१०० बेडको आइसोलेसन…..भक्तपुरमा कलेजमा बनाइयो…..!

भक्तपुर — भक्तपुर चाँगुनारायण नगरपालिकास्थित नेपाल इन्जिनियरिङ्ग कलेजमा १०० बेडको आइसोलेसन सेन्टर बनाइएको छ ।
काठमाडौं उपत्यकासहित देशभर कोरोना भाइरस संक्रमित बढ्दै गएपछि कलेजले सामाजिक उत्तरदायित्व पूरा गर्न भन्दै १०० बेड आइसोलेसन सेन्टर बनाएको हो ।

कलेजका कर्मचारीका अनुसार अहिले एउटा हलमा ४३ बेड राखिएको छ भने बाँकी ५७ बेड तयारी अवस्थामा छ ।आइसोलेसन बेडमा बिरामीलाई आहिने सबै सानीटाइजर, साबुन, टावेल, टुथपेस्टलगायत सबै सामाग्री राखिएको छ । स्थानीय सरकारको र कलेजको सहयोगमा आइसोलेसन सेन्टर बनाइएको हो ।[][]

हेर्नुहाेस् भिडियाे[][]

[][]

प्रकाशित मिति May 4, 2021