धार्मीक स्थल बराहक्षेत्र दर्शन र संक्षिप्त जानकारी

धरान, १२ पुस–बराहक्षेत्र मन्दिर हिन्दुधर्मावलम्बिहरुको एक पवित्र धार्मिक स्थल पुर्वीनेपालको सुन्सरी जिल्लामा पर्छ । यस पवित्र स्थलसम्म बिराटनगरबाट इटहरी धरान हुदै धरानबाट १४ कि मी पश्चिम कुम्भनगरी प्राचीन हरिद्वार चतरा बजार भएर पुनस् ७ कि मी उतर मोटरबाटो हुदै यात्रा गर्न सकिन्छ ।

त्यस्तै, इटहरीबाट लगभग ७ कि मी पश्चिम झुम्का बजारबाट २२ कि मी उतर चतरा बजारसाथै चतराबाट थप ७ कि मी उतर हुदै पुग्न सकिन्छ । कोकाहा र सप्तकोशीनदीको सङ्गम स्थलमा अवस्थित बराहक्षेत्र मन्दिर वरपरको प्राकृतिक दृस्यले जो कोहिको मन लोभ्याउँछ । यहाँका मन्दिर र मन्दिर परिसरमा रहेका मुर्तिहरु पाँचौ शताब्दी भन्दा पनि अगाडीका छन ।

यहाँ, एउटा धातु जस्तै देखिने (ताम्रशीला) तामाढुङ्गा पनि छ । शुद्ध मन गरेर मात्र उक्त ढुङ्गा उचाल्न सकिन्छ भन्ने धार्मिक बिश्वास छ, त्यसैले अधिकांश यात्रुहरुले ढुङ्गा उचाल्ने कोसिस गर्छन । गुम्बज शैलीमा निर्माण भएको मन्दिर, सप्तकोशी र कोकाहामा बगेको पानी, वरिपरि अग्ला पहाड अनि हरियालीका साथै पुजा आराधनासँगै गुञ्जिएको घण्टा तथा शंख ध्वनीले स्वर्गीय आनन्द दिन्छ ।

हिन्दू धर्मका अनुशार भगवान विष्णुले बराह बँदेलको रुप लिएर पृथ्वीलाई लातिले हानेर समुन्द्रमा डुबाउने हिरण्यक्षू नाम गरेको राक्षसको बध गरेका थिए । जलमा डुबेको पृथ्वीलाई पूर्ववत गरी पूथ्वीको उदार गरेका थिए । बराह भगवानले नै श्राद्ध पद्धती चलाएको कुरा पनि हिन्दू धर्म ग्रंथमा लेखिएको छ । सोही कारण यो भूमिमा कुनै पनि पितृकार्य गरे आफ्ना पितृहरुको उद्दार हुने धार्मिक बिश्वास छ ।

पवित्र आदिभूमि जहाँ सम्पूर्ण प्राणी जगतको रक्षाको लागी स्वयम् भगवान बिष्णु अवतरीत हुनु भो र यो ब्रम्हाण्ड सारा सृष्टिको रक्षा गर्नुभो । यस्तो पबित्र भुमि बराहक्षेत्रमा हरेकबर्ष कार्तिक शुक्ल एकादशी देखि पुर्णिमा सम्म लाग्नेमेलामा नेपाल तथा भारतका बिभिन्न स्थानबाट समेत दर्शन गर्न आउने श्रद्धालुहरुको भिडलाग्छ ।

बैशाख शुक्लपक्ष द्वादशी तिथीका दिन कोकाहा र कौशीकीको सङ्गम स्थलमा सुनको माछाको दर्शन गर्न पाइन्छ । महीना र गते फरक परेपनि तिथी सधै बैशाख शुक्लपक्ष द्वादशी नै पर्ने भएको ले उक्त दिन भगवान बिष्णुको मत्स्यवतार भनि धार्मिक आस्थाका साथ दर्शनार्थीको भिड लाग्ने गर्दछ ।

त्यति मात्र हैन, १२ बर्षमा लाग्ने महाकुम्भ मेला त्यसैगरि बोलबम, बालाचतुर्दशी लगायत अन्य धेरै उत्सब र अवसरको बेला बराहक्षेत्र र प्राचीन हरिद्वार चतराधाम भ्रमणको लागि निरन्तर यात्रुहरु आउनेगर्दछन । मेलापर्वहरु बाहेकका अन्य समयमा पनि बराहक्षेत्र र चतराको सेरोफेरोमा पिकनिक अनि बोटिङ्गको मज्जालिदै निषेधित क्षेत्र भन्दा बाहिर फिसिङ्ग गरेर बिदाको समय सदुपयोग गर्न पनि अधिकांशले यो ठाउँलाई उपयुक्त ठान्छन ।

यहाँ, साना तथा मझौला होटलहरु प्रशस्त छन् जसले गर्दा आगन्तुक हरुलाई खान बस्नको समस्या हुदैन त्यस्तै ब्यवश्थीत धर्मशालाका कारण पनि सहज बासस्थानको बन्दोबस्त मिल्छ ।

बराहक्षेत्र दर्शनको लागि आएको बेला समय निकालेर औलियामठ, कुम्भ स्तम्भ, हनुमानको बिशाल प्रतिमा, राधाकृष्ण मन्दिर, सुर्यकुण्ड, देवीथान, छिन्नमस्तादेवी, रामधुनी, बिष्णु पादुका, दन्तकाली, बुढासुब्बा, पिण्डेष्वर महादेव लगायतका धार्मिक तथा पर्यटकीय स्थलहरुको पनि भ्रमण गरि आफ्नो यात्रालाई पूर्णतादिन सकिन्छ ।

जुन घरमा भगवान हनुमानजीको मंत्र जप हुन्छ, त्यस घरमा कुनै प्रकारको समस्या आउँदैन

जुन घरमा भगवान हनुमानजीको मंत्र जप हुन्छ, त्यस घरमा कुनै प्रकारको समस्या आउँदैन । हनुमानजीका प्रसिद्ध मंत्र छन् जुन घरमा ति मंत्रको साधना गर्दा सबै प्रकारको दुःख नास हुन्छन् ।

हनुमानजी यस्तो देवता हुन् कि उहाँ छिट्टै प्रसन्न हुुनुहुन्छ । जो भक्तले सेवा भावले हनुमानजीको सेवा गर्दछन्, उनलाई हनुमानजीको दयारूपी शितलता निश्चित सम्भव हुन्छ । हनुमानजीलाई प्रसन्न गर्न ज्यादै सरल उपाय छन् । जीवनमा केही समस्या परेमा हनुमानको नाम लिनेवित्तीकै विध्न वाधा हटेर जान्छ । उहाँलाई प्रसन्न पारेर सबै सिद्धि, शक्ति प्राप्त गर्न सकिन्छ । सौ उहाँकै कृपाबाट अष्ट सिद्धि, नव निधि प्राप्त गर्न सकिन्छ ।

हनुमानको साधाना गर्नुभन्दा पहिले केही नियमप्रति ध्यान दिनु जरूरी छ । १. पूजा गर्दा ब्रह्मचर्य पालन गर्नु जरूरी छ । २. निश्छल सेवा भावना राख्नुपर्छ, क्रोध र अहंकारबाट टाढा रहनुपर्छ । ३. हनुमानलाई ध्यु हालेर बनाइएको प्रसाद चढाउनुपर्छ । ४. तामसिक भोजन त्याग्नुपर्छ, पुजा अनुष्ठानको बेला सकेसम्म नुनको प्रयोग पनि गर्नुहुन्न । मंगलवारको दिन ब्रत बस्नुपर्छ, त्यस दिन नुन खानुहुन्न । भगवान हनुमानजीलाई खुसी पार्न यि चिजहरू आफुँग राख्नुपर्छ ।

हनुमानको साधना गर्दा १. हनुमानजीलाई रामभक्त अत्यधिक प्रिय लाग्छ । तुलसीदास जीले रामलाई पुकार्दा उहाँलाई हनुमानजीको कृपा सहजै प्राप्त भयो । यसका लागि नियमित रूपमा रामायणको पाठ गर्नु जरू री छ । पूजाका लागि सकेसम्म एउटै समय राख्नु उपयुक्त हुन्छ । २. तुलसीदास लेख्नुहुन्छ, राम नाम जपेको हनुमानजीलाई असाध्यै मन पर्छ । हनुमानजीलाई खुसी पार्न रामकै नाम काफी छ । ३.हनुमान चालीसाको प्रभाव अत्यधिक चमत्कारी हुन्छ, यसको नियमति ११ पटक गरे हनुमान प्रसन्न हुुनुहुन्छ । ४. हनुमान साधनाको केही तांत्रिक प्रयोग र मंत्र पनि छन् । त्यसको साधनाले हनुमानजीलाई खुसी पार्न सकिन्छ । ति मन्त्रहरू निम्न छन् । शुक्ल पक्षको पहिलो मंगलवारदेखि रातो आसनमाथि हनुमानजीको प्रतिष्ठित मूर्तिको सामुन्ने दियो बालेर रातो चन्दनको माला वा मुंगको ११ मालालाई ४० दिन सम्म जपेपछि सिद्धि प्राप्त हुन्छ ।

मन्त्रहरू – ऊँ हुँ हुँ हनुमतये फट्। (ऊँ पवन नन्दनाय स्वाहा । – ऊँ हं हनुमते रुद्रात्मकाय हुं फट। – अष्टदशाक्षर मंत्र अत्यधिक चमत्कारी एवं हनुमानजीको कृपा दिनेवाल छ । मंत्र महोदधीमा वर्णन भए अनुसार जुन घरमा यस मन्त्रको जप हुन्छ, त्यहाँ कुनै प्रकारको धन हानी नोक्सानी हुन्न, सम्पन्नता र खुशि फैलिन्छ भनिएको छ । ‘नमो भगवते आन्जनेयाये महाबलाये स्वाहा’ यस मंत्रको देवता हनुमान हो , ऋषि ईश्वर हो, हुं बीज हो , स्वाहा शक्ति हो । तथा अनुष्टुप छंद हो । यस मंत्रको दसहजार पटक जप गरेर दशांस हवन गर्नुपर्छ ।

– हनुमानजीको केही प्रसिद्ध मंत्र जसको साधना गरेर सबै प्रकारको दुःख संकट सधैंका लागि नष्ट हुन्छ । ४१ दिनसम्म नियमित रूपमा ३ वा ७ माला घ्युको दियो बालेर बत्तीको सामु जप गर्नुपर्छ । संयम पूर्वक यस मंत्रको जाप गरौं । – ओम नमों हनुमते रुद्रावताराय विश्वरूपाय अमित विक्रमाय प्रकटपराक्रमाय महाबलाय सूर्य कोटिसमप्रभाय रामदूताय स्वाहा। – ओम नमो हनुमते रुद्रावताराय सर्वशत्रुसहांरणाय सर्वरोगाय सर्ववशीकरणाय रामदूताय स्वाहा। ओम नमो हनुमते रुद्रावतराय वज्रदेहाय वज्रनखाय वज्रसुखाय वज्ररोम्णे वज्रनेत्राय वज्रदंताय वज्रकराय वज्रभक्ताय रामदूताय स्वाहा।

प्रकाशित मिति May 19, 2019