मृतकको संख्या बढे……पशुपति आर्यघाटमा दाहसंस्कारमा समस्या…….

काठमाडौँ– कोरोना महामारीका कारण ज्यान गुमाउनेको संख्या बढ्दै गएपछि पशुपति आर्यघाटमा दाहसंस्कार गर्न कठिनाई भएको छ ।काठमाडौँ उपत्यकामा कोरोनाबाट ज्यान गुमाएकाहरुको अन्तिम संस्कार यसअघि पशुपतिस्थित विद्युतीय शवदाह गृहमा हुँदै आएको थियो ।

तर मृत्यु हुनेको संख्या बढेसँगै विद्युतीय शवदाह गृहभन्दा बाहिर पनि शव जलाउन थालिएको छ ।

सेनाले वाग्मती किनारमा नै शव व्यवस्थापन गर्न सुरु गरेको हो । शव व्यवस्थापनका लागि सेनाले वाग्मती किनारमा सम्याउने काम गरेको छ । कोरोनाबाट मृत्यु भएकाहरुको अन्त्येष्टि नेपाली सेनाको टोलीले गर्दै आएको छ ।[][]

 

प्रकाशित मिति May 4, 2021