पैसा हराए कमाउन सकिन्छ तर संस्कृति हराए सर्वस्व हराउछ

अर्बिन कौशिक, अस्ट्रेलिया

राजा ठकुरी हुदा बलिया मगरहरुलिएर नेपाल एकीकरण गरेका थिए। राइ, लिम्बु, गुरुङ अनि तामाङ ले गोर्खाली को नाममा नेपाल चिनाए। शेर्पा हरु हिमाल चढी नेपालि शक्ति विश्वशामु देखाए ।क्षत्री सेनापुलिस भएर देशभित्र शान्ती सुरक्षा र धर्मरक्षा गरिरहे। ब्रह्माण्डहरु देशका संस्कृती सम्बर्द्धन गर्न, साहित्य लेख्न र प्रशासन चलाउन व्य्सत भए।

देशको व्यापार व्यबसाय उन्नति गराउन, मौलिक संस्कृति जात्रा, पर्व र विधीको इतिहासदेखि आजसम्म यथावत राख्न नेवारहरु धार्मिक र अर्थिक गतिविधिमा व्यस्त देखिन्थे। देशको कलाकृती वस्तुकला, बाजागाजा, पोशाक को जरैदेखि विकाश गर्न सबैभन्दा बढी सिपले भरिपुर्ण जातिहरु तल्लिन देखिन्थे ।साथसाथै तराइबासी नेपालिहरु सिमाना रक्षा गर्न आफ्नो ज्यानको बाजि लगाउथे ।एउटै धर्मभित्रको छुट्टै संस्कृति भएको उनिहरुले नेपालको सुनमा सुगन्ध बढाउथे।

यतिसम्मकि !!!..देश हिन्दु रास्ट्र हुदा पनि देशको राजधानी मै मस्जिद थियो जुन विश्वभरिमानै एउटा अनौठो थियो आश्चर्य थियो । नकोही मुस्लिमलाइ घृणा गर्थे न उनिहरुलाइ कुनै शंकाले हेरिन्थ्यो । मात्र उनिहरु नेपालि मुस्लिम थिए। अझ राजाबाटै मक्का मदिनामा हज गर्न उनिहरु विशेष बिदाइ पाउथे।देशमा धार्मिक सहिष्णुकको अवस्था थियो । हिन्दु बुद्धिष्ट र किरात नेपाली भुमिको मौलिक धर्म थियो छ र रहिरहनेछ। यी तीन सबै ॐकार परिवारको धर्म हुन ।

शिव र पार्वती जस्लाइ हिन्दुहरु भगवान मान्छन ठिक त्यही भगवानलाइ किरात समुदायमा सुम्निमा र पारोहाङको नामले चिनिन्छ। किरातको बुढासुब्बा र पाथिभरा मा सबै हिन्दु बुदिस्ट जान्छन पुजा गर्छन कस्तो सद्भाव थियो।

पशुपतिनाथमा पनि सबै हिन्दु बुद्धिस्ट र किराँती जान्छन पुजा गर्छन सद्भाव उन्नत अवस्थामा थियो। भगवान बुद्ध जस्लाइ हिन्दुहरु भगवान बिष्णुको सातौ अवतार मान्छन अनि बुद्ध धर्ममान्ने समुदाय वहालाइ भगवान मान्छ्न जुन ठाउँ लुम्बिनी छ जहाँ सबै नेपाली जान्छन र पुजा गर्छन।

यस्तो राम्रो धार्मिक सद्भाव थियो त्यहा। हिन्दु समुदायले गाइलाइ देविको बहान सम्झेर पुजा गर्दा सबै अरु समुदाय पनि सम्मिलित हुन्थे। बिरोध को कुरा भन्ने छदै थिएन अनि तामाङ गुरुङ को संस्कृतिमा सोमरसको प्रयोग हुदा पुजारि ब्राह्मण हरु बिरोध गर्दैनथे नत पन्डितहरु नै बसाइ सर्थे । सबै संगै एउटै ठाउमा मिलेर बसेको होइनर ??

आज के हुदैछ त्यो भोलिको कहालिलाग्दो नेपाल बन्दै छ। जनजाती समुदाय जस्ले सुंगुर बंगुरको मासु प्रयोग गर्छन अनि ब्राह्मण क्षत्री प्रयोग गर्दैनन तरपनी कहिकतै बिरोध थिएन किनकी त्यो आस्थासंग जोडिएको कुरा थिएन । नेपालि मिल्नुमै विश्वास गर्ने जनता हुन।

