रायो चौडा पातको नाम ले प्रख्यात मुस्ताङको रायो साग बिक्रि पनि कोसेली पनि

मुस्ताङ,। समुद्री सतहदेखी करिब ४ हजार मिटर उचारसम्म पनि प्रशस्त मात्रामा पाइने रायोको सागको अहिले जताततै माग बढ्न थालेको छ । हिमाली जिल्ला मुस्ताङमा पाइने रायो सागलाइ अहिले जिल्ला बाहिर बढी मात्रामा रुचाउन थालेको हो ।

रायो चौडा पातको नामले प्रख्यात छ । रायो साग उत्पादन गर्न मुस्ताङका कृषकहरुलाई अहिले भ्याइनभ्याइ छ । बिगत लामो समयदेखि उत्पादन गर्दै आएको भएपनी रायो साग जिल्लाभित्र मात्रै सिमीत रहेको थियो । अहिले मोटर बाटोको सहजता र सञ्चार माध्यमको कारण गर्दा पनि रायो सागलाइ एकदमै रुचाउन थालिएको छ । पहिलापहिला सिमीत खेतबारीमा लगाउने साग अहिले हिउँदे बालिको रुपमा विकास गर्दै लैजान थालेको छ ।

जिल्लामा उत्पादन हुने रायो साग बेनी, बागलुङ, कुश्मा, पोखरा बुटवल, भैरहवा, काठमाडौ लगायतका प्रमुख सहरहरूमा बिक्रि हुने कृषकहरु बताउँछन् । घरपझोङ गाउँपालिका – १ छैरो गाउँका स्थानीय कृषक सिंहराज लामाका अनुसार रायो साग देशका विभिन्न सहरहरूमा बिक्रि हुने गरेको छ । स्थानीय कृषकहरुले उत्पादन गरेको साग खरिद गरी बिक्रि गर्न त्यती सजिलो नभएको लामाले बताए। उनले भने,”सरकारी दर ३० रुपैयाँको दरले खरिद गरी ५० देखि ६० रुपैयाँसम्म बिक्रि हुने भए पनि चाँडै ओइलिने सस्याले गर्दा ब्यापार घाटामा पर्ने गरेको छ । ”

आफूले खरिद गर्दाको तौल सम्बन्धित ठाउँमा पुग्दा घट्ने सम्भावना प्रबल भएको उनी बताउँछन् । यद्यपि मुस्ताङको रायो चौडा पात भनेपछि किन्नेहरुको तछाडमछाड हुने उनले बताए । उनले भने, ”प्रयाप्त मात्रामा उत्पादन नहुने भएकोले आवश्यकता भन्दा बढी खरिद गर्न सकिदैन ।” साग त देशभर पाइन्छ तर मुस्ताङको साग भनेर बिक्रि गर्न सजिलो हुने गरेको उनको अनुभव छ । उनी बिगत लामो समयदेखि मुस्ताङको साग मात्र नभै अन्य फलफुलहरु पनि बिक्रि गर्दै आएका छन् ।

हिमाली जिल्ला भएता पनि साग लगायत अन्य धेरै थरिका तरकारीहरु मुस्ताङमा सहजै उत्पादन हुने गरेको छ । मौसम परिवर्तनको आंशिक प्रभाव देखिएको मुस्ताङमा अहिले देशका अन्य जिल्लाहरुमा उत्पादन हुने तरकारी समेत उत्पादन हुन्छ । खासगरी यी तरकारी बालिलाइ भित्री बालिको रुपमा लगाउने यहाँको प्रचलन रहेको घरपझोङ गापा वडा नं -२ का अगुवा कृषक तथा समाजेवी सुरेन्द्र हिराचनले बताए ।

बर्सौदेखि व्यवसायीक फलफूल तथा तरकारी कृषि खेती गर्दै आएका हिराचनले साग लगायतका अन्य बालिलाइ भित्री बालिको रूपमा लगाउदै आएको पाइन्छ । जसमध्ये उनले लगाएका तरकारी बालिमा काउली, बन्दा, गोलभेडा, ब्रो काउली, रायो चौडापात, गाजर, मुला, भेन्टे खुर्सानी, काक्रो, जुगुनी, लसुन र आलु मुख्य रहेको उनले बताए , उनले भने,”हामीले मुस्ताङको बढ्दो सवारी चाप र पर्यटकको आवागमनलाई मध्यनजर गरी यहाँ उत्पादन हुने तरकारीलाई जिल्लामै बिक्रि गर्ने ब्यबस्था मिलाउदै आएका छौं । र जिल्ला बाहिर समेत यहाँ उत्पादित तरकारी लगायत अन्य उब्जनीलाई बिक्रि गर्ने गरेका छौं । ”

उनल लगाएको रायो चौडापात सबैभन्दा बढी बेनी, बागलुङ, कुश्मा र पोखरामा बिक्रि हुने गरेको उनले बताए । साथै कोसेलीको रूपमा पनि यसलाई प्रयोग गर्न मिल्ने भएकोले आफन्त, साथिभार्इ र इष्ट मित्रहरुलाइ समेत सहजै लैजान सकिन्छ, उनले भने, ”यति मात्र होइन मुस्ताङमा उत्पादन हुने धेरै जसो चिजबिज कोसेलीको रूपमा पनि प्रयोग हुँदै आएको छ ।” खासगरी मुस्ताङको बिच भागमा उत्पादन भएका प्रायः सबै फलफूल तथा तरकारीहरुलाइ देश विदेशका सबैले रुचाउने गरेको समेत हिराचनले बताए ।

रायो चौडा पातलाइ वर्षमा दुई पटकसम्म प्रयोगमा ल्याउन सकिन्छ । मुस्ताङमा उत्पादित रायो चौडा पात अहिले बारीबाटै बिक्रि हुने गरेको सितोस्ण बागबानी विकास केन्द्रले जनाको छ । असार र श्रावणमा लगाएको सागलाइ मंसिर, पुसमा एकपटक प्रयोगमा ल्याउन सकिन्छ । यसैगरी त्यही बोटको सागलाइ पुनः चैत्र बैशाखमा प्रयोगमा ल्याउन सकिन्छ ।

बागबानी बिकास अधिकृत भिमनाथ घिमिरेका अनुसार मंसिर, पुसको साग खान मिठो र स्वादिलो हुने उनले बताए, उनले भने, ”मंसिरमा टिपेर बाकी रहेको ठेट्नाबाट पुनः साग पलाउछ । त्यही सागलाइ अहिले हामीले प्रयोगमा ल्याएका छौं । ”

मुस्ताङ जिल्लाबाट अनुमानित १० हजार केजी भन्दा बढी हरियो रायो चौडा पात बिक्रि हुने गरेको घिमिरेले बताए, उनले भने,” यत्ति नै बिक्रि हुन्छ भन्ने ठेट तथ्यांक नभएपनी अन्दाजी १०र११ हजार केजी भन्दा बढी साग बिक्रि हुँदैन ।” अहिलेको सागमा मिठास भने कमै मात्रामा हुन्छ । यद्यपि नयाँ बेर्ना लगाएको हो भने त्यस्तो नराम्रोे चाही हुँदैन ।

घिमिरेका अनुसार अब बाँकी रहेको सागलाइ बिउ उत्पादनका लागि राखिने छ । उनले भने, ”अब बिउ उत्पादनका लागी तयारी अवस्थामा राखिने रायो चौडा पात सँगसँगै अन्य गाजर, मुला, लगायतका तरकारीको पनि बिउ उत्पादनका लागी राखिन्छ ।” एक सिजनमा मात्रै करिब ३ सय केजी बिउ उत्पादन हुने उनले बताए ।

उत्पादित बिउ देशका विभिन्ना स्थनहरुमा बिक्री बितरण हुन्छ, उनका अनुसार सबैभन्दा बढी खपत मुस्तङमै हुन्छ । जिल्लाका करिब ५ ओटा स्थानीय तहमा उत्पादित बिउबिजन बेर्नाको रुपमा पनि उत्पादन गरी बिक्रि हुने उनले बताए।

खासगरी मुस्ताङको बिच भागमा उत्पादन भएका प्रा यः सबै फलफूल तथा तरकारी हरुलाइ देश विदेशका सबैले रुचाउने गरेको समेत हिराचनले बताए । रायो चौडा पातलाइ वर्षमा दुई पटक सम्म प्रयोगमा ल्याउन सकिन्छ । मुस्ताङमा उत्पादित रायो चौडा पात अहिले बारीबाटै बिक्रि हुने गरेको सितोस्ण बागबानी विकास केन्द्रले जनाको छ ।असार र श्रावणमा लगाएको सागलाइ मंसिर, पुसमा एकपटक प्रयोगमा ल्या उन सकिन्छ ।

यसैगरी त्यही बोटको सागलाइ पुनः चैत्र बैशाखमा प्रयोगमा ल्याउन सकिन्छ ।बागबानी बिकास अधिकृत भिमनाथ घिमिरेका अनुसार मंसिर, पुसको साग खान मिठो र स्वादिलो हुने उनले बताए उनले भने, ”मंसिरमा टिपेर बाकी रहेको ठेट्ना बाट पुनः साग पलाउ छ । त्यही सागलाइ अहिले हामीले प्रयोगमा ल्याएका छौं । ” मुस्ताङ जिल्लाबाट अनुमानित १० हजार केजी भन्दा बढी हरियो रायो चौडा पात बिक्रि हुने गरेको घिमिरेले बताए,

उनले भने,” यत्ति नै बिक्रि हुन्छ भन्ने ठेट तथ्यांक नभएपनी अन्दाजी १०र११ हजार केजी भन्दा बढी साग बिक्रि हुँदैन ।” अहिलेको सागमा मिठास भने कमै मात्रामा हुन्छ । यद्यपि नयाँ बेर्ना लगाएको हो भने त्यस्तो नराम्रोे चाही हुँदैन ।घिमिरेका अनुसार अब बाँकी रहेको सागलाइ बिउ उत्पादनका लागि राखिने छ । उनले भने, ”अब बिउ उत्पादनका लागी तयारी अवस्थामा राखिने रायो चौडा पात सँगसँगै अन्य गाजर, मुला, लगायतका तरकारीको पनि बिउ उत्पादनका लागी राखिन्छ ।”

प्रकाशित मिति May 8, 2019