पाँचथरमा सामूहिक हत्याः मृत्यु हुनेमा सात महिला, दुई पुरुष

पाँचथर, ७ जेठ–मिक्लाजुङ गाउँपालिकामा दुई परिवारका नौ जनाको हत्या भएको छ । एक किशोरी घाइते भएकी छिन् । मिक्लाजुङ गाउँपालिका ३ आरुबोटेका बमबहादुर फियाक र धनराज सेर्माको घरमा घटना भएको वडाध्यक्ष हस्तराज फियाकले जानकारी दिए । उनका अनुसार फियाक र सेर्मासहित सात महिलाको हत्या भएको हो ।

तीमध्ये तीन बालिका पनि छन् । फियाकको घरमा चार र सेर्माको घरमा पाँच जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रवक्ता एवं प्रहरी निरीक्षक अनिल पौडेलले जानकारी दिए । धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा शव पाइएको उनले बताए ।

घटना भएको घटनाको जानकारी आएलगत्तै प्रहरी प्रमुखसहितको टोली घटनास्थलतर्फ गएको छ । कसले र किन उनीहरूको हत्या गर्‍यो भन्ने विषयमा केही खुलेको छैन । घाइते १२, १३ वर्षीया एक किशोरीलाई उपचारका लागि अस्पताल लगिएको छ । घटनाबारे विस्तृत जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।]

यो पनि पढ्नुस

जति मेहनत गरेपनि धन कमाउन सक्नुभएको छैन भने तपाईंलाई ग्रहदोष हुनसक्छ । यसलाई हटाउन ऊँ श्री हनुमते नमः यो मन्त्र दिनदिनै २१ चोटि जप्नुस् । काममा बाधा आउन पाउँदैन ।

अलिकति हिंग आफूमाथि घुमाएर उत्तर दिशामा फ्याँक्नुस् । अनि बिहानै तीनवटा हरिया अलैंची दाहिने हातमा राखेर श्रीं श्रीं उच्चारण गर्नुस् र खानुस् । त्यसपछि घरबाहिर निस्कनुस् । काम फत्ते हुन्छ ।

सुतेर बिहान उठेपछि दिनदिनै आफ्नो हत्केलालाई ध्यान दिएर हेर्नुस् र तीनचोटि चुम्नुस् । यसो गर्दा हरेक काममा सफलता पाउनुहुनेछ । शनिवारदेखि यसो गर्न शुरु गर्नुस् ।

पाँच रुपैयाँको नोटको त्रिकोण पिरामिड बनाएर पूजाकोठामा राख्नुस् । धनको कमी हुन थाल्नेबित्तिकै त्यो पिरामिडलाई देब्रे हातमा राखेर दासहने हातले छोप्नुस् । अनि पिरामिडले घरमा धन ल्याउँदैछ भनी कल्पना गर्नुस् ।

यसो गर्दा कताकताबाट तपाईंलाई धन आइलाग्छ । तर पैसाको साह्रै खाँचो भयो भने मात्र यसो गर्नुस् । गुरु पुष्य योग र शुभ चन्द्रमाको दिन बिहान हरियो रंगको कपडाको सानो थैलो बनाउनुस् । अनि श्रीगणेशको चित्र वा मूर्तिअघि बसेर संकटनाशन स्तोत्रको ११ चोटि पाठ गर्नुस् ।

त्यसपछि थैलीमा सातवटा मुँग, दश ग्राम साबुत धनियाँ, एक पञ्चमुखी रुद्राक्ष, एक चाँदीको सिक्का, दुईवटा सुपारी, दुईवटा बेसारको पोको बाँधेर गणेशजीलाई शुद्ध घिउको लड्डु भोग चढाउनुस् । त्यसपछि थैली कन्तूरमा राख्नुस् । एक वर्षपछि नयाँ थैली राख्नुस् । गरीब र ब्राह्मणहरूलाई दान दिनुस् । यसो गर्दा आर्थिक रूपमा तनाव हुँदैन ।

आइतवार भैरवको मन्दिरमा सिन्दूर चढाएर बटुक भैरव स्तोत्र पाठ गर्नुस् अनि गाई, काग र कालो कुकुरलाई मन पर्ने कुरा खुवाइदिनुस् । वर्षमा चार पाँचचोटि यसो गर्नुभयो भने सबै बाधा हटेर जान्छन् । एजेन्सी

प्रकाशित मिति May 21, 2019