर्भ कसरी रहन्छ ?

जब पुरुष प्रजनन कोष ‘शुक्रकीट’ को महिलाको गर्भाशयमा अवस्थित अण्डसँग मेल भएर त्यसलाई फर्टिलाइज गर्छ तब मात्र कुनै पनि महिला गर्भवती हुन्छिन् ।

कति पटक राख्ने सम्बन्ध ?

एउटा पेरेन्टिङ वेबसाइटले १ हजार १ सय ९४ दम्पतिमाथि अध्ययन गरेको थियो । उक्त अध्ययन सन्तान चाहने दम्पतिमाथि गरिएको थियो । अध्ययनमा उनीहरूले गर्भधारणका लागि कति पटक सेक्स गरेका थिए भन्ने कुरा जान्न प्रयास गरिएको थियो ।

यस्तो देखियो ?

उक्त अध्ययनका अनुसार आमाबाबु बन्न चाहने ती दम्पतीलाई औसतमा ७८ पटक सेक्स गर्दा सफलता हात लागेको थियो । यो क्रम औसत छ महिना चलेको थियो भने उनीहरूले एक महिनामा औसत १३ पटक सेक्स गरेका थिए ।

गर्भधारणका लागि कुन आसन राम्रो ?

कतिपय मानिसमा के विश्वास छ भने गर्भधारण आसनमा पनि निर्भर हुन्छ । यसका लागि लगभग तीन चौथाइ मानिस मिसनरी पोजिसन -महिला तल र पुरुष माथि सुतेर गरिने यौन आसन) लाई उपयुक्त माने भने ३६ प्रतिशत जोडीले डगी स्टाइल पछ्याए ।

गर्भधारणका लागि उपयुक्त समय

विशेषज्ञहरूका अनुसार महिनावारी -डिम्ब निष्कासनको समय) थाहा पाउनु र डिम्ब निष्कासनको पाँच दिनअघि तथा त्यसै दिन सेक्स गर्दा गर्भ रहने सम्भावना बढी हुन्छ ।

डिम्ब निष्कासन के हो ?

डिम्ब निष्कासनले कुनै पनि महिलाको महिनावारीमा महत्वपूर्ण भूमिका खेल्छ । यो त्यही प्रक्रिया हो जसअन्तर्गत परिपक्व डिम्ब डिम्बाशयबाट निस्किएर फर्टिलाइज हुनका लागि तयार रहन्छ ।

डिम्बको आयु ?

डिम्ब निष्कासन प्रक्रियामा निस्किएको डिम्ब १२ देखि २४ घन्टासम्म फर्टिजाइज हुनसक्छ । सेक्सका क्रममा प्रवेश गरेको पुरुष शुक्रकीट महिला प्रजनन प्रणालीमा ५ दिनसम्म पनि रहन सक्छ ।

बढी सम्भावना

गर्भ रहने बढी सम्भावना तब रहन्छ जव डिम्ब निष्कासनका बेला शुक्रकीट फेलोपियन ट्युबमा पहिल्यैदेखि मौजुद रहेको हुन्छ ।

कहिले हुन्छ डिम्ब निष्कासन ?

महिनावारी नियमित छ भने डिम्ब निष्कासन सामान्यतः अर्को महिनावारी सुरु हुनुभन्दा १४ दिन पहिल्यै हुन्छ । त्यसैगरी अधिकांश महिलामा डिम्ब निष्कासन महिनावारीको मध्यविन्दुभन्दा ४ दिन पहिले वा पछि हुनसक्छ ।

क्यालेन्डरको सहारा

धेरै महिलामा महिनावारी चक्र ठीक २८ दिनमै हुँदैन । यस्तो छ भने महिलाहरूले महिनावारीको क्यालेन्डर बनाएर महिनावारी चक्रको लम्बाइ एवं मध्यविन्दुको अनुमान लगाउन सक्छन् ।

भेजाइनल सेक्रेसन

महिनावारी चक्रको क्यालेन्डरका अतिरिक्त डिम्ब निष्कासन समय अनुमान लगाउने अन्य तरिका पनि छन् । तीमध्ये एउटा भेजाइनल सेक्रेसनमा ध्यान दिनु पनि हो । डिम्ब निष्कासनअघि भेजाइनल सेक्रेसन सफा, ओसिलो एवं लचिलो हुन्छ ।

पछि यसो हुन्छ

डिम्ब निष्कासनपछि तुरुन्तै सर्वाइकल म्युकस कम हुन्छ र यो बाक्लो, मधुरो तथा लगभग अदृश्यजस्तै हुनपुग्छ ।

तापक्रममा फरक

शरीरको बेसिक तापक्रम -आरामको अवस्थामा शरीरको तापक्रम) मा ध्यान दिएर पनि डिम्ब निष्कासन समयको अनुमान गर्न सकिन्छ । यसका लागि हरेक बिहान ओछ्यान छाड्नुअघि शरीरको तापक्रम जाँच्न सकिन्छ । तापक्रममा वृद्धि हुनुभन्दा २-३ दिनअघि कुनै पनि महिला गर्भवती हुने सम्भावना बढी हुन्छ ।

टेस्ट किट

जसरी बजारमा प्रेगनेन्सी टेस्ट किट बजारमा सहज रूपमा उपलब्ध छ त्यसरी नै ओभुलेसन -डिम्ब निष्कासन) डिटेक्सन टेस्ट किट पनि सहजै पाइन्छ । यसबाट डिम्ब निष्कासन भएनभएको थाहा पाउन सकिन्छ ।

उपयुक्त तौल

विशेषज्ञहरूका अनुसार सामान्यभन्दा बढी तथा कम तौल भएका महलिाहरूमा ओभुलेसन डिसअर्डरको खतरा बढी हुन्छ । तसर्थ गर्भधारण गर्न चाहने महिलाले तौल नियन्त्रण राख्नु आवश्यक छ ।

माथि उल्लेखित कुराहरूमा गौर गर्दा मोटामोटी कुरा प्रस्ट हुन सकिन्छ तापनि असामान्य अवस्थामा गर्भधारणका लागि ठोस कदम चाल्नुअघि चिकित्सकको सल्लाह लिनु आवश्यक छ ।

प्रकाशित मिति May 25, 2019