सल्यानमा जंगलमा लागेकाे आगलागीमा परि गाेठाला गएका एकजनाकाे मृ’त्यु….

वनमा लागेको आगोमा परी सल्यानमा एक वृद्धको ज्यान गएकाे छ । जिल्लाको शारदा नगरपालिका वडा नम्बर ६ सापमारा निवासी ७० वर्षीय ओदिराम बुढाथोकीको आइतबार लागेकाे आगोमा जलेर ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

घरदेखि १ घण्टाको दुरीमा रहेको भुवेनगैरी सामुदायिक वनमा आगोबाट जली मृत्त फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख गोबिन्द थापाले जानकारी दिए ।

उनी वनमा बाख्रा चलाउन गएका थिए । साँझमा बाख्रा घर फर्केको तर साँझ ६ बजेसम्म पनि नआएपछि घरपरिवारले खोजतलास गर्ने समयमा बनमा जलेको अवस्थामा परिवारले फेला पारेका थिए ।

याे वर्ष सल्यानमा थुप्रै आगलागीका घटना भएका छन् । केहिदिन अघि मात्रै सल्लाको दियालोबाट आगलागी सल्किएकाे आगलागीमा परि शारदा नगरपालिका १० मदाना निवासी ३० वर्षीय राम बहादुर सुनारको सुती रहेको अवस्थामा मृ’त्यु भएको थियाे ।

तिनदिन अघि मात्रै कालीमाटी गाउँपालिका १ लक्ष्मीपुरमा जंगलमा लागेको डढेलो बस्तीमा पस्दा चार घरगोठ जलेर नष्ट भएका थिए । पोखरा सामुदायिक वनमा लागेको आगो बिहीबार साँझ बस्तीमा पसेको थियो ।

बस्तीमा पसेको डढेलोले स्थानीय जीत बहादुर डाँगीको घर गोठ, दीपक खत्रीको घर जलेका छन् । यस्तै शेर बहादुर खड्का र रुपलाल डाँगीको गोठ जलेर नष्ट भएका छन् ।[][]]

भिडियो हेर्नुहोस[][]

[][]

प्रकाशित मिति May 3, 2021