धार्मिक पर्यटकीयस्थल मुक्तिनाथ हिन्दू र बौद्धको साझा तीर्थस्थल

वासुदेव पौडेल/रामबहादुर थापा मुस्ताङ, हिमाल पारिको जिल्ला मुस्ताङमा रहेको धार्मिक पर्यटकीयस्थल मुक्तिनाथ हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल हो । यहाँ दर्शन गरेपछि मनोकांक्षा पूरा हुनाका साथै पितृहरूको उद्धार हुने विश्वासका कारण वर्षेनी ठूलो संख्यामा दर्शनार्थी यस मन्दिरमा आउने गरेका छन् ।

मुक्तिनाथका स्थानीय समाजसेवी एवम् जनप्रिय युवा क्लबका अध्यक्ष सुरज गुरुङका अनुसार विशेषगरी चैत, वैशाख, जेठ, भदौ, असोज र कात्तिकमा यहाँ अत्यधिक दर्शनार्थी आउने गरेका छन् । दर्शन गर्न आउने पर्यटकमध्ये नेपाली र भारतीय नागरिक रहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार मनाङबाट थोराङपास हुँदै मुस्ताङ र मुस्ताङबाट सोही मार्गबाट हुँदै मनाङ जाने पर्यटक यही मुक्तिनाथ भएर जाने भएका कारण पनि यो स्थल पर्यटकका लागि आकर्षक गन्तव्य बनेको छ ।

समुद्र सतहदेखि तीन हजार ७१० मिटरको उचाइमा अवस्थित यस मन्दिरलाई हिन्दूले मुक्ति क्षेत्र तथा बौद्धमार्गीले तिब्बती भाषामा छुमिङ ग्यात्सा ९जसको अर्थ हुन्छ ‘सय पानी’०का रुपमा लिने गर्दछन् । यो तीर्थस्थल शालिग्राम भगवानका लागि प्रसिद्ध रहेको छ । शालिग्राम एउटा पवित्र शिला हो जसलाई हिन्दू धर्ममा श्रद्धापूर्वक पूजाआजा गरिन्छ । यो यही मुक्ति क्षेत्रस्थित कालीगण्डकी नदीमा पाइन्छ । मुक्तिनाथ अवस्थित क्षेत्रलाई मुक्तिक्षेत्रको नामले चिनिने मुक्तिनाथ मन्दिरका ब्राह्मण पुजारी कृष्ण सुवेदीले जानकारी दिनुभयो ।

“यो यस्तो क्षेत्र हो यहाँ दर्शन गरेपछि दर्शनार्थीलाई मोक्ष प्राप्त हुने विश्वास छ,” उहाँले भन्नुभयो, “मुक्तिनाथको दर्शन गर्न अत्यन्त कठिनताका बाबजुद पनि हजारौँ दर्शनार्थी यहाँ आउने गरेका छन् ।” मुक्तिनाथ क्षेत्रमा पाइने शालिग्राम ९शिला०लाई भगवानका रुपमा पूजा गरिन्छ । शालिग्रामको उत्पत्ति प्रागऐतिहासिक कालमा पाइने किराको जीवाष्मबाट भएको मानिन्छ, जुन मुख्यतः टेथिस सागरमा पाइन्थ्यो ।

पौराणिक मान्यताअनुसार शालिग्राम शिलामा भगवान् विष्णुको निवास हुन्छ । यस सम्बन्धमा विभिन्न किंवदन्ती रहेका छन् । एक किंवदन्तीअनुसार भगवान् शिवले जालन्धर नामक असुरसँग युद्धमा जित्न नसकेका अवस्थामा भगवान् विष्णुले उनको मद्दत गरेका थिए ।

जालन्धरकी पत्नी वृन्दाले आफ्नो सतित्व बचाउँदासम्म जालन्धरलाई कसैले पनि पराजीत गर्न सक्दैनथ्यो । उक्त अवस्थामा भगवान् विष्णुले जालन्धरको रूप धारण गरेर वृन्दाको सतित्वलाई नष्ट गरे भने वृन्दालाई उक्त कुरा जानकारी हुँदासम्म शिवले जालन्धरको बध गरिसकेका थिए । आफ्नो सतित्व नष्ट गरेको आक्रोशमा वृन्दाले भगवान् विष्णुलाई शिला, रूख, झारपात र घाँस भएर जीवन व्यतित गर्नु परोस् भनेर श्राप दिएकी थिइन् । त्यही श्रापका कारण विष्णुले शिला ९शालिग्राम०, पिपल, तुलसी र कुश भएर जन्म लिनु परेको किंवदन्ती छ ।

