गण्डकी प्रदेशका ११० गन्तव्य सार्वजनिक

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले गण्डकी प्रदेशका ११० प्रमुख पर्यटकीय गन्तव्य सार्वजनिक गरेको छ । मन्त्रालयले ११ जिल्लाका ११० पर्यटकीय गन्तव्यलाई पुस्तकमार्फत बुधबार सर्वजनिक गरेको हो । मन्त्रालयले यी गन्तव्यलाई प्राकृतिक, ऐतिहासिक र धार्मिक हिसाबले महत्वपूर्ण मानेको छ ।

यी हुन् प्रमुख पर्यटकीय गन्तव्य
मुस्ताङः लोमान्थाङ, मुक्तिनाथ मन्दिर, लो–घेकर गुम्बा, धौलागिरि आइसफल, कागवेनी, दामोदर कुण्ड, जोमसोम गाउँ, कुछप तेरेंगा गुम्बा, टिटी ताल, लियोपाड केभ ।
म्याग्दीः गलेश्वरधाम, धवलागिरि बेसक्याम्प/हिमाल, धवलागिरि आइसफल, पुनहिल/घोरेपानी, मालिका धुरी, पुला ढोलठाना/टोड्के धुरी, रुप्से छहरा/अन्ध गल्छी, तातोपानी कुण्ड, खोप्रा लेक र पुलस्त्याश्रम/ जगन्नाथ मन्दिर ।

बाग्लुङः पञ्चकोट/शालिग्राम संग्रहालय तथा रंगबैंकटेस मन्दिर, ढोरपाटन, बाग्लुङ कालिका भगवती मन्दिर, जैमिनी धाम/गाईथुने/माईस्थान तथा हाँडिकोट, रुद्र ताल, भैरवस्थान मन्दिर तथा भकुण्डे, घुम्टे धुरी क्षेत्र, विहुँकोट शिवालय शिवधुरी भुलेनी क्षेत्र, सत्यवती मन्दिर र गाईघाट झरना ।
पर्वतः भमरकोट माटे/जलजला, पञ्चासे पञ्चधाम धार्मिक क्षेत्र, डहरे नीलकण्ठ पर्वत/प्राकृतिक टावर, चिसापानी कालिका र सूर्यास्तको दृश्य, महाशिला, सेतीवेणी शालिग्राम शिला, कुस्मा मोदीवेणी क्षेत्र, पैयुँकोट मन्दिर, बन्जिजम्प स्काई साइकलिङ र साहसिस पिङ, महभिर छहरा आरोहण क्यानेनिङ ।

गोरखाः गोरखा दरबार, मनकामना मन्दिर÷ केबलकार, छेकम्पार, बारपाक÷लारपाक, लार्केपास, श्रीनाथकोट मण्डली, गोरखा कालिका/गोरखनाथ गुफा, लिगलिगकोट, मनास्लु हिमाल/संरक्षण क्षेत्र ।
तनहुँः बन्दीपुर, व्यास पर्यटन क्षेत्र, मिलुङकोट, देवघाटधााम, ढोरवराही, छाब्दीवराही, छिम्केश्वरी, भानुभक्त जन्मस्थान÷ घाँसी कुवा, ढोरवराही मन्दिर, आदिमूल बराही, तनहुँसुर ।

स्याङ्जाः सिरुबारी, साल्मेडाँडार नुवाकोट काला भैरव मन्दिर, सतौ चण्डी मन्दिर, आलम देवी मन्दिर, छायाक्षेत्र मन्दिर, राम्दीधाम, कालीगण्डकी उच्चबाँध, स्वरेक मैदान स्वरेक कोट र गुफा, अनधा अन्धी, गह्रौकालिका ।
कास्कीः फेवाताल/तालवराही मन्दिर, विश्वशान्ति स्तुपा, पातले छाँगो, गुफाहरू (गुप्तेश्वर, चमेरे, महेन्द्र, इन्द्र, शान्ति), विन्ध्यबासिनी मन्दिर, अन्नपूर्ण बेसक्याम्प, सराङ्कोट, बेगनासताल, रूपा तथा अन्य तालहरू, काहुँडाँडा, कोटहरू (रूपा, पुम्दी, कास्की, स्यालुङ र ठूला) ।
लमजुङः लमजुङ दरबार/गाउँसहर, घले गाउँ, घनपोखरा, राइनासकोट, इलमपोखरी, सिउरुङ, भुजुङ, करापुटार÷इशानेश्वर महादेव, काउलेपानी, दूधपोखरी ।

मनाङः तिब्बती खम्पाको बंकर, गंगापूर्ण ताल, छो कर्णताल, कांगला पास पदयात्रा, पंकर ताल, डोना ताल, तिलिचो, थोन्चे लार्के पदयात्रा, अन्नपूर्ण, थोरंगलापास ।
नवलपुरः मौलाकालिका मन्दिर, कैलाश सन्यास आश्रम, शाश्वतधाम, कामधेनु क्षेत्र, अकलादेवी मन्दिर, गजेन्द्र मोक्ष धाम, देवचुली तथा बरचुली डाँडा, दाउन्ने देवी मन्दिर, मध्यबिन्दु, ल्होसो धारा बाबाधाम मन्दिर ।

पुदिना खानुका फाइदा:
—————————-

पुदिनाको अचार सबैलाई मन पर्छ । अझ यो गर्मी मौसममा खानाको स्वाद बढाउन पुदिनाको उपयोग धेरैले गर्छन् । तर पुदिना केवल स्वादिलो मात्र होइन निकै गुनिलो पनि हुन्छ । पुदिनामा औषधीय गुण पाइन्छ र यसको नियमित सेवनले विभिन्न खालका स्वास्थ्य समस्याको समाधानमा सघाउ पुग्छ ।
सहरतिर घरको छतमा, बरण्डामा, गमलामा समेत हर्ुकाउन सकिने पुदिनामा गर्मी खप्ने क्षमता हुन्छ । त्यसैले सहरतिर कोठा भाडामा लिएर बस्नेहरुले समेत बरण्डामा गमलामा पुदिना हुर्काएर अचारको गर्जो टार्ने मात्र होइन स्वस्थ बन्न सक्छन् । पुदिनाको सेवन मात्र होइन यसका पातको लेपन बनाएर लगाउँदा विभिन्न खाले छालाका समस्या पनि कम हुन्छन् । पुदिनाका गुण निम्न छन्

अनुहारमा डण्डिफोर वा अरु प्रकारका खटिरा आएर हैरान हुनुभएको छ भने पुदिनाको पात मज्जाले पिँधेर कागतीको रसमा मिलाउनुहोस् अनि त्यसलाई अनुहारमा दलेर केहीबेर सुक्न दिनुहोस् । त्यसपछि चिसो पानीले पखाल्नुहोस् । केही दिन त्यसो गर्दा अनुहारका डण्डिफोर हट्नेछन् ।

निकै बाडुल्की लाग्ने वा हिक्का आउने समस्या छ – यदि त्यसो हो भनि पुदिनाको एक चम्चा रस एक गिलास मनतातो पानीमा मिसाएर पिउनुहोस् ।

सास गन्हाउने समस्या छ भने एक चम्चा पुदिनाको रस र एक चम्चा गाजरको रस मिलाएर नियमित खाने गर्नुहोस् ।

एक अध्ययन अनुसार पुदिना क्यान्सर रोगीका लागि पनि लाभदायक छ ।

ज्वरो आएका बेला पुदिनाको रस महमा मिलाएर खाँदा ज्वरो कम हुन्छ ।

अपच भएर पेट दुखेको छ भने पदिनाको रसमा अदुवाको रस र बिरे नूनको धूलो मिलाएर खानुहोस् ।

पिनासका बिरामीलाई पनि पुदिनाको रस लाभदायक हुने बताइन्छ । प्याज र पुदिनाको रस मिलाएर नाकमा नियमित हाल्ने गर्नाले पिनास कम हुन्छ ।

सलादमा दिनहुँ पुदिना चपाएर खानाले दाँत सड्ने, गिँजा सुन्निने जस्ता समस्या दूर हुन्छन् । पुदिनाको पात पानीमा उमालेर चिसो बनाएपछि उक्त पानी पिउने गर्नाले मुखको दर्ुगन्ध हट्छ ।

खोकी लागेको बेला पुदिनाको रसमा नुन मिलाएर तातो पानीमा मिसाएर पिउनपर्छ ।

झाडापखाला लागेको बेला पुदिना, प्याजको रस तथा कागतीको रसको समान मात्रा मिलाएर खाँदा फाइदा हुन्छ ।

न्यूमोनियाका बिरामीलाई पनि पुदिनाको रस र मह मिलाएर खाँदा फाइदा हुन्छ ।

प्रकाशित मिति May 16, 2019