९ जनाको हत्या गरेर किन रुखमा झुण्डिए रामबहादुर ?

काठमाडौं । मान्छे कतिसम्म क्रुर हुन सक्दोरहेछ भन्ने मंगलबार पाँचथरको मिक्लाजुङमा देखियो । दुई परिवारको वंश नास गर्ने गरी एक युवकद्वारा भएको ९ जनाको सामूहिक हत्याले धेरैलाई स्तब्ध बनायो ।

खुकुरीले हानेर ९ जनाको हत्या भएको केही घन्टा नबित्दै संदिग्ध व्यक्ति पनि रुखमा झुण्डिएको अवस्थामा फेला परे ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले घटनाको कारण पारिवारिक कलह देखाएको छ । तर, पारिवारिक कलहको परिणाम पनि यतिसम्म विभत्स हुँदोरहेछ भन्ने कल्पना मानिसहरुले शायदै गरेका होलान्

बडीखेलको शैलीमा नरसंहार

मंगलबार बिहान ६ बज्दा नबज्दै पाँचथरको मिक्लाजुङ गाउँपालिका-३, आरुबोटेमा दुई परिवारका ९ जनाको सामूहिक हत्या भएको खबर प्रहरीसम्म आइपुग्यो । ससुरा बमबहादुर फियाक र उनका ज्वाइँ धनराज शेर्माको परिवारका ९ जनाको सामूहिक रुपमा विभत्स हत्या भएको थियो । १२ वर्षकी वालिका मध्यरातमा भागेर बाँच्न सफल भइन् ।

करिब १६ वर्षअघि यसैगरी ललितपुरको बडिखेलमा भएको एकै परिवारको ५ जनाको हत्या भएको थियो । प्रहरी अधिकारीहरुका अनुसार त्यसपछि वंश नाश गर्ने योजनाका साथ भएको ठूलो घटना हो यो ।

मिक्लाजुङ गाउँपालिकाका प्रमुख अमरराज माखिमका अनुसार घटनास्थलको दृश्य निकै विभत्स थियो । शवहरु घर बाहिर र भित्र थिए । हरेकलाई निकै पटक धारिलो हतियार प्रहार गरेर मारेको देखिन्थ्यो ।

दुई परिवारको घर करिव दुई किलोमिटर दुरीमा छ । मध्यम स्तरका उनीहरुको गाउँमा अरुसँग ठूलो रिसिइबी पनि भएको थाहा थिएन ।

जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रमुख डीएसपी नरेन्द्र कुँवरकाअनुसार ४१ वषर्ीय धनराज शेर्मा, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा र १२ वर्षीया आशिका खजुम लिम्बूको हत्या भएको छ ।

यस्तै फियाक परिवारका ७४ वर्षीय बमबहादुर फियाक, उनकी श्रीमती जस्मिता फियाक र २६ वर्षीया मनकुमारी फियाकको पनि हत्या भएको छ । शेर्मा र फियाक ज्वाइँ-ससुरा हुन् ।

मध्यराति भएको घटनामा घरमै रहेकी बालिका सीता खजुम भने भागेर बाँच्न सफल भइन् ।

उनका अनुसार मुकुन्डो लगाएर आएका व्यक्तिले परिवारका सदस्यहरुको हत्या गरेका थिए । परिवारका सदस्यहरुमाथि आक्रमण हुन थालेपछि भाग्ने क्रममा उनको हात भाँच्चिएको छ । उनकै वयानका आधारमा प्रहरीले घटनामा एक जना मात्र संलग्न रहेको थाहा पायो ।

संदिग्ध व्यक्ति रुखमा झुण्डिएको भेटिए

हत्याका घटनामा प्रहरीले रिसिबीको पक्षलाई विश्लेषण गरेर अनुसन्धान थालेको छ । यो सामूहिक हत्यामा अनुसन्धान ‘न्यारो डाउन’ गर्ने ठाउँ के थियो भने एकआपसमा नाता सम्बन्ध भएका दुई परिवारमा घटना भएको थियो ।

