आजको राशिफल : वि.सं.२०७८ साल बैसाख २० गते सोमबार । ईश्वी सन् २०२१ मार्च ०३ तारिख…

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । पढाई लेखाईमा मन जाने तथा रुचिको बिषयमा राम्रो प्रगति गर्न सकिनेछ । बुवा वा बुवा सरहका मानिसबाट आर्थिक सहयोग प्राप्त हुनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने जीवन साथिसँग रमाईलो स्थानको भ्रमण गर्न सकिनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

भाग्य तथा समयले साथ दिने हुदा सानो प्रयत्नले उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । बुवा वा बुवा सरहका मानिसबाट तपाईले शुरु गरेको कामलाई सहयोग हुँनेछ भने पैत्रिक धन सम्पतिको प्रयोग मार्फत मनग्गे लाभ लिन सकिनेछ । पुराना साथिभाई सँग भेटघाट गरि रमाईलो ठाउँमा स्वादिष्ट परिकारका साथ रम्न सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

समयको ख्याल नगरि काम गर्दा समस्या निम्तिन सक्छ ध्यान दिनुहोला । पुराना समस्या बल्झने तथा नयाँ समस्याहरु आउँने हुँदा काम गर्न असजिलो हुनेछ । दैनिक खर्च बढ्नेछ भने घर परिवारका आवस्यक्ता परिपुर्ति गर्न सकिने अवस्था रहने छैन । व्यापार व्यावसायमा बढिनै समय खर्चिय मात्र नाफा कमाउँन सकिनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

माया प्रेममा एक अर्कालाई सहयोग गर्दै रमाउँन सकिनेछ भने घर परिवार सबैसँग सम्बन्धमा सुधार भएर जानेछ । नोकरिमा पदोन्नतीको गतिलो योग रहेकोछ । पढाई लेखाईमा उत्कृष्ट अंकले सहभागिहरुलाई हराउन सकिनेछ । माया प्रेमको गाठो कसिलो हुनेछ भने मिल्ने साथीका साथ स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

आट तथा हिम्मतका साथ अगाडि बढ्ने समय रहेकोछ । कुनै पनि प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुलाई किनारा लगाउदै अग्र स्थानमा तपाईको नाम आउनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आम्दानि बढ्ने योग रहेकोछ । लामो समयदेखि फैसला हुन नसकेका बिषयहरु तपाईकै पक्षमा फैसला हुनेछन् । आफन्त तथा साथिभाईहरुको सहयोगले नया कामको थालनि गर्न सकिनेछ । माया प्रेममा खुलेर रमाउन सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

पढाई लेखाईमा अरुदिन भन्दा राम्रो प्रगति भएर जानेछ भने प्रतिश्पर्धामा तपाईनै अग्र पंक्तिमा आउनु हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँन सकिनेछ भने तपाईको कार्य शैलिको सबैले समर्थन गर्नेछन् । प्रेम प्रशङगका कोपिलाहरु फक्रियर जानेछन् । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना भनाई वा लेखहरु जनमानसमा लैजान सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

राजनिति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन प्राप्त हुनेछ । घर जग्गा तथा गाडि घोडाको व्यावसायबाट केहिमात्रमा लाभ लिन सकिनेछ । कृषि तथा पशुपालन व्यावसाय फस्टायर जानेछ । मित्रहरुको लहै लहैमा लाग्नाले पढाई लेखाई कमजोर रहनेछ । साथिभाईहरुको गलत संगतले नकरात्मक सोचको बिकास हुनेछ भने नियम बिपरित काम गर्न उक्साउने हरु सक्रिय रहनेछन् ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)

रोकिएका कामहरु बन्ने तथा नया काम सुरु गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । प्रेममा नजिक हुने तथा जीवन साथिको सहयोगले उत्तम काम गर्न सकिनेछ । समस्या समाधानका लागी चालिएका कदमबाट परिणाममूखि नतिजा आउने हुनाले मन प्रशन्न रहनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने मनग्गे आम्दानी हुनेछ । छोटो दुरिको उपलब्धी मुलक व्यावसायिक यात्रा हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

अध्ययनमा तपाईले दिएको समयबाट भनेजस्तो नतिजा हात लगाउँन सकिनेछ । बोलीको प्रभाव बढ्ने हुँनाले बोलैरै राम्रा तथा उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जाने तथा जीवन सथिको सहयोगले अगाडि बढ्न मद्दत गर्नेछ । पारिवारिक तथा सांगितिक माहोलमा जमघट भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

बिभिन्न अवसरले पछ्याउँनेछन् भने चाहेको समयमा कामहरु सम्पन्न हुँने हुँदा आफन्तहरु खुसि हुनेछन् । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जाने तथा दाम्पत्य जीवन सुखि रहनेछ । राजनिति तथा समाजसेवामा जनताको साथ तथा समर्थन पाईने हुँनाले सार्वजनिक पद पाउँने योग रहेकोछ । तरपनि बाहिरी वातावरण तथा मौसमको ख्याल गर्नुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

कामहरु समयमा सम्पन्न नहुने तथा गल्ति गर्नाले दण्ड तथा जरिवाना तिर्नु पर्ने हुन सक्छ ध्यान दिनुहोला । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । स्वास्थ्यमा समस्या आउने तथा भौतिक साधन स्रोतको प्रयोग गर्दा ख्याल गर्नुहोला औषधि उपचार खर्च बढेर जानेछ । लामो दुरिको बिदेश यात्राको गतिलो योग रहेकोछ भने बिदेशमा बसेर पेशा व्यावसाय गर्नेहरुका लागि समय उत्तम रहेकोछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

सहयोगहिरु जुट्नाले रोकिएको काम सहजै सम्पादन हुनेछन् । दाजुभाई तथा अग्रजहरुको हरेक क्षेत्रमा साथ रहने हुनाले मन प्रशन्न रहनेछ । बिषेश समारोहमा सहभागि भई स्वादिष्ट भोजनका साथ रमाउन सकिनेछ । दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।

तपार्ईँको दिन शुभ रहोस् ।[][

[][]

 

प्रकाशित मिति May 3, 2021