यसै स्थानमा भगवान् विष्णु शालिग्राम शिलामा निवास गर्ने विश्वासका आधारमा मुक्ति क्षेत्रलाई अत्यन्त पवित्र क्षेत्रका रुपमा लिने गरिएको छ । यस क्षेत्रलाई बौद्ध धर्मावलम्बीले पनि अत्यन्त महत्वपूर्ण तीर्थस्थलका रुपमा लिने गरेको अर्का स्थानीयवासी दीनेशकुमार थकालीले बताउनुभयो ।

“मुक्तिनाथको दर्शनका लागि वर्षेनी ठूलो संख्यामा बौद्ध धर्मावलम्बी यहाँ आउने गरेका छन्,” उहाँले भन्नुभयो, “मुक्तिनाथकै बाटो भएर महान् बौद्ध भिक्षु पद्मसम्भव बौद्ध धर्मको प्रचारप्रसार गर्न तिब्बत गएका कारण यस क्षेत्रलाई बौद्ध मार्गीले अत्यन्त महत्वपूर्ण तीर्थस्थलका रुपमा लिने गरेका छन् ।” मुक्तिनाथको पूजा गराउन मन्दिरको भित्र बौद्ध धर्म गुरु आनी रहन्छन् भने बाहिर ब्राह्मण पूजारीले पूजा गराउने गर्दछन् ।

यो पनि पढ्नुस

जति मेहनत गरेपनि धन कमाउन सक्नुभएको छैन भने तपाईंलाई ग्रहदोष हुनसक्छ । यसलाई हटाउन ऊँ श्री हनुमते नमः यो मन्त्र दिनदिनै २१ चोटि जप्नुस् । काममा बाधा आउन पाउँदैन ।

अलिकति हिंग आफूमाथि घुमाएर उत्तर दिशामा फ्याँक्नुस् । अनि बिहानै तीनवटा हरिया अलैंची दाहिने हातमा राखेर श्रीं श्रीं उच्चारण गर्नुस् र खानुस् । त्यसपछि घरबाहिर निस्कनुस् । काम फत्ते हुन्छ ।

सुतेर बिहान उठेपछि दिनदिनै आफ्नो हत्केलालाई ध्यान दिएर हेर्नुस् र तीनचोटि चुम्नुस् । यसो गर्दा हरेक काममा सफलता पाउनुहुनेछ । शनिवारदेखि यसो गर्न शुरु गर्नुस् ।

पाँच रुपैयाँको नोटको त्रिकोण पिरामिड बनाएर पूजाकोठामा राख्नुस् । धनको कमी हुन थाल्नेबित्तिकै त्यो पिरामिडलाई देब्रे हातमा राखेर दासहने हातले छोप्नुस् । अनि पिरामिडले घरमा धन ल्याउँदैछ भनी कल्पना गर्नुस् ।

यसो गर्दा कताकताबाट तपाईंलाई धन आइलाग्छ । तर पैसाको साह्रै खाँचो भयो भने मात्र यसो गर्नुस् । गुरु पुष्य योग र शुभ चन्द्रमाको दिन बिहान हरियो रंगको कपडाको सानो थैलो बनाउनुस् । अनि श्रीगणेशको चित्र वा मूर्तिअघि बसेर संकटनाशन स्तोत्रको ११ चोटि पाठ गर्नुस् ।

त्यसपछि थैलीमा सातवटा मुँग, दश ग्राम साबुत धनियाँ, एक पञ्चमुखी रुद्राक्ष, एक चाँदीको सिक्का, दुईवटा सुपारी, दुईवटा बेसारको पोको बाँधेर गणेशजीलाई शुद्ध घिउको लड्डु भोग चढाउनुस् । त्यसपछि थैली कन्तूरमा राख्नुस् । एक वर्षपछि नयाँ थैली राख्नुस् । गरीब र ब्राह्मणहरूलाई दान दिनुस् । यसो गर्दा आर्थिक रूपमा तनाव हुँदैन ।

आइतवार भैरवको मन्दिरमा सिन्दूर चढाएर बटुक भैरव स्तोत्र पाठ गर्नुस् अनि गाई, काग र कालो कुकुरलाई मन पर्ने कुरा खुवाइदिनुस् । वर्षमा चार पाँचचोटि यसो गर्नुभयो भने सबै बाधा हटेर जान्छन् । एजेन्सी

 

प्रकाशित मिति May 19, 2019