वंश नास गर्ने योजनाका साथ भएको हत्याकाण्डहरुमा पारिवारिक कारण देखिन्छ । ‘हाम्रो प्रारम्भिक आशंका परिवारिक विवादतिर थियो’, एक अनुसन्धान अधिकारी भन्छन् । भागेर ज्यान जोगाएकी सीताले दिएको बयानअनुसार प्रहरीले संदिग्ध व्यक्तिको स्केच बनायो, त्यो पनि परिवारकै सदस्यसँग मिल्दोजुल्दो थियो ।

घटनामा संलग्न व्यक्ति भाग्न सक्ने आशंकामा जिल्लाका सम्पूर्ण नाकामा शील गरियो । संदिग्ध व्यक्तिको खोजी भइरहेका बेला घटनास्थलबाट केही किलोमिटरको दूरीमा एक युवकको शव भेटिएको खबर आयो ।

प्रहरी टोली पुगेर हेर्दा घटनामा बाँच्न सफल बालिकाले दिएको हुलिया अनुसारकै व्यक्ति थिए । मिक्लाजुङ-८ मा भेटिएका उनको पहिचान मानबहादुर माखिमको रुपमा भयो । उनी परिवारकै सदस्य अर्थात घटनामा मारिएका बमबहादुरका कान्छा ज्वाइँ हुन् ।

प्रहरीले सर्च गर्ने क्रममा नजिकै रगत लत्पतिएको खुकुरी र लुगा भेट्यो । ‘प्रमाणै भेटिएपछिचाहिँ हामी घटना उनैले गराएको भन्ने निष्कर्षमा पुग्यौं’, अनुसन्धान अधिकारी भन्छन्, ‘यद्यपि, केही पाटो बाँकी छ कि भनेर अनुसन्धान गर्ने काम भइरहेको छ ।’

‘डिभोर्स’ले निम्त्याएको विनाश

घटनाको अनुसन्धान गरिरहेका अधिकारीहरु मानबहादुरले किन यो घटना घटाए भन्ने खोजीमा छन् । त्यसक्रममा मानबहादुर र उनकी पत्नी मनकुमारी फियाकबीच राम्रो सम्बन्ध नभएको स्थानीयले बताइदिए ।

नेपाल कम्युनिष्ट पार्टी पाँचथरका अध्यक्ष राजकुमार भण्डारीका अनुसार उनीहरुको १० वर्षअघि विवाह भएको थियो । बिहेको डेढ वर्षपछि जन्मिएका जुम्ल्याहा बच्चाको केही समयमै मृत्यु भयो । त्यसपछि मानबहादुर वैदेशिक रोजगारीमा गए तर, परिवारमा भने कलह सुरु भयो । ‘विदेश गएदेखि श्रीमतीसँग सम्बन्ध विगि्रएको रहेछ’, भण्डारीले स्थानीयलाई उद्धृत गर्दै अनलाइनखबरलाई सुनाए ।

मानबहादुर करिब ५ वर्ष विदेश बसेर घर फर्किँदा श्रीमती माइतमै थिइन् । पछिल्लो समय श्रीमान्-श्रीमतीबीच बोलचाल पनि हुन छाडेको थियो । स्थानीयका अनुसार डेढ वर्षअघि मनकुमारी मोरङको वारङ्गीमा आएकी थिइन् । त्यसवेला मनबहादुरले उनलाई धनकुटा-६, बुधबारेबाट जबरजस्ती उठाएर घर लगेका थिए ।

घर पुगेर पनि पति-पत्नीबीच मेल हुन सकेन । मनकुमारी पुनः माइत नै फर्किइन् । उनले जिल्ला अदालतमा छोडपत्रका लागि मुद्दा दर्ता गराएकी थिइन् । यही विवादका कारण मानबहादुरले ससुरा र साढूदाइको वंशकै हत्या गरेको हुन सक्ने अनुसन्धानले देखाएको छ ।

मानबहादुर भाग्न खोजेका थिए ?

