हवाइ उडान बन्द गर्न सीसीएमसीको मन्त्रिपरिषद्लाई सिफारिस…..

कोभिड-१९ संकट व्यवस्थापन समिति (सीसीएमसी) ले अन्तराष्ट्रिय र आन्तरिक उडान रोक्न मन्त्रिