एक भाउजुको पिडा : जुन पढ्दा संसारको आँखा रसायो !

काठमाडौ । सुन्दर र सभ्य समाज निर्माण कसैको जिन्दगी उजाड बनाएर मात्रै हुने होईन । स्र्माट सिटि भनेको त्यो होईन जहाँ केही सिमित व्यक्तिहरुले ठुलाठुला महल ठड्याएर ठेलामा सामान बेच्नेहरुमाथि दमन गर्छन । पछिल्ला दिनहरुमा नेपालमा पनि यस्तो समस्या देखिएको छ । फुटपाथमा बसेको भन्दैं समयसमयमा यस्तैं गरिब निमुखाहरुमाथि आक्रमण हुने गर्दछ । अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको यो कुरा पढ्नुहोस्

मैले जिस्किएर सोधे……

“दिदी के हो छोरि को SEE आयो भनेर निरास हुनु भयो कि के हो ? चिन्ता लिनु पर्दैन बोर्डिङ स्कुल का ले भन्दा पनि राम्रो नम्बर ल्याएर पास गर्छिन नानू ले..” मैले यी कुरा गर्ने बितिक्कै ” गरि खाने बाटै बन्द गरि दिए बाबू ..भोलि देखि छोरी को परिक्षा छ बुढा को औसधि कहाँ बाट जुटाउनु अब मैले..साझ बिहान चुला मा के बसाल्नु ” भन्दै बिलौना गर्न थाल्नु भयो…

लौ…के कुरा गर्नु भएको दिदी…कस्ले के गर्यो र ?? “आज सम्म कहिलै न आएको नगरपालिका आज आएर दुख गरेर जोडेको सबै सामान उठाएर लग्यो..म एउटि अब कस्लाई गुहार्न जाउ , मेरो त गाँस नै खोसियो बाबू ” भन्दै रुन थाल्नु भयो…! नाम पार्बती पान्डे.. दुई दिन अघि नेपालटार स्थित ब्यारेक छेउ बाट उहाँ को गाडा नगरपालिका ले उठाई दिएछ ! प्लास्टिक कारखाना मा काम गर्दै छोरी लाई पाँच सम्म बोर्डिङ स्कुल मा पढाएकिन पार्बती भाउजू ले त्यो प्लास्टिक कारखाना बन्द भए पछि बोर्डिङ पड्दै गरेकी छोरी लाई सरकारी स्कुल मा हालिन अनि ऋण गरेर गाडा किनेकी थिन,

भाउजू का श्रीमान , खलासी काम गर्दै गर्दा अचानक फोक्सो मा समस्या देखिए पछि बिरामी परे…श्रीमान को कमाई नै छैन..औसधिमुलो र छोरी को पढाइ खर्च अनि घर गृहस्थी सबै भाउजु को थाप्लो मा भै रहदा अचानक नगरपालिका आई उहाँ को गरि खाने बाटो नै बन्द गराई दिएछन ! ठुला लाई चैन अनि साना लाई एन ..यो भनाई हामी माझ नयाँ हैन, सडक छेउ का फोहोर, धुलो धुवाँ , खानेपानी , बाटो घाटो ब्यबस्थापन गर्न नसक्ने तर गरि खान केही सीप नलागे पछि आफ्नै देश मा आफ्नै मेहेनत ले आफ्नै खर्च भए नत्र ऋण गरि काम गर्ने जनता को खाने मुख टाल्न कति हतार गर्छन नगरपालिका का कर्माचारी ??

कि त निश्चिति बजार ठाउँ तोकि दिनु पर्यो ? कि त यी सोझा साझा जनता लाई रोजगार दिनु पर्यो ?? उहाँ को बोलि दिने कोहि नभएर मात्र हो ..बोली दिने र नेता सम्म सम्बन्ध भएको भए त्यो गाडा नगरपालिका ले उठाएको दिन नै फिर्ता भै सक्थ्यो , कानुन त गरिब र निमुखा जनता लाई मात्र हो हैन त ??

