काट्न ठिक्क पारेको भैंसीको उद्धार गर्दा यसरी बाटो भरी नै रोयो…!

भक्तपुर – लगनखेलको अलपत्र अवस्थामा छोडेको भैँसीलाई सोमबार बिहान ६ बजे करुणा पशु स्याहार केन्द्रले उद्दार गरेको छ।तराईबाट व्यापारीले मासुको लागि सवारी साधनमा कोचेर निर्ममतापूर्वक ल्याइएको एउटा भैँसीलाई अलपत्र अवस्थामा लगनखेलको पाटन अस्पताल नजिकको चोकमा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

प्रहरीकै रोहबरमा करुणा पशु स्याहार केन्द्रले उक्त भैँसीको उद्धार गरेको थियो । भैसीको अबस्था निकै नाजुक रहेको छ। उक्त भैसीको एउटा खुट्टा राम्ररी चल्दैन भने शरीरको ठाउँ(ठाउँमा चोटपटक देखिन्छ। उद्दार गरिएकै दिन एक व्यक्ति “म हुँ भैँसीको मालिक, मेरो भैँसी चाहियो” भन्दै करुणा पशु स्याहार केन्द्रमा गई धम्की दिइरहेको केन्द्रका सस्थापकले जानकारी दिए। तर उनले नै ल्याएको कुनै ठोस प्रमाण नभएको र निर्ममतापुर्वक काट्न लैजान नदिने बताएका छन्।

घाइते भैसीलाई पेनकिल्लर औषधी दिईएको छ भने भेटनरी डाक्टरबाट उपचार हुने केन्द्रमा कार्यरत तुलाधर राजबंशीले बताए। उनी भन्छन, ”बाटो देखि अहिलेसम्म नै भैसी रोहिरहेको छ र यी हामी जस्तै प्राणि हुन्। हामी बोल्न सक्छौ यी बोल्न सक्दैनौ त्यति मात्र फरक हो। आज यो भैसी ममभित्रको मासु बन्नबाट जोगियो।”

उनले मानिस साहाकारी प्राणि भएको कारण सकेसम्म मासु नखान अनुरोध गरेका छन्। उद्दार गरिएर लाइएको भैसीजस्ता धेरै चौपायाहरु अव्यस्थित रुपमा सडकपेटीमा छोडिएको हुन्छ जुन अत्यन्त दुख लाग्दो कुरा हो।

यो पनि पढ्नुस

पैसा कमाउन र सुखी जीवन बिताउने सबैको चाहना हुन्छ । तर कतिपय मानिसले दिन रात परिश्रम गर्दा पनि पैसा कमाउन सक्दैन् त कतिले कमाएको पैसा जोगाएर ठिक ठाउँमा सदुपयोग गर्न सक्दैनन् ।

पैसा कमाउनु मात्र ठूलो भने होइन् । आफुले कमाएको पैसालाई कसरी सदुपयोग गर्ने भन्ने कुरा नै मुख्य हो । त्यसैले आज हामी कुन राशीका व्यक्तिले कमाएको पैसा कहाँ र कसरी राख्ने भन्ने बारे बताउन गइरहेका छौँ ।

मेष राशी

यो राशी भएका व्यक्तिलाई आफुले कमाएको पैसा आफ्नो घरको पश्चिम दिशामा राख्नु उत्तम मानिएको छ । आफुले पैसा राखेको ठाउँमा फलामको औँठी राख्ने गर्दा राम्रो हुने देखिएको छ । धनको लेनदेन गर्दा साँझको समयमा गर्नु उत्तम मानिन्छ ।

वृष राशी

यो राशी भएका व्यक्तिले धन सम्पति राख्दा घरको पूर्व दिशामा राख्नु राम्रो देखिएको छ । यसरी धन राखिएको ठाउँमा सुन वा पित्तलको सामाग्री राख्नुपर्छ भने साँझको समयमा कुनै पनि किसिमको लेनदेन गर्नु हुँदैन् ।

मिथुन राशी

मिथुन राशी भएका व्यक्तिले आफुसँग भएको सम्पति घरको उत्तर दिशामा राख्नदा राम्रो हुने देखिएको छ । यसरी धन राखिएको ठाउँमा तामाको बस्तुहरु राख्नु पर्नेछ । मंगलबारको दिन धन लेनदेन गर्नु हुँदैन् ।

कर्कट राशी

यो राशी भएका व्यक्तिले घरको पूर्व दक्षिण दिशामा धन राख्दा राम्रो रहेको छ । तपाईले धन राखेको ठाउँमा चाँदीको वस्तु राखिदिनुहोस् र धन सम्पति राखेको ठाउँमा कुनै पनि प्रकारको कालो चिज नराख्नुहोस् ।

सिंह राशी

यो राशी भएका व्यक्तिले घरको पूर्वी दिशा छेउमा धन राख्ने ठाउँ बनाउँदा राम्रो हुने देखिएको छ । यसरी तपाईले धन राख्न बनाएको ठाउँमा कासको वस्तुहरु राख्दा राम्रो हुनेछ ।

कन्या राशी

कन्या राशी भएकाहरुले घरको दक्षिण पश्चिम दिशामा धन राख्ने ठाउँ बनाउँदा राम्रो हुने देखिएको छ । यसरी धन राखिएको ठाउँमा चाँदी वा जस्ताको वस्तु राख्दा राम्रो हुनेछ । तर धन राखिएको ठाउँमा उज्यालोको व्यवस्था गनर्सपर्नेछ ।

तुला राशी

तुला राशी भएका व्यक्तिले घरको दक्षिण दिशामा धन राख्ने ठाउँ बनाउँदा राम्रो हुनेछ । धन राखेको ठाउँमा रातो वा तामाको वस्तु राख्नुपर्नेछ । यसरी राखिएको धनलाई उज्यालो हुने गरेर राख्ने गर्नुपर्छ ।

वृश्चिक राशी

यो राशी भएका व्यक्तिले घरको उत्तर पश्चिम दिशामा धन राख्दा राम्रो हुने देखिएको छ । यसरी सम्पति राख्ने ठाउँमा हरियो कपडाले बेरेर खानेसुप राखिदिनाले हरेक महिना परिवर्तन हुनेछ ।

धनु राशी

यो राशी भएकाहरुको धन राख्ने उत्तम ठाउँ दक्षिण पूर्व दिशा हो । धन राखिएको ठाउँमा सेतो कपडाले बेरेर बाधेर एउटा चाँदीको सिक्का राख्ने गर्दा राम्रो हुनेछ ।

मकर राशी

यो राशीकाहरुलाई धन राख्ने राम्रो ठाउँ उत्तर दिशा रहेको छ । यसरी धन राखिएको ठाउँमा सानो कुवेरको मूर्ती राख्नुपर्नेछ । तर धन राखेको ठाउँमा भूलेर पनि सुनको चिजहरु राख्नु हुँदैन् ।

कुम्भ राशी

यो राशीको धन राख्ने उत्तम ठाउँ पूर्व रहेको छ । उक्त ठाउँमा पहेँलो कपडामा बेरर सून वा पित्तलेका कुनै वस्तु राख्नाले राम्रो हुनेछ । तर बिहानको समयमा धनको लेनदेन गर्नु हुँदैन् ।

मीन राशी

उक्त राशी भएकाहरुको लागि धन राख्ने उत्तम ठाउँ पश्चिम रहेको छ । त्यहाँ फलामको केही वस्तु राख्दा राम्रो हुनेछ । तर धन राख्ने ठाउँलाई व्यवस्थित बनाउनुपर्नेछ ।

प्रकाशित मिति May 23, 2019