आज आगन जोडिएका एकअर्को नेपाली भोलि गाइ पुजा गर्ने वा खाने निहुमा बाडिदै छन टाढिदै छन जुनकुरा नेपालिभित्रबाट नभै नेपाली सद्भाव बोथोल्ने बिदेशी दलालहरुवाट उठेको हो। नेपाल अस्थिर भए र इसाइअकरण गर्नसके तिब्बत स्वतन्त्रको नारा लगाउदै चिनको विश्व आधिपत्य ध्वस्त गराउन सजिलो हुने, नेपाली धर्म संस्क्रुती निमिट्यान्न पार्न सजिलो हुने र धार्मिक अतिक्रमण गरि नेपालमा इसाइ राज गराउने।।।

याद गरौ तपाइको पैसा हराएको खण्डमा तपाइको इच्छा चाहान र माग मात्र हराउछ त्यो पैसा आएको खण्डमा फर्काउन मिल्छ। तपाइको घर ध्वस्त भए तपाइको बासस्थान मात्र मेटिन्छ र तपाइ पुन अर्को घर बनाउन सक्नुहुन्छ। तपाइको सम्बन्ध टुटेमा मात्र तनाब आइलाग्छ नया सम्बन्ध जोड्न सक्नुहुन्छ । तपाइको शिक्षा मेटिएमा तपाइको चेतनाको आत्मविश्वास मात्र आत्मविश्वास हराउछ ।

तर यदि तपाइको धर्म संस्कृति हराएमा तपाइ हराउनुहुन्छ तपाइको पहिचान हराउछ तपाइको पुर्खाको ईतिहास हराउछ , सदियौदेखिको परम्परा हराउछ, भाषा भेषभुसा हराउछ, तपाइको बाबुआमाको स्नेह हराउछन, उनिहरुको संस्कार हराउछ, र तपाईं बिल्कुल टाढा बन्नुहुन्छ। जुन बाटो धर्म परिवर्तन को हो त्यो बाटो एकचोटी गएपछी फर्कने सम्भावन समाप्त हुन्छ। होस गरौ । फर्काउन मिल्ने मात्र परिवर्तन गरौ ।

यो पनि पढ्नुस

परापूर्व काल देखी अहिले सम्म शिवलिङ्गलाई किन पुजा आजा गरी मान्छन ? किन के का लागि पुजा गर्छन । अन्य धर्मका मानिसहरु आफ्ना साना—साना बच्चालाई भन्छन् कि हिन्दुहरु लिंगलाई पुजा गर्छन् । सबैलाई संस्कृतको ज्ञान पनि हुँदैंन । आउनुस् यसको अर्थ जान्नुस् र भ्रमबाट बच्नुहोस्ः लिंगको अर्थ संस्कृतमा चिन्ह, प्रतीक हुन्छ ।

शिवलिंगको अर्थ शिवको प्रतीक भन्ने हुन्छ । पुरुष लिंगको अर्थ पुरुषको प्रतीक भन्ने हुन्छ । यसैगरी स्त्रीलिंगको अर्थ स्त्रीको प्रतीक भन्ने हुन्छ । र नपुसंक लिंगको अर्थ नपुसंकको प्रतीक भन्ने हुन्छ ।

आखिर के हो त शिवलिंग ? शुन्य, आकाश, अनन्त, ब्रह्माण्ड र निराकार परमपुरुष भएकाले यसलाई लिंग भनिएको हो । स्कन्दपुराणमा आकाश स्वयंम लिंग हो भनिएको छ । शिवलिंग वातावरणसहित घुमिरहेको धर्ति तथा सारा अनन्त ब्रह्माण्डको अक्ष धुरी नै लिंग हो । शिवलिंगको अर्थ अनन्त हुन्छ । अर्थात यसको कुनै सुरुवात पनि हुन्न र अन्त पनि । शिवलिंगको अर्थ लिंग वा योनी होइन ।

वास्तवममा यस्तो ब्याख्या दिगभ्रमित गर्नका लागि अंग्रेजहरुले गरेका हुन् । हामीलाई नै थाहा छ, एउटा शब्दलाई भिन्न—भिन्न भाषामा अलग—अलग अर्थ निकाल्न सकिन्छ । त्यसैले शिवलिंगको अभिप्राय चिन्ह, निशानी, गुण, ब्यवहार वा प्रतीक हो । धर्ती यसको पिठ्यु र आधार हो ।

त्यसैले अनन्त शुन्यबाट पैदा हुन्छ, त्यसैमा लय हुनाका कारण यसलाई लिंग तथा अन्य विभिन्न नामबाट समेत सम्बोधन गरिएको हो । जस्तोः प्रकाश स्तम्भ/लिंग, अग्नी स्तम्भ/लिंग, उर्जा स्तम्भ/लिंग आदि । ब्रह्माण्डमा दुई चीज छन् उर्जा र पदार्थ । हाम्रो शरीर पदार्थबाट निर्मित हुन्छ भने आत्मा उर्जा हो ।