ल ठिक छ , गलत ठाउँ मा सामान राख्नु भयो आइन्दा त्या नराख्नु होला भन्दै केही जरिवाना तिराएर छोड्ने हो कि सबै सामान लिलाम हुने गरि गरिब जनता को पसिना र रगत चुस्ने हो अझै ? नियम परिमार्जन गर्दै यी भाउजू लाई न्याय दिइयोस,

एउटि पड्दै गरेकी छोरी SEE सक्ने बितिक्कै कसैको घर मा नोकर्नी हुन नपरोस, एउटा बिरामी लोग्ने ले औसधि को अभाब मा ज्यान गुमाउन नपरोस, अनि एउटि भाउजू भोलि परराष्ट अगाडि पासपोर्ट बनाउन लाइन बस्न नपरोस ! #गरिखाने_को_गाँस_खोस्न_बन्द_गरियोस✊✌ – Rabin Sapkota

यो पनि पढ्नुस

जति मेहनत गरेपनि धन कमाउन सक्नुभएको छैन भने तपाईंलाई ग्रहदोष हुनसक्छ । यसलाई हटाउन ऊँ श्री हनुमते नमः यो मन्त्र दिनदिनै २१ चोटि जप्नुस् । काममा बाधा आउन पाउँदैन ।

अलिकति हिंग आफूमाथि घुमाएर उत्तर दिशामा फ्याँक्नुस् । अनि बिहानै तीनवटा हरिया अलैंची दाहिने हातमा राखेर श्रीं श्रीं उच्चारण गर्नुस् र खानुस् । त्यसपछि घरबाहिर निस्कनुस् । काम फत्ते हुन्छ ।

सुतेर बिहान उठेपछि दिनदिनै आफ्नो हत्केलालाई ध्यान दिएर हेर्नुस् र तीनचोटि चुम्नुस् । यसो गर्दा हरेक काममा सफलता पाउनुहुनेछ । शनिवारदेखि यसो गर्न शुरु गर्नुस् ।

पाँच रुपैयाँको नोटको त्रिकोण पिरामिड बनाएर पूजाकोठामा राख्नुस् । धनको कमी हुन थाल्नेबित्तिकै त्यो पिरामिडलाई देब्रे हातमा राखेर दासहने हातले छोप्नुस् । अनि पिरामिडले घरमा धन ल्याउँदैछ भनी कल्पना गर्नुस् ।

यसो गर्दा कताकताबाट तपाईंलाई धन आइलाग्छ । तर पैसाको साह्रै खाँचो भयो भने मात्र यसो गर्नुस् । गुरु पुष्य योग र शुभ चन्द्रमाको दिन बिहान हरियो रंगको कपडाको सानो थैलो बनाउनुस् । अनि श्रीगणेशको चित्र वा मूर्तिअघि बसेर संकटनाशन स्तोत्रको ११ चोटि पाठ गर्नुस् ।

त्यसपछि थैलीमा सातवटा मुँग, दश ग्राम साबुत धनियाँ, एक पञ्चमुखी रुद्राक्ष, एक चाँदीको सिक्का, दुईवटा सुपारी, दुईवटा बेसारको पोको बाँधेर गणेशजीलाई शुद्ध घिउको लड्डु भोग चढाउनुस् । त्यसपछि थैली कन्तूरमा राख्नुस् । एक वर्षपछि नयाँ थैली राख्नुस् । गरीब र ब्राह्मणहरूलाई दान दिनुस् । यसो गर्दा आर्थिक रूपमा तनाव हुँदैन ।

आइतवार भैरवको मन्दिरमा सिन्दूर चढाएर बटुक भैरव स्तोत्र पाठ गर्नुस् अनि गाई, काग र कालो कुकुरलाई मन पर्ने कुरा खुवाइदिनुस् । वर्षमा चार पाँचचोटि यसो गर्नुभयो भने सबै बाधा हटेर जान्छन् । एजेन्सी

प्रकाशित मिति May 23, 2019