विद्यार्थी यार्सागुम्बा टिप्नतिर लागेपछि डोल्पाका विद्यालय रित्तै

डोल्पा, यार्सागुम्बाको मौसम सुरु भएसँगै जिल्लाका अधिकांश विद्यालय बन्द भएका छन् । केही विद्यालय आंशिक रूपमा खुले पनि पठनपाठन हुन सकेको छैन । विद्यार्थी र शिक्षक नै यार्सागुम्बा टिप्न पाटनतिर जाने तयारीम जुटेपछि डोल्पाका विद्यालयहरू रित्तै भएका हुन् । विद्यार्थीहरू अभिभावकसँगै यार्सागुम्बा खोज्न जाने तयारीमा जुटेका छन् ।

विद्यालयमा हुने पढाइको व्यवास्ता गर्दै आफूसक्दो बन्दोबस्तीका सामान बोकेर धेरैजसो विद्यार्थीहरू यार्सापाटनतिर हिँडिसकेका छन् । घरदेखि टाढा रहेका यार्सापाटनमा पुग्न समय लाग्ने भएकाले उनीहरु यार्सा खुल्नुभन्दा अघि नै पाटनतिर हिँडेका हुन् । त्रिपुरासुन्दरी नगरपालिकामा १ मा पर्ने त्रिपुरा मावि काटियाँचौर, वडा नं २ मा पर्ने त्रिपुराकोट मावि पनि बन्द भएका छन् । पाँच प्रतिशत पनि नियमित कक्षा लिन आउन छाडेपछि विद्यालय बन्द भएका हुन् । कतिपय विद्यार्थी पाटन हिँडिसकेको र कतिपय पाटन जाने तयारीमा रहेकाले कक्षामा विद्यार्थी आउन छाडेको विद्यालयहरूले जनाएका छन् ।

एकसाता अघिदेखिनै विद्यार्थी आउन छाडेपछि शिक्षक विद्यालय आउँदै फर्किँदै गर्ने गरेको त्रिपुरा मावि त्रिपुराकोटका शिक्षक नवराज थापाले बताए । यार्सागुम्बा टिपेर कमाइ गर्न विद्यार्थी सबै यार्सागुम्बा पाटन जाने तयारीमा जुटेसँगै शिक्षकहरू पनि यार्सागुम्बा टिप्न जाने तयारी गरिरहेको उनले बताए । डोल्पालीको आम्दानीको मुख्य स्रोत भएकाले यार्सागुम्बा नटिपेर विद्यालय आउन पनि भन्न पनि सकिँदैनु, उनले भने। त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने जनप्रभा मावि लिकु, मुकुटेश्वर मावि फुल्चिङ, कस्तुरी आभारभूत विद्यालय भुतिङ्ग्रा लगायतका अधिकाशं विद्यालय बन्द भइसकेका छन् ।

त्यसैगरी, आदर्श मावि जुफाल, सरस्वती मावि दुनै, लक्ष्मी मावि थर गाउँ, अन्नपूर्ण मावि शर्मी, त्रिपुरा मावि काइगाउँ, भगवती मावि थरगाउँ, तापरिजा मावि फोक्सुण्डो लगायतका विद्यालयमा पनि ९५ प्रतिशत विद्यार्थी आउन छाडिसकेका छन्। आफ्नो विद्यालयमा ६०० हाराहारी विद्यार्थी भए पनि सिजन सुरु भएपछि १० देखि १२ जना पनि नआउने गरेको जनप्रभा मावि लिकुका प्रधानाध्यापक यामप्रसाद शर्माले बताए । ‘शिक्षकहरू विद्यालयमा गए पनि विद्यार्थी आउँदैनन्, शिक्षकहरु त्यसै बस्नुपर्छ’, शर्माले भने ।

यस्तै, आदर्श मावि जुफालमा पनि विद्यार्थी छैनन् । विद्यालयमा विद्यार्थी नआउने घरमा काम पनि नहुने भएकाले शिक्षकहरू पनि यार्सागुम्बा पाटनतिर लाग्ने गरेका छन् । उनीहरूले पनि यार्सागुम्बा टिपेर पनि राम्रो आम्दानी गर्ने गरेका छन् ।

स्थानीय शिक्षकहरू यार्सागुम्बा पाटनमा लाग्ने भएपछि जिल्ला बाहिरका सम्पूर्ण शिक्षक घरतिर लाग्छन् । विद्यालय बन्द भएको अवसर छोप्दै उनीहरु परिवारसँग भेटघाट गर्न घरतिर लागेका हुन् । विद्यालय बन्द भएपछि परिवारसँग भेटघाट गर्न घरतिर लागेको त्रिपुरा मावि त्रिपुराकोटका शिक्षक रामनाथ यादवले बताए ।

डोल्पाका सम्पूर्ण पाटनमा १३ जेठ देखि औपचारिक रूपमा संकलनका लागि खुला गर्ने निर्णय गरिएको छ । सो दिन भन्दा अगाडि नै यार्सापाटनमा पुगिसक्नुपर्ने भएकाले धेरैजसो सर्वसाधारण हिँडिसकेका छन् । बाँकी सर्वसाधारण पनि एक दुई दिनभित्रै गाउँ नै शून्य पारेर यार्सागुम्बा पाटनतिर जाने गर्छन् । डोल्पामा सबै तहका गरेर ११४ वटा विद्यालय छन् ।

