२१ वर्षीया युवतीले  ६ किलोको बच्चा जन्माईन…..।

एजेन्सी – कतिपय कुरा सुन्दै अचम्म लाग्ने हुन्छ । यस्तै एउटा अचम्मको घटना हो बेलायतको । बेलायतमा एक २१ वर्षीया युवतीले ६ किलो बजन भएको बच्चा जन्माएकी छिन ।

धेरै तौलको बच्चा जन्माएर दोश्रो किर्तिमान कायम गरेकी छिन् । उनी बेलायतको अक्सफोर्ड शायरस्थित एस्टनमा बस्छिन् । ‘एम्बर कम्बरल्याण्ड’ नामकी युवती प्रसुतिका लागि अस्पताल पुग्दा डाक्टरहरुले उनको पेटमा जुम्ल्याहा बच्चा रहेको अनुमान गरेका थिए ।

गत अप्रिल १६ मा उनले अस्पतालमा १३ पाउण्ड अर्थात् झण्डै ६ किलो तौल भएकी छोरी जन्माएकी हुन् । यो सँगै उनले बेलायतमा अहिलेसम्मकै दोश्रो ठूलो बच्चा जन्माउने किर्तिमान कायम गरिन् ।

छोरीको नाम उनले एमिलिया राखेकी छिन् । जब अल्ट्रासाउण्ड गरियो, डाक्टरहरु चकित परे किनकी पेटमा एउटा मात्र बच्चा देखिएको थियो ।

तरपनि पेट अस्वभाविक रुपमा ठूलो भएका कारणले अल्ट्रासाउण्डमा एउटा बच्चा देखिएता पनि सरप्राइज ट्विन्स हुन सक्ने अनुमान डाक्टरहरुले गरे । तर, बास्तबिकतामा त्यस्तो भएन ।

एमिलिया बेलायतमा अहिलेसम्म जन्मिएका मध्ये दोश्रो ठूलो बच्चा बनेकी छिन् । यसअघि सन् २०१२ मा बेलायतमा साढे ६ किलोको बच्चा जन्मिएको थियो ।[][]

 

प्रकाशित मिति May 4, 2021