भारतीय जड्याहाहरूले कुटपिट गर्दा होटेल सञ्चालकको हात भाचियो

सुनसरी भण्टावारी/ बिहार राज्य सरकारले मदिरा बिक्रीवितरण तथा सेवनमा रोक लगाएपछि सुनसरी मदिरा पिउने अखडा बन्दै आएको छ ।

बिहार सरकारले तीन वर्षअघि नै मदिरा बिक्री वितरण र सेवनामा रोक लगाएपछि त्यहाँका मदिरा सेवनकर्ताको गन्तव्य सीमावर्ती जिल्ला सुनसरी बनेको छ । भारतीयहरू मदिरा सेवन गर्न आउने क्रम बढेपछि सीमा क्षेत्रमा साना तथा ठूला होटलहरू खुल्ने क्रम बढेको छ ।

सुनसरीको कोशी ब्यारेज, भण्टावारी, कोशी कटान, लौकहीसहित सीमावर्ती गाउँहरूमा दर्जन बढी पसल खुलेका हुन् । भारतीयलाई लक्षित गरेर खोलिएका यस्ता पसलका कारण असुरक्षा बढेको गुनासोसमेत बढ्न थालेको छ । मदिरा सेवनपछि पैसा बढी भयो भन्दै झगडा गर्ने, हातपात गर्ने र शान्ति सुरक्षा खल्बलिने गरी होहल्ला गर्ने होटेल सञ्चालक भगत यादव आफै बताउँछन् । यादवले भने, ‘आम्दानी बढेको छ तर सुरक्षित हुने स्थिति छैन ।’

समूह बनाएर आउने र राति अबेरसम्म बस्दा विभिन्न खाल्का समस्या निम्तिन थालेको उनको भनाइ छ । प्रहरीले दिएको समयसीमा भित्रै होटल बन्द गर्नुपर्ने बाध्यताका कारण ग्राहकले त्यो नबुझ्दा प्रहरी बोलाउनुपर्ने बाध्यता भएको उनको भनाइ छ । मदिरा सेवन गर्न आउनेहरूमध्ये केहीले बोकेर साथमा लैजाने गरेको कोशी ब्यारेजका होटेल सञ्चालक रामबाबु कुमार बताउँछन् ।

मदिरा सेवनकै क्रममा डेढ वर्ष अगाडि भण्टाबारीमा भारतीय जड्याहाहरूले कुटपिट गर्दा स्थानीय होटेल सञ्चालक मनोज गुप्ताको हात भाँचिएको थियो । लोकसभा निर्वाचनको लागि केही समयसम्म भारतीय एसएसबीले नेपाल–भारत सीमावर्ती क्षेत्रमा चेकजाँच गरेपछि मदिरा सेवनकर्ताको सङ्ख्यामा कमी आएको थियो । अहिले फेरि सेवनकर्ताको सङ्ख्या बढेको होटल सञ्चालक बताउँछन् । आजको ब्लास्ट खबर बाट

पुदिना खानुका फाइदा:
—————————-

पुदिनाको अचार सबैलाई मन पर्छ । अझ यो गर्मी मौसममा खानाको स्वाद बढाउन पुदिनाको उपयोग धेरैले गर्छन् । तर पुदिना केवल स्वादिलो मात्र होइन निकै गुनिलो पनि हुन्छ । पुदिनामा औषधीय गुण पाइन्छ र यसको नियमित सेवनले विभिन्न खालका स्वास्थ्य समस्याको समाधानमा सघाउ पुग्छ ।
सहरतिर घरको छतमा, बरण्डामा, गमलामा समेत हर्ुकाउन सकिने पुदिनामा गर्मी खप्ने क्षमता हुन्छ । त्यसैले सहरतिर कोठा भाडामा लिएर बस्नेहरुले समेत बरण्डामा गमलामा पुदिना हुर्काएर अचारको गर्जो टार्ने मात्र होइन स्वस्थ बन्न सक्छन् । पुदिनाको सेवन मात्र होइन यसका पातको लेपन बनाएर लगाउँदा विभिन्न खाले छालाका समस्या पनि कम हुन्छन् । पुदिनाका गुण निम्न छन्

अनुहारमा डण्डिफोर वा अरु प्रकारका खटिरा आएर हैरान हुनुभएको छ भने पुदिनाको पात मज्जाले पिँधेर कागतीको रसमा मिलाउनुहोस् अनि त्यसलाई अनुहारमा दलेर केहीबेर सुक्न दिनुहोस् । त्यसपछि चिसो पानीले पखाल्नुहोस् । केही दिन त्यसो गर्दा अनुहारका डण्डिफोर हट्नेछन् ।

निकै बाडुल्की लाग्ने वा हिक्का आउने समस्या छ – यदि त्यसो हो भनि पुदिनाको एक चम्चा रस एक गिलास मनतातो पानीमा मिसाएर पिउनुहोस् ।

सास गन्हाउने समस्या छ भने एक चम्चा पुदिनाको रस र एक चम्चा गाजरको रस मिलाएर नियमित खाने गर्नुहोस् ।

एक अध्ययन अनुसार पुदिना क्यान्सर रोगीका लागि पनि लाभदायक छ ।

ज्वरो आएका बेला पुदिनाको रस महमा मिलाएर खाँदा ज्वरो कम हुन्छ ।

अपच भएर पेट दुखेको छ भने पदिनाको रसमा अदुवाको रस र बिरे नूनको धूलो मिलाएर खानुहोस् ।

पिनासका बिरामीलाई पनि पुदिनाको रस लाभदायक हुने बताइन्छ । प्याज र पुदिनाको रस मिलाएर नाकमा नियमित हाल्ने गर्नाले पिनास कम हुन्छ ।

सलादमा दिनहुँ पुदिना चपाएर खानाले दाँत सड्ने, गिँजा सुन्निने जस्ता समस्या दूर हुन्छन् । पुदिनाको पात पानीमा उमालेर चिसो बनाएपछि उक्त पानी पिउने गर्नाले मुखको दर्ुगन्ध हट्छ ।

खोकी लागेको बेला पुदिनाको रसमा नुन मिलाएर तातो पानीमा मिसाएर पिउनपर्छ ।

झाडापखाला लागेको बेला पुदिना, प्याजको रस तथा कागतीको रसको समान मात्रा मिलाएर खाँदा फाइदा हुन्छ ।

न्यूमोनियाका बिरामीलाई पनि पुदिनाको रस र मह मिलाएर खाँदा फाइदा हुन्छ ।

प्रकाशित मिति May 15, 2019