मैले भ्रष्टाचार गरेको प्रमाणित भयो भने झुन्डिएर मर्न तयार छु’ – कुलमान घिसिङ

संसदको सार्वजनिक लेखा समितिमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निदेर्शक कुलमान घिसिङमाथि – ९ अर्ब भ्रष्टाचार गरेको आरोप लाग्यो । त्यसमा घिसिङको उत्तर थियो– प्रमाणित भए पासो लागेर मर्न तयार छु !

प्राधिकरणभित्र भ्रष्टाचार भएको छानबिन गर्नका लागि समिति पनि गठन भएको छ । ठूला घराना र उद्योगीले विद्युतको बक्यौता महसुल नतिरेपछि घिसिङले कडा कदम चालेका थिए । तर तिनै उद्योगीले घिसिङलाई र्याख र्याख पार्न संसदीय समितिमा रहेका सांसदको प्रयोग गरेको स्रोतको दाबी छ । र, प्रयोग भए सत्तारुढ नेकपाका सांसद –अमनलाल मोदी ।

‘डेडिकेटेड फिडर तथा ट्रंकलाइन उपयोग गर्ने उद्योगी तथा व्यापारीहरुसँग बक्यौता रकम असुली गर्ने नाममा ९ अर्ब बढी भ्रष्टाचार किन गर्नुभयो ?’ मोदीले घिसिङको हुर्मत लिँदै यहि प्रश्न तेर्साएका थिए । घिसिङले त्यसको उत्तर ‘प्रमाणित भए आत्महत्या’ गर्ने भनेरै दिए ।

‘सांसद भएँँ भन्दैमा अनावश्यक चार्ज नगर्नुहोला, सबैकुरा छानबिन भएको छ, सम्बन्धित निकायले छानबिन गरेको छ’, घिसिङले यो पनि भनेका थिए । सांसद मोदीले लोडसेडिङ हटाएको जस लिएर कुलमानले प्राधिकरणमा भ्रष्टाचार गरिरहेको आरोप लगाए ।

त्रिशुली थ्री बी हव प्रसारण लाइन आयोजना स्थलमा काम रोकिएपछि घिसिङले केही दिनअघि एक जनालाई थुनिदिन्छु भनेका थिए । जुन भिडियो चर्चामा आयो । घिसिङको उक्त पहलकदमीका कारण अहिले काम सुचारु छ, रोकिएको छैन ।

मोदीले यो प्रसङ्ग पनि उठाए । ‘स्थानीयसँग विवाद गर्दै कुलमानले थुनिदिन्छु भनेको भन्दै मोदीले यौटा सर्वसाधारणलाई प्रधानमन्त्रीले त थुन्छु भन्न पाउन्न, उहाँ को हो ?’

नेपाल विद्युत प्राधिकरणले मोरङको कटहरी क्षेत्रको विद्युत आपूर्तिलाई व्यवस्थित, भरपर्दो र प्रभावकारी बनाउन कटहरी सबस्टेसन निर्माण सकेको दुई महिनाभन्दा बढी भयो । सुनसरीको दुहवी सबस्टेसनबाट लगिएको ३३ केभी प्रसारण लाइन निर्माणमा मोरङको ग्रामथाम गाउँपालिकाको गिदनियामा स्थानीयको अवरोध छ ।

यसले गर्दा दुहवीबाट विद्युत् लगी सबस्टेसन सञ्चालन (चार्ज) गर्न नसकिएको प्राधिकरणका विराटनगर शाखा प्रमुख राजीव सिंहले बताउनुभयो ।

‘कटहरी औद्योगिक क्षेत्र पनि हो, अहिले त्यहाँ विद्युत आपूर्ति भइरहेको टंकिसिनुवारी सबस्टेसन थप लोड थान्न सक्ने अवस्थामा छैन’, सिंहले भन्नुभयो, ‘कटहरी सबस्टेसन तत्काल चार्ज गर्न सकेनौँ भने विराटनगरमा फोर्स लोडसेडिङ गर्नु पर्ने अवस्था छ ।’

स्थानीयको अवरोधका कारण सडकको छेउमा गाडिएको पोलमा समेत साढे तीन किलोमिटर तार तान्न सकिएको छैन । ग्रामथाम नेकपाका सांसद अमनलान मोदीको निर्वाचन क्षेत्रमा पर्छ ।

मोदीले स्थानीयको मागलाई साथ दिँदै प्रसारण लाइनको तार तान्न दिएका छैनन् । प्रसारण लाइन निर्माण नसकिँदा कटहरी सबस्टेसन निर्माण सकिएर पनि प्राधिकरणले सञ्चालनमा ल्याउन सकेको छैन । प्राधिकरणले बस्ती छल्दै सडकै सडक प्रसारण लाइन लैजाने गरी रुट तय गरेको छ ।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले केहीअघि तार तान्न दिन मोदीलाई आग्रह गर्नुभएको थियो । तर, मन्त्री पुनको आग्रहलाई समेत मोदीले मान्नु भएको छैन । त्यस क्षेत्रका उद्योगीले चुनावमा सहयोग नगरेको भन्दै मोदीले स्थानीयलाई उचालेको बताइन्छ । समस्या समाधानका लागि जिल्ला प्रशासन कार्यालय मोरङले पटकपटक प्रयास गरिरहेको छ ।

सबस्टेसन सञ्चालनमा आएपछि गुणस्तरीय विद्युत र भोल्टेज सुधार हुने भएकाले त्यस क्षेत्रका उद्योगी व्यवसायीले पनि समस्या समाधानका लागि पहल गरिरहेका छन् । तर, मोदीकै कारण उनीहरुको प्रयास सफल भएको छैन ।

हाई ब्लड प्रेसर भएको ब्यक्त्तीले के खाने ? के नखाने ?