यो पनि पढ्नुस

पैसा कमाउन र सुखी जीवन बिताउने सबैको चाहना हुन्छ । तर कतिपय मानिसले दिन रात परिश्रम गर्दा पनि पैसा कमाउन सक्दैन् त कतिले कमाएको पैसा जोगाएर ठिक ठाउँमा सदुपयोग गर्न सक्दैनन् ।

पैसा कमाउनु मात्र ठूलो भने होइन् । आफुले कमाएको पैसालाई कसरी सदुपयोग गर्ने भन्ने कुरा नै मुख्य हो । त्यसैले आज हामी कुन राशीका व्यक्तिले कमाएको पैसा कहाँ र कसरी राख्ने भन्ने बारे बताउन गइरहेका छौँ ।

मेष राशी

यो राशी भएका व्यक्तिलाई आफुले कमाएको पैसा आफ्नो घरको पश्चिम दिशामा राख्नु उत्तम मानिएको छ । आफुले पैसा राखेको ठाउँमा फलामको औँठी राख्ने गर्दा राम्रो हुने देखिएको छ । धनको लेनदेन गर्दा साँझको समयमा गर्नु उत्तम मानिन्छ ।

वृष राशी

यो राशी भएका व्यक्तिले धन सम्पति राख्दा घरको पूर्व दिशामा राख्नु राम्रो देखिएको छ । यसरी धन राखिएको ठाउँमा सुन वा पित्तलको सामाग्री राख्नुपर्छ भने साँझको समयमा कुनै पनि किसिमको लेनदेन गर्नु हुँदैन् ।

मिथुन राशी

मिथुन राशी भएका व्यक्तिले आफुसँग भएको सम्पति घरको उत्तर दिशामा राख्नदा राम्रो हुने देखिएको छ । यसरी धन राखिएको ठाउँमा तामाको बस्तुहरु राख्नु पर्नेछ । मंगलबारको दिन धन लेनदेन गर्नु हुँदैन् ।

कर्कट राशी

यो राशी भएका व्यक्तिले घरको पूर्व दक्षिण दिशामा धन राख्दा राम्रो रहेको छ । तपाईले धन राखेको ठाउँमा चाँदीको वस्तु राखिदिनुहोस् र धन सम्पति राखेको ठाउँमा कुनै पनि प्रकारको कालो चिज नराख्नुहोस् ।

सिंह राशी

यो राशी भएका व्यक्तिले घरको पूर्वी दिशा छेउमा धन राख्ने ठाउँ बनाउँदा राम्रो हुने देखिएको छ । यसरी तपाईले धन राख्न बनाएको ठाउँमा कासको वस्तुहरु राख्दा राम्रो हुनेछ ।

कन्या राशी

कन्या राशी भएकाहरुले घरको दक्षिण पश्चिम दिशामा धन राख्ने ठाउँ बनाउँदा राम्रो हुने देखिएको छ । यसरी धन राखिएको ठाउँमा चाँदी वा जस्ताको वस्तु राख्दा राम्रो हुनेछ । तर धन राखिएको ठाउँमा उज्यालोको व्यवस्था गनर्सपर्नेछ ।

तुला राशी

तुला राशी भएका व्यक्तिले घरको दक्षिण दिशामा धन राख्ने ठाउँ बनाउँदा राम्रो हुनेछ । धन राखेको ठाउँमा रातो वा तामाको वस्तु राख्नुपर्नेछ । यसरी राखिएको धनलाई उज्यालो हुने गरेर राख्ने गर्नुपर्छ ।

वृश्चिक राशी

यो राशी भएका व्यक्तिले घरको उत्तर पश्चिम दिशामा धन राख्दा राम्रो हुने देखिएको छ । यसरी सम्पति राख्ने ठाउँमा हरियो कपडाले बेरेर खानेसुप राखिदिनाले हरेक महिना परिवर्तन हुनेछ ।

धनु राशी

यो राशी भएकाहरुको धन राख्ने उत्तम ठाउँ दक्षिण पूर्व दिशा हो । धन राखिएको ठाउँमा सेतो कपडाले बेरेर बाधेर एउटा चाँदीको सिक्का राख्ने गर्दा राम्रो हुनेछ ।

मकर राशी

यो राशीकाहरुलाई धन राख्ने राम्रो ठाउँ उत्तर दिशा रहेको छ । यसरी धन राखिएको ठाउँमा सानो कुवेरको मूर्ती राख्नुपर्नेछ । तर धन राखेको ठाउँमा भूलेर पनि सुनको चिजहरु राख्नु हुँदैन् ।

कुम्भ राशी

यो राशीको धन राख्ने उत्तम ठाउँ पूर्व रहेको छ । उक्त ठाउँमा पहेँलो कपडामा बेरर सून वा पित्तलेका कुनै वस्तु राख्नाले राम्रो हुनेछ । तर बिहानको समयमा धनको लेनदेन गर्नु हुँदैन् ।

मीन राशी

उक्त राशी भएकाहरुको लागि धन राख्ने उत्तम ठाउँ पश्चिम रहेको छ । त्यहाँ फलामको केही वस्तु राख्दा राम्रो हुनेछ । तर धन राख्ने ठाउँलाई व्यवस्थित बनाउनुपर्नेछ ।

प्रकाशित मिति May 24, 2019