काेराेनाले १० सुरक्षाकर्मीकाे ज्यान लियो, नेपाल प्रहरी धेरै प्रभावित….!

तीनवटा सुरक्षा निकायका १० सुरक्षाकर्मीले कोभिड संक्रमणका कारण ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा नेपाल प्रहरीका सुरक्षाकर्मी धेरै छन् । प्रहरी तथ्यांकअनुसार कोभिड– १९ को महामारी सुरु भएयता प्रहरीका मात्रै ६ सुरक्षाकर्मीको मृत्यु भएको छ । त्यस्तै, नेपाली सेना र सशस्त्र प्रहरीको दुई–दुई सुरक्षाकर्मीको मृत्यु भएको छ ।

नेपाल प्रहरीका प्रवक्ता एसएसपी बसन्त कुँवरले भने, ‘कोभिड– १९ को महामारी सुरु भएलगत्तै अग्रपंक्तिमा खटिएर नेपाल प्रहरीले काम ग¥यो । यस क्रममा धेरै संक्रमित भए । जसमध्ये ६ जना सहयोद्धा गुमाउनुपर्‍यो । नेपाल प्रहरीका लागि यो ठूलो क्षति हो ।’त्यसैबीच, महामारी सुरु भएयता तीनवटै सुरक्षा निकायका १३ हजार चार सय ८२ सुरक्षाकर्मी संक्रमित भएका थिए ।

जसमध्ये १३ हजार दुई सय ७५ निको भएर घर फर्किसकेका छन् । बाँकी एक सय ९५ जना क्वारेन्टिनमा बसेर उपचार गराइरहेका छन् । संक्रमित हुने संख्या पनि नेपाल प्रहरीकै सुरक्षाकर्मीको धेरै छ । यस अवधिमा नेपाल प्रहरीका मात्रै सात हजार चार सय ६२ सुरक्षाकर्मी संक्रमित बनेका छन् । जसमध्ये सात हजार तीन सय ६ निको भएर घर फर्किए ।

संक्रमित हुनेमा त्यसपछि नेपाली सेनाका सुरक्षाकर्मी धेरै छन् । तथ्यांकअनुसार यस अवधिमा सेनाका पाँच हजार दुई १७ सुरक्षाकर्मी संक्रमित बने ।

जसमध्ये पाँच हजार एक सय ७४ निको भएर काममा फर्किसकेका छन् । सशस्त्र प्रहरीका भने यस अवधिमा आठ सय तीन सुरक्षाकर्मी संक्रमित बने । जसमध्ये सात सय ९५ निको भएर नियमित काममा फर्किसकेका छन् । तीनवटै सुरक्षा निकायका अझै एक सय २४ सुरक्षाकर्मीमा कोरोनाको संक्रमण छ ।

जो अहिले अस्प्तालमा उपचाररत छन् । उपचाररतमध्ये नेपाल प्रहरीका सुरक्षाकर्मी ७९, सेनाका ४१ र सशस्त्रका चारजनाले क्वारेन्टिनमा उपचार गराइरहेका छन् ।

सैनिक प्रवक्ता सहायक रथी पौडेलले भने, ‘नेपाली सेनाका पाँच हजार सुरक्षाकर्मी कोरोनाबाट संक्रमित बने । अधिकांश निको भएर नियमित ड्युटीमा फर्किएका छन् । ४१ जनाकोे उपचार भइरहको छ ।[][]

नयाँ पत्रिका[][]

भिडियो[][]

[][]

प्रकाशित मिति May 3, 2021