सार्वजनिक कार्यक्रममा ‘श्रीमान् गम्भीर नेपाली’ बजाएपछि दुइ युवक पक्राउ

सार्वजनिक कार्यक्रममा पुरानो राष्ट्रिय गान ‘श्रीमान् गम्भीर नेपाली’ बजाएको आरोपमा बुटवलबाट प्रहरीले दुइ युवकलाई नियन्त्रणमा लिएको छ ।
शाही युवा शक्ति नेपालका पश्चिमाञ्चल क्षेत्रीय अध्यक्ष प्रितम केसी र रुपन्देहीका अध्यक्ष महेन्द्र विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको हो ।

२८ वैशाखमा बुटवलको ट्राफिकचोकमा आयोजित भेलाको सुरुमा ‘श्रीमान गम्भीर नेपाली‘ बजाइएको थियो । त्यसको भोलिपल्ट पक्राउ परेका उनीहरुलाई अभद्र व्यवहारको मुद्धा चलाइएको छ।

प्रहरी नियन्त्रणमा रहका प्रितमले हिरासतमै अनसन शुरु गरेका छन् । केसीको जीवन रक्षा गर्न र उनीसँगै पक्राउ परेका विश्वकर्मालाई रिहा गर्न उनका परिवारजन र शाही युवा शक्ति नेपालले माग गरेको छ । शाही युवा शक्ति नेपालले भने दुबैलाई २४ घण्टाभित्र रिहा नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ ।गैरकानूनी रुपमा हिरासतमा लिएको भन्दै परेको बन्दी प्रत्यक्षीकरण रिटमासर्वोच्च अदालतले भने दुबैलाई अदालतमा उपस्थित गराउन आदेश दिइसकेको छ ।

बिहान उठ्ने वित्तिकै दिनहुँ मेथी भिजाएको पानी खानुहोस्, आफै देख्नुहुनेछ चमत्कार

के तपाईले कहिल्यै मेथीको पानीको बारेमा सुन्नुभएको छ ? यदी सुन्नुभएको छैन भने थाहापाइ राख्नुहोस सधैं बिहान मेथीको पानी पिउनाले हुन सक्छ अमुल्य लाभ। थाहा पाउनुहोस मेथीपानी खानुका फाइदा:

कोलेस्ट्रोल कम गर्नु छ र क्यान्सर जस्तो बिरामीबाट सुरक्षित हुनको लागि पनि मेथीपानी एक सरल र प्रभावकारी औषधी हो । यतीमात्रै होइन यसले तपाईको कपाल र अनुहारको लागि पनि धेरै फाइदा गर्छ ।

जोर्नीको दुखाईको लागि पनि मेथीपानी एक अचुक उपचार हो । सामान्यतया दुखाईबाट राहत पाउनको लागि मेथी सेवन गरिन्छ र चिसोमा मेथीको लड्डु बनाएर पनि सेवन गरिन्छ ।

उच्च रक्तचापको समस्या छ भने पनि मेथीपानी तपाईको लागि धेरै नै उपयोगी हुन्छ । यसले रक्तचाप नियन्त्रण गर्छ र यस सम्बन्धी अन्य समस्याहरुको पनि समाधान गर्छ ।

एक गिलास पानीमा एक चम्चा मेथीदाना रातभर भिजाएर राख्नुहोस र विहान उठ्नासाथ खाली पेटमा पिउनुहोस । नियमित यस्तो गर्नाले तपाईको तौल कम हुन्छ र तपाई स्लिम र आकर्षक शरिर बनाउन सक्नुहुनेछ ।

सुगरका बिरामीलाई यो तरिका धेरै प्रभावकारी हुन्छ । सधैं मेथीपानी सेवन गर्नाले सुगरको समस्या छिटै समाधान हुन्छ र रगतमा सुगरको लेभल घट्छ।

प्रकाशित मिति May 16, 2019