यसै प्रकारले शिव पदार्थ र शक्ति उर्जाको प्रतीक बनेर शिवलिंगका रुपमा चिनिन्छ । ब्रह्माण्डमा उपस्थित सबै ठोस तथा उर्जा शिवलिंगमा निहित हुन्छ । वास्तवममा शिवलिंग हाम्रो ब्रह्माण्डको आकृति हो ।

किन शिब लिंग काे पूजा गरीन्छ ? शिव शंभु आदि र अंत का देवता हुन वहाकाे न कुनै स्वरूप हुन्छ न आकार वहा निराकार हुनुहुन्छ । आदि, अंत नभएकाे कारण लिंग लाइ शिव का निराकार रूप मानीएकाे हाे तेसैले शिवकाे साकार रूप मानी भगवान शंकर मानेर शिब लिंग रूप काे पूजा गरीयकाे हाे ।

केवल शिव लाइनै निराकार लिंग काे रूप मा पूजा गरीन्छ । लिंग रूप मा समस्त ब्रह्मांड काे पूजा हुन्छ र हिन्दु धर्म अनुसार वहा लाइ समस्त जगत काे मालीक मानीदै अाएकाे छ । यसकारण शिव मूर्ति र लिंग दुबै रूप मा पूजा गरीन्छ । ‘शिव’ का अर्थ हुन्छ– ‘परम कल्याणकारी’ र ‘लिंग’ का अर्थ – ‘सृजन’ पनी हाे ।

वेद मा उल्लेख भएअनुशार वेद र वेदान्त मा लिंग शब्द सूक्ष्म शरीर काे लागी हाे याे सूक्ष्म शरीर १७ तत्वों ले बनेकाे हुन्छ। मन, बुद्धि, पांच ज्ञानेन्द्रिय, पांच कर्मेन्द्रिय, र पांच वायु. वायु पुराण काे अनुसार प्रलयकालमा समस्त सृष्टि जहा लीन हुन्छ र पुन: सृष्टिकाल मा जहाबाट प्रकट हुन्छ तेसैलाइ लिंग भनीन्छ । यस प्रकार विश्व काे संपूर्ण ऊर्जा नै लिंग काे प्रतीक हाे ।

पौराणिक कथा अनुसार जब समुद्र मंथन काे समय सम्पुर्ण देवताहरू अमृत काे आकांक्षी थीए तर मंथनबाटसारा संसार को समाप्त गर्न सक्ने कालकुट विष अायाे र उक्त विष लाइ भगवान शिव ले सहजता पुर्बक अाफ्नाे कण्ठ मा धारण गरेर ‘नीलकण्ठ’ हुनु भयाे र संन्सार लाइ त बचाउनु भयाे तर समुद्र मंथन काे समय निक्लीयकाे उक्त विष ग्रहण गरेकाे कारण भगवान शिव काे शरीरमा दाह बढ्याे र त्याे दाह लाइ सान्त गर्नकाे लागी शिवलिंग मा जल चढ़ाएउने परंपरा प्रारंभ भएकाे हाे र याे आज सम्म पनी चली रहेकाे छ ।

श्री शिवमहापुराण काे सृष्टिखंड अध्याय १२ श्लोक ८२ देखी ८६ मा ब्रह्मा जी काे पुत्र सनत्कुमार जी वेदव्यास जी को उपदेश दिदै भन्नु हुन्छ हर गृहस्थ ले देहधारी सद्गुरू बाट दीक्षा लीएर पंचदेव (श्री गणेश, सूर्य, विष्णु, दुर्गा, शंकर) काे प्रतिमा काे नित्य पूजा गर्नु पर्छ किनकी शिव नै सबकाे मूल हाे, मूल (शिव) को पुजा पाठले सबै देवता प्रसन्न हुन्छन तर अरू देवता हरू प्रशन्न गरे पनी प्रभु शिव भने तृप्ति हुदैन ।

यसकारण श्री शिवमहापुराण सृष्टिखंड अनुसार सृष्टि काे पालनकर्ता विष्णु ले एक पटक, सृष्टि काे रचयिता ब्रह्मा काे साथ निर्गुण-निराकार-अजन्मा ब्रह्म(शिव) काे प्रार्थना गर्नु भयाे ‘भाेलेनाथ हजुर कसाेगरी प्रशन्न हुनुहुन्छ’ प्रभु शिव ले भन्नुभयाे, ‘यदि मलाइ प्रसन्न गर्ने हाे भने शिवलिंग का पूजा गर्नु । जब जब कुनै प्रकार काे संकट या दु:ख हुन्छ शिवलिंगमा पूजा गर्नाले समस्त दु:ख काे नाश हुन्छ ।

प्रकाशित मिति May 17, 2019