हाई बीपी हृदय रोगको इशारा हुन सक्छ । डायटमा सैचुरेटिड फैट जस्तो कि मक्खन, घ्यू, तर आदि कम गर्नुस् । किनकी यसले मुटुको नली बन्द हुने खतरा बढ्छ । जति सकिन्छ, लो फैट डायट लिनुस् ।

– कैल्शियम, मैग्नीशियम र पोटैशियम आदि प्रचुर मात्रामा खानुस् । यो तत्व दूध, हरियो साग, सब्जीहरू, दाल, सुन्तला, स्ट्राबेरी, बदाम, केरा र सीताफल आदिमा खूब पाईन्छ ।

– सूप, सलाद, अमिलो फलफूल, कागती पानी, नरिवल पानी, चना, भटमास आदि खानु फाईदाजनक छ ।

– गाजर, बन्दागोभी, ब्रोकाउली, पालुङ्गो, कटहर, टमाटर, लहसुन, प्याज, हरियो सागपात र मौसमी फल खूब खानुस् ।

– पानी खूब पिउनुस् । दिन भरमा करीब १० गिलास पानी पिउनुस् ।

– ओमेगा थ्री वाला चिज, जस्तो कि ओखर, बदाम, माछाको तेल, आदि खानुस् । दैनिक पाँच/सात दाना बदाम र ३/४ वटा ओखर अवश्य खानुस् ।

– बीपीका लागि आजभोलि म्ब्क्ज् डायट यानी डायट्री अप्रोचिस टु स्टप हाइपरटेन्शन खूब चलनमा छ । यसमा के नखाने भन्दा पनि ज्यादा जोड यस कुरामा हुन्छ कि के खाने । यसलाई अमेरिकन हार्ट एसोसिएशनको साथ–साथै इण्डियन नेशनल क्यान्सर ईन्स्टिच्यूटले पनि रेकेमेण्ड गरेको छ । यसमा दिन भरमा एक किलोसम्म फल–तरकारी र कार्बोहाईड्रेट र लो फैट मिल्क प्रोडक्ट्समा खूब जोड दिइएको छ ।

के नखाने ?

– नुन कम खानुस् । दिनमा करीब आधा चम्चा नुन काफी हुन्छ। टेबल साल्ट यूज नगर्नुस् । दिनभरमा करीब आधा चम्चा नुन खानुस् । यो हामीलाई खानबाट सजिलै प्राप्त हुन्छ । त्यसो त अन्न, फल, सागसब्जीहरू आदिबाट पनि हामी नेचरल तरिकाले नुन प्राप्त गर्दछौं। हप्तामा एक पटक बिना नुनको खाना खाने आदत बसाउनुस् ।

– सस, अचार, चटनी, अजीनोमोटो, बेकिंग पाउडर आदिबाट टाढै रहनुस् । पापड पनि बिना नुन वाला खानुस् ।

– पैक्ड या फ्रोजन आइटम नखानुस् । यसमा प्रिजरभेटिभ हुनुको साथै नुन पनि ज्यादा हुन्छ । यसैगरी बेकरी आइटम्समा सैचुरेटिड फैट ज्यादा हुन्छ । चिप्स, बिस्कुट, भुजिया, कुकीज, फर्कोजन मटर, केक, पेस्ट्री आदिबाट बच्नुस् ।

– खानामा माथिबाट नुन नछर्किनुस् । सलाद, आदिमा पनि नुन नहाल्नुस् ।

– नियमित रुपबाट नान भेज खाएर हेभी नान भेज (रेड मीट आदि) खानबाट बीपीको आशंका बढ्छ ।

नोट: बीपी कन्ट्रोल गर्नमा डायटको रोल ५० प्रतिशत रहन्छ । स्ट्रेस मैनेजमेन्ट र एक्सरसाइजबाट बाँकी फाईदा प्राप्त हुन्छ । योगासन, प्राणायाम र मेडिटेशन गर्नुस् । भ्रामरी प्राणायाम खासमा फाईदाजनक रहन्छ ।

मनलाई स्वस्थ राख्ने उपाए

– टेन्शन या स्ट्रेस कमभन्दा कममा रहनुस् ।

– दैनिक स्नान गर्नुस् ।

– प्रतिदिन व्यायाम गर्नुस् ।

– खूब पानी पिउनुस् ।

– रसदार फल जस्तै – सुन्तला, स्याउ, आप, केरा इत्यादि रोज खानुस् ।

– सफा, शुद्ध र पौष्टिक आहार खानुस् । जंक फूड जस्तै कि बर्गर, पिजा आदि कम खानुस् ।

– यदि टेन्शन हदभन्दा ज्यादा हुदैछ भने कुनै मनोवैज्ञानिकसंग सल्लाह लिनुस् । यी साधारण कुरालाई ध्यानमा राख्नु भयो भने तपाई सुखी र स्वस्थ जीवन जीउन सक्नु हुन्छ ।

ज्ञान बाँड्नु सबैभन्दा ठूलो धर्म हो त्यसैले सबैले लाइक तथा शेयर गर्न नभुल्नुहोला !!

प्रकाशित मिति May 21, 2019