पैदलयात्रीको मृत्यु ,प्रहरी चाैकी अगाडी नै दुर्घटना हुदाँ पनि प्रहरीले सूइ काेसम्म पाएन ।CC Tv मा जे देखियो…!

धरान । अस्थायी प्रहरी चौकी बरगाछीको कार्यालय अगाडी मोटरसाइकले ठक्कर दिदा पैदलयात्रीको मृत्यु भएको छ । सोमबार साँझ ०८ः३० बजेको समयमा दक्षिण तर्फबाट आउदै गरेको मोटरसाइकलले ठक्कर दिदा धरान–१५ मा बस्ने राजु चाम्लिङ राईको उपचारको क्रममा मृत्यु भएको हो ।[]

भिडियो हेर्नुहोस[][]

[][]

ज्याला मजदुरी गरेर डेरा तर्फ फर्कदै गर्दा अरुण पेट्रोल पम्प मुनी अस्थायी प्रहरी चौकी बरगाछी अगाडी राईलाई मोटरसाइकलले ठक्कर दिएको थियो ।

प्रहरी चाैकी अगाडी नै दुर्घटना हुदाँ पनि प्रहरीले सूइकाेसम्म पाएन । मोटरसाइकलको ठक्करबाट गम्भिर घाइते भएका उनलाई उपचारकोलागी विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याए पनि उपचार सम्भव नभएपछि थप उपचारकोलागी बिराटनगर लगिएको थियो ।
उनको शव अहिले विपि प्रतिष्ठान धरानको शवगृहमा राखिएको छ । ठक्कर दिने मोटरसाइकलको अहिलेसम्म पहिचान हुन सकेको छैन । मोटरसाइकलले ठक्कर दिएको भिडियो सिसि क्यामेरामा कैद भएको छ ।

ठक्कर दिएर भागेका मोटरसाइकल चालकको अहिलेसम्म पहिचान खुल्न सकेको छैन । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतका अनुसार मोटरसाइकलको खोजी कार्य भइरहेको छ ।

उदयपुर गाइघाट घर भएका उनी ज्याला मजदुरी गर्दै धरान–१५ मा डेरा गरेर बस्दै आएका थिए । उनको परिवारमा श्रीमती, एक छोरी र दुई छोरा रहेका छन् ।

ज्याला मजदुरी गरेर परिवार पाल्दै आएका राईको निधन भएपछि परिवार बिचल्लीमा परेको छ । मृतक राईका मामा विश्व राईका अनुसार ज्याला मजदुरी गरेर छोराछोरी लालान पालन गर्दै आएका घरमूलीको निधन भएकोले परिवारको चुल्हो नबल्ने स्थिति आएको छ ।

दु र्घटना गराउने मोटरसाइकल चालकको खोजी गरिदिन प्रहरी, प्रशासन तथा स्थानीबासीलाई विश्व राईले अपिल गर्नुभएको छ । उहाँले भन्नुभयो –‘परिवार नै बिचल्लीमा परेको छ, सहयोग गर्ने कोही छैन, न्याय दिलाइदिने कोही छैन, सरकारले क्षतिपूर्ती दिलाइदियोस्, न्याय दिलाइदियोस् ।’-औजारन्युजबाट।

(हेर्नुहोस् भिडियो)[][]

[][]

प्रकाशित मिति May 5, 2021