बैतडीमा वडासदस्यको शव बोकेको जिप दुर्घटना…. पाँचजनाको मृत्यु….!

बैतडी: बैतडीमा सोमबार चट्याङ लागेर मृत्यु भएका पञ्चेश्वर गाउँपालिका वडा नम्बर ६ का सदस्य गोविन्द सिंह भण्डारीको शव पोष्टमार्टमका लागि ल्याउँदै गरेको से१ज १२३ नम्बरको बोलेरो जीप दुर्घटनामा परी बैतडीमा जीप दुर्घटना हुँदा चालक सहित ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । पञ्चेश्वर गाउँपालिका–६ रोडिदेवलको गणमेश्वर मन्दिर नजिकै जिप दुर्घटना भएको हो ।

जीप दुर्घटना हुँदा पञ्चेश्वर गाउँपालिका वडा नम्बर ६ का ५० वर्षीय जीत सिंह भण्डारी, डम्मरसिंह भण्डारी, हिम्मत भण्डारी र दीपक भण्डारीको घटनास्थलमै मृत्यु भएको कुरा स्थानिय रमेश भण्डारी बताएका छन ।

सडकबाट जिप करिब ५०० मिटर तल खसेको स्थानीय भट्टले बताएका छन। गाडीमा १२ जना सवार रहेको अनुमान गरिएको छ । गाडी के कति कारणले दुर्घटना भयो भन्ने बारेमा खुल्न सकेको छैन। थप बिबरण आउन बाँकि रहेको छ ।[][]

हेर्नुहाेस् भिडियाे[][]

प्रकाशित मिति May 4, 2021