अनुसन्धान अधिकारीका मानबहादुरले सोमबार राति झापामा रहेका केही आफन्तलाई फोन गरेको देखिएको छ । यो फोन सम्पर्क दुई परिवारका सदस्यहरुको विभत्स हत्यापछि नै भएको अनुमान गरिएको छ ।

उनले फोन सम्पर्क गरेकाहरुलाई प्रहरीले अनुसन्धानको दायरामा ल्याएको छ । प्रारम्भिक कुराकानीमा बताए अनुसार मानबहादुरले ५ हजार रुपैयाँ सापटी मागेका थिए । ‘पुरानो रोग बल्भिmयो भन्दै उनले पैसा मागेका रहेछन्’, अनुसन्धान अधिकारी भन्छन् ।

घटनापछि सीमापारि वा अन्यत्र भाग्न पैसा मागेको हुनसक्ने अधिकारीहरुको आशंका छ ।

तर, घटनास्थलबाट करिब डेढ घन्टा हिँडेपछि नै उनले आत्महत्याको बाटो रोजे । रुखमा झुण्डिएको अवस्थामा उनको शव भेटिएको छ ।

यसअघि पनि भएको थियो हत्या प्रयास

जब दुई परिवारका ९ जनाको विभत्स हत्या भएको खबर फैलियो, स्थानीयवासीले खानामा सिसाको धुलो हालेको एउटा घटना सुनाए । यसलाई हत्याकाण्डसँग जोडेर हेरिएको छ र, परिवारका सदस्यहरुको हत्या प्रयास यसअघि पनि भएको आशंका गरिएको छ ।

स्थानीयका अनुसार लघु उद्यम विकास कार्यक्रम अन्तरगत आयोजना गरिएको ढाका बुन्ने तालिममा खानेकुरा सिसा मिसाएको भेटिएको थियो । यो घटनामा उक्त परिवारका दुई सदस्य बिरामी भएका थिए ।

‘यो विषय प्रहरीलाई जानकारी गराइए पनि गम्भिरतापूर्वक अनुसन्धान भएको थिएन’, स्थानीय चन्द्रकुमार तामाङले अनलाइनखबरसँग भने । त्यही घटनालाई गम्भिरतापूर्वक नलिँदाको परिणाम मंगलबारको घटना भएको स्थानीयको दाबी छ ।

घटनाको समग्र अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयले अनुसन्धानका लागि काठमाडौंबाट पठाएको एसपी उमाप्रसाद चर्तुवेदीको टोली पठाएको छ भने प्रदेश र जिल्लाबाट पनि टोली खटिएको छ ।

रगत लागेको खुकुरी र लुगाफाटो भेटियो

आरुबोटेनजिकै सोमबार राति हत्या भएका ९ जनाको शव पोस्टमार्टमका लागि धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिँदैछ।

हत्या गरिएका स्थानीय २ परिवारका ९ जना र घटनास्थलभन्दा केही टाढा आत्महत्या गरी शंकास्पद अवस्थामा भेटिएका अर्का व्यक्तिको शवसमेत धरान लैजान लागिएको घटनास्थलमै रहेका धरानस्थित संघीय प्रहरी कार्यालयका एसएसपी सरद खत्रीले बताए।

‘हामी अब यहाँको सबै काम सकेर हिँड्नै लागेका छौं,’ मंगलबार राति ८ः५५ बजे खत्रीले नागरिकन्युजसँग भने।

१ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रवक्ता सिद्धराज नेउपानेले १० जनाकै शव धरान ल्याउन लागिएको बताए। ‘हत्याको घटना निकै संवेदनशील भएकाले धरानमा विशेषज्ञहरूबाट पोस्टमार्टम गर्नेगरी अहिले राति नै तीन शव धरान ल्याइँदैछ,’ उनले भने, ‘घटनास्थलको प्रारम्भिक अनुसन्धान सकिएकाले पोस्टमार्टम र प्रयोगाशाला परीक्षणका लागि शवहरू धरान ल्याउन लागिएको हो।’

सोमबार राति घरमा आएको मुकुण्डोधारी व्यक्तिले स्थानीय बमबहादुर फियाकको परिवारका ४ र उनकै माहिला ज्वाईं धनराज शेर्माको परिवारका ५ जनाको धारिलो हतियार प्रहार गरी हत्या गरेको थियो।

