डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया लान्छु म अष्ट्रेलिया पीआर होल्डर हुँ भन्दै लाखौं ठग्ने युवती पक्राउ

काठमाडौं । डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया लैजान्छु भन्दै लाखौं ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा अष्ट्रेलियाको पीआर होल्डर हुँ भन्ने नयाँ बानेश्वरकी २३ वर्षीया रेजिना अधिकारी र सिन्धुलीका गणेश भनिने अरविन स्याङ्वो छन् ।

महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीले उनीहरुलाई पक्राउ गरेको एसएसपी सहकुलबहादुर थापाले बताए । उनका अनुसार स्याङ्वो एसियन इन्टरनेश्नल कन्सल्टेन्सीका एकडेमिक डाइरेक्टर हुन् ।

थापाका अनुसार अधिकारीले माकलवारीका अमित श्रेष्ठसँग कोर्ट म्यारिज गरेर अष्ट्रेलिया लैजाने प्रलोभन देखाएकी थिइन् । तर, ४ लाख ५० हजार रुपैयाँ लिएपछि उनी सम्पर्कविहीन भएको प्रहरीमा उजुरी परेको छ ।

विस्तृत अनुसन्धानका क्रममा उनलाई कन्सल्टेन्सी सञ्चालक स्याङ्वोले प्रयोग गरेको खुलेको थियो । यसअघि उनीहरुबाट चाँगुनारायणका सागर धमला समेत ठगिएका थिए । प्रहरीका अनुसार धमलाको १३ लाख ४७ हजार रुपैयाँ ठगी भएको थियो ।

पक्राउ परेका दुवै जनाविरुद्ध ठगी मद्दामा म्याद थप गरेर विस्तृत अनुसन्धान भइरहेको महाशाखाका प्रवक्ता एसपी केदार ढकाल बताउँछन् । ढकालले सोही प्रकृतिको घटना पुनः दोहोरिन सक्ने सम्भावना रहेकाले समयमै सजग हुन सर्वसाधारणलाई आग्रह गरेका छन् ।

ग्यास्ट्रिक,फोक्सोसंग सम्बन्धित रोग छ भने खानुहोस अमला

त्रिफलाको ३ औषधिमध्ये एक अमला गुणी जडिबुटीमा पर्छ । अमला भिटामिनको राम्रो स्रोत भएकै कारण अमलालाई हिन्दु धर्ममा पनि पुजनीय फलको रुपमा राखिन्छ । भनिन्छ ३ वटा सुन्तलामा भन्दा १ वटा अमलामा धेरै भिटामिन हुन्छ र अमलाको रुखको फेदमा छायाँमा बसेर खानाले मात्रै पनि अनेक रोगहरु निको हुन्छ । अमलामा विभिन्न रोगहरु निको पर्ने क्षमता हुन्छ । अमलाले युवाहरुमा यौबन शक्ति प्रदान गर्नुका साथै बृद्धहरुमा युवाअवस्थामा जस्तै जोस जाँगर प्रदान गर्छ । तर अमलालाई दिनहुँ सेवन गर्नु भने पर्छ । यसलाई सुख्खा चुर्णको रुपमा अन्य औषधिको रुपमा, अचारको रुपमा वा अन्य कुनै रुपमा प्रयोग गर्न सकिन्छ ।
– प्रत्येक दिन एउटा अमला खानाले पेट सफा रहिरहन्छ र
कब्जियत लगायत पेटमा देखा पर्ने समस्याहरु हुन पाउदैन साथै ग्यास्ट्रिक पनि केहि हदसम्म कन्ट्रोल हुन्छ ।

– अमलाको सेवन दैनिक गर्नाले शरीरको रोग प्रतिरोधक क्षमता मजबुत हुन्छ ।
किड्नी संग सम्बन्धित रोगहरु लाग्दैनन ।
अमलाको जुस बनाएर खानाले पनि रगत सफा हुन्छ र शरीर स्वस्थ रहन्छ। दैनिक एउटा अमला खानाले फोक्सोसंग सम्बन्धित रोगहरु लाग्न पाउदैनन।

– अमला शरीरको त्वचा र कपालको लागि फाइदाजनक हुन्छ। अमलाको दैनिक सेवनले त्वचा लामो समयसम्म जवान हुनुका साथै कपाल पनि फुल्नबाट जोगिन्छ।

– दैनिक अमलाको जुस अथवा जाम खाएर दुध पिउने गर्नाले शरीरमा कुनै पनि रोगले आक्रमण गर्न सक्दैन ।
अमलाले आँखाको रोशनी अझ बढी शक्तिशाली बनाउँछ ।

– दैनिक अमला सेवन गर्दा पत्थरी हुनबाट जोगिन्छ ।

प्रकाशित मिति May 16, 2019