राई र विश्वकर्मा परिवारमा भयो झ्याँइ–झयाँइ मागी विवाह

धरान , सुनसरी धरानको एक राई परिवारले दलित बुहारीलाई सहर्ष स्वीकार गर्दै झ्याँइ–झ्याँइ मागी विवाह गरेर घर भित्र्याएका छन् । धरान उपमहानगरपालिका–१३ का भीमज्वाला राईको परिवारले धरान १५ बस्ने भाइबुहारी सुष्मा कालिकोटेलाई शनिवार रितपूर्वक झ्याँइ–झ्याँइ मागी विवाह गरि घर भित्र्याएका हुन् ।

भीमज्वालका भाई नवीन राई र दलित समुदायकी सुष्मा कालिकोटे (विश्वकर्मा)ले आफ्नो प्रेमलाई सार्थक बनाउन गन्धर्व विवाह गरेका थिए । उनीहरूको प्रेमबारे जानकारी पाएपछि दाजु भीमज्वालालेले भाईबुहारीलाई सहर्ष स्वीकार गर्दै राई समुदायको साँस्कृतिक चलन अनुसार ‘चोरको शोर’ बुझाएर मागी विवाह गर्ने केटी पक्षसँग अनुमति लिएका थिए ।

त्यसपछि शनिवार दुबै पक्षको सहभागीतामा बेहुला र बेहुलीको विवाह रितपूर्वक झ्याँइ–झ्याँइ सम्पन्न भएको थियो । समाजमा रहेको जातीय छुवाछुतको कुरितीलाई हटाउँन भीमज्वाला राई र उनको परिवारले उदाहरणीय र अनुकरणीय कार्य गरेको धरानका पत्रकार दिनेश गजमेरले बताए ।उनका अनुसार शनिवार भएको बैवाहिक कार्यक्रममा दर्जनौँ दलित र गैरदलित व्यक्तिहरूले अन्र्तजातीय विवाह गर्ने नवीन र सुष्माको जोडीलाई टीका लगाउँदै सफल दामपत्य जीवनको शुभकामना दिएका थिए

सबै सचेतहरूअगाडि नसरेसम्म वषौँदेखि समाजमा जडिएर बसेको जातीय विभेद र छुवाछुत प्रथा अन्त नहुने भएकोले आफूले भाईबुहारीको विवाहलाई सहर्ष स्वीकार गरेको बताए । उनले भने, ‘जातले मान्छे ठूलो र सानो नहुने भन्ने सबै बेकारका कुरा हुन् । यस्ता कुरिती रहेसम्म समाजको विकास हुँदैन ।’भीमज्वाला नेपाल यातायात मजदुर संगठनका केन्द्रीय अध्यक्ष हुन् भने धरानबाट प्रकाशित हुने औजार दैनिकका प्रधान सम्पादक पनि हुन् ।

अझै पनि दलित र गैरदलितहरूबीचको अन्र्तजातीय विवाहलाई बहिष्कार गरिँदै आएको छ ।संविधान र कानूनले जातीय बिभेद र छुवाछुतलाई अपराध घोषणा गरेपनि समाजमा चलिआएको चलन भन्दै जातीय उँच–निचको छुवाछुत कामयै छ । अझै पनि दलित समुदायभित्र पर्ने थरहरूलाई सानो जात भनेर हेप्ने र छोइछिटो हाल्ने चलन कायमै छ ।

Image may contain: 5 people, people sitting

अमला खानुका फाइदाहरु ——-:
————-
– गर्भवती स्त्रीको लागि अमला अति आवश्यक छ । यसले मुहारमा निखार ल्यान मद्धत गर्छ ।
–अमलाको एक दानाले अत्याधिक बल प्रदान गर्न मद्धत गर्छ ।
– यो फलले ब्ल्डप्रेसरलाई सन्तुलजमा राख्न समेत मद्धत गर्छ ।
–यसले टुटेका र फुटेका हड्डीलाई समेत जोड्न मद्धत गर्छ ।
–यो फलले मूत्रथैलीमा पत्थरी हुनबाट समेत जोगाउँछ ।
–यसको रसमा शहद मिलाएर खाएमा मधुमेहका लागि समेत लाभ हुन्छ ।
–बेलुका सुत्ने बेलामा पानीमा अमलाको रस मिलाएर खाएर सुत्दा पेट सफा हुनुका साथै पाचन शक्ति बढ्छ ।
– बिहानै ताजा अमलाको रस लगत्तै दुध पिउँदा स्वास्थ्य राम्रो हुनुका साथै दिनभर निकै फ्रेस होइन्छ । मस्तिष्कको विकास हुन्छ र स्फूर्तिलो समेत बनाउछ ।
–अमलाको रस पिउँदा आखाँको ज्योति बढाउँछ ।
–गर्भअवस्थामा उल्टी भइरहन्छ भने यसको रस पिउँदा फाइदा हुन्छ ।
–अमलाको रसलाई मिलाएर मुहारमा प्रयोग गरे यसले दाग समेत हटाइदिन्छ ।
–गर्मीमा चक्कर लाग्छ र घमौरा आउँछ भने अमलाको सर्वत बनाएर पिउन नभुल्नुस् ।
–स्वर बसेको छ भने पनि यसको निदानका लागि अमलाको रस खाँदा राम्रो हुन्छ ।
–यसले बुढ्यौलीलाई पनि पर सार्न मद्धत गर्दछ

प्रकाशित मिति May 18, 2019