प्रहरीका अनुसार राति १० बजेपछि आएको अज्ञात व्यक्तिले अन्दाजी ७५ वर्षे बमबहादुर, उनकी पत्नी त्यही उमेरकी पुर्सीहाङ्मा फियाक, छोरी २७ वर्षीया मनकुमारी र घरमा पढ्न बसेकी साहिँली छोरीकी छोरी (बमबहादुरकी नातिनी) १२ वर्षीया बालिका आशिका खजुमको हत्या गरेको थियो।

बमबहादुरकै घरभन्दा करिब ३० मिटर माथि रहेको उनकै माहिला ज्वाईं धनराज शेर्माको परिवारका अन्दाजी ४५ वर्षे धनराज, उनकी पत्नी ४० वर्षीया जस्मिता, छोरीहरू १४ वर्षीया युहाना, १२ वर्षीया मुना शेर्मा र धनराजकी भाइकी छोरी (भतिजी) ५ वर्षीया इच्छा शेर्माको समेत हत्या गरिएको थियो।

बमबहादुरकी साहिँली छोरीकी छोरी (नातिनी) अन्दाजी १४ वर्षीया सीता खजुम हतियारधारीको आक्रमणबाट उम्किन सफल भएकी थिइन्।

घटनास्थलभन्दा करिब २ घण्टाको पैदल दूरीमा रहेको मिक्लाजोङ गाउँपालिका–७, लिम्बाका मानबहादुर माखिमको पनि मंगलबार दिउँसो झुन्डिएको अवस्थामा शव भेटिएको थियो। बमबहादुरकै कान्छा ज्वाईं मानबहादुरको शवनजिकै रगत लत्पतिएको खुकुरी, रगत लागेका लुगाफाटो र उनको मोबाइलसमेत भेटिएको छ ।

‘हत्याको घटना हुनु, प्रत्यक्षदर्शीले पनि एकजना मुकुण्डोधारीले खुकुरीले छपाछप प्रहार गरेको भन्नु र आत्महत्या गरेका व्यक्तिको वरिपरि शंकास्पद वस्तु भेटिनुले हत्यामा संलग्न व्यक्तिको आशंका जन्माएको छ,’ प्रवक्ता नेउपानेले ‘तर, गहन अनुसन्धानबिना यसै भन्न सकिने अवस्था चाहिँ छैन।’

प्रहरीका अनुसार बमबहादुरकी कान्छी छोरी मनकुमारी र उनका पति मानबहादुरको सम्बन्धमा दरार आएकाले मनकुमारी केही समयदेखि माइतमै बस्थिन्।

पाँचथर जिल्ला अदालतमा उनीहरूको सम्बन्धविच्छेदको मुद्दासमेत चलिरहेको छ। त्यसअघि पनि दुवैको वादविवादलाई लिएर रवि प्रहरी कार्यालयमा छलफलसमेत भएको प्रहरीले जनाएको छ ।

हाई ब्लड प्रेसर भएको ब्यक्त्तीले के खाने ? के नखाने ?

हाई बीपी हृदय रोगको इशारा हुन सक्छ । डायटमा सैचुरेटिड फैट जस्तो कि मक्खन, घ्यू, तर आदि कम गर्नुस् । किनकी यसले मुटुको नली बन्द हुने खतरा बढ्छ । जति सकिन्छ, लो फैट डायट लिनुस् ।

– कैल्शियम, मैग्नीशियम र पोटैशियम आदि प्रचुर मात्रामा खानुस् । यो तत्व दूध, हरियो साग, सब्जीहरू, दाल, सुन्तला, स्ट्राबेरी, बदाम, केरा र सीताफल आदिमा खूब पाईन्छ ।

– सूप, सलाद, अमिलो फलफूल, कागती पानी, नरिवल पानी, चना, भटमास आदि खानु फाईदाजनक छ ।

– गाजर, बन्दागोभी, ब्रोकाउली, पालुङ्गो, कटहर, टमाटर, लहसुन, प्याज, हरियो सागपात र मौसमी फल खूब खानुस् ।

– पानी खूब पिउनुस् । दिन भरमा करीब १० गिलास पानी पिउनुस् ।

– ओमेगा थ्री वाला चिज, जस्तो कि ओखर, बदाम, माछाको तेल, आदि खानुस् । दैनिक पाँच/सात दाना बदाम र ३/४ वटा ओखर अवश्य खानुस् ।

– बीपीका लागि आजभोलि म्ब्क्ज् डायट यानी डायट्री अप्रोचिस टु स्टप हाइपरटेन्शन खूब चलनमा छ । यसमा के नखाने भन्दा पनि ज्यादा जोड यस कुरामा हुन्छ कि के खाने । यसलाई अमेरिकन हार्ट एसोसिएशनको साथ–साथै इण्डियन नेशनल क्यान्सर ईन्स्टिच्यूटले पनि रेकेमेण्ड गरेको छ । यसमा दिन भरमा एक किलोसम्म फल–तरकारी र कार्बोहाईड्रेट र लो फैट मिल्क प्रोडक्ट्समा खूब जोड दिइएको छ ।

के नखाने ?

– नुन कम खानुस् । दिनमा करीब आधा चम्चा नुन काफी हुन्छ। टेबल साल्ट यूज नगर्नुस् । दिनभरमा करीब आधा चम्चा नुन खानुस् । यो हामीलाई खानबाट सजिलै प्राप्त हुन्छ । त्यसो त अन्न, फल, सागसब्जीहरू आदिबाट पनि हामी नेचरल तरिकाले नुन प्राप्त गर्दछौं। हप्तामा एक पटक बिना नुनको खाना खाने आदत बसाउनुस् ।

– सस, अचार, चटनी, अजीनोमोटो, बेकिंग पाउडर आदिबाट टाढै रहनुस् । पापड पनि बिना नुन वाला खानुस् ।

– पैक्ड या फ्रोजन आइटम नखानुस् । यसमा प्रिजरभेटिभ हुनुको साथै नुन पनि ज्यादा हुन्छ । यसैगरी बेकरी आइटम्समा सैचुरेटिड फैट ज्यादा हुन्छ । चिप्स, बिस्कुट, भुजिया, कुकीज, फर्कोजन मटर, केक, पेस्ट्री आदिबाट बच्नुस् ।

– खानामा माथिबाट नुन नछर्किनुस् । सलाद, आदिमा पनि नुन नहाल्नुस् ।

– नियमित रुपबाट नान भेज खाएर हेभी नान भेज (रेड मीट आदि) खानबाट बीपीको आशंका बढ्छ ।

नोट: बीपी कन्ट्रोल गर्नमा डायटको रोल ५० प्रतिशत रहन्छ । स्ट्रेस मैनेजमेन्ट र एक्सरसाइजबाट बाँकी फाईदा प्राप्त हुन्छ । योगासन, प्राणायाम र मेडिटेशन गर्नुस् । भ्रामरी प्राणायाम खासमा फाईदाजनक रहन्छ ।

मनलाई स्वस्थ राख्ने उपाए

– टेन्शन या स्ट्रेस कमभन्दा कममा रहनुस् ।

– दैनिक स्नान गर्नुस् ।

– प्रतिदिन व्यायाम गर्नुस् ।

– खूब पानी पिउनुस् ।

– रसदार फल जस्तै – सुन्तला, स्याउ, आप, केरा इत्यादि रोज खानुस् ।

– सफा, शुद्ध र पौष्टिक आहार खानुस् । जंक फूड जस्तै कि बर्गर, पिजा आदि कम खानुस् ।

– यदि टेन्शन हदभन्दा ज्यादा हुदैछ भने कुनै मनोवैज्ञानिकसंग सल्लाह लिनुस् । यी साधारण कुरालाई ध्यानमा राख्नु भयो भने तपाई सुखी र स्वस्थ जीवन जीउन सक्नु हुन्छ ।

ज्ञान बाँड्नु सबैभन्दा ठूलो धर्म हो त्यसैले सबैले लाइक तथा शेयर गर्न नभुल्नुहोला !!

प्रकाशित मिति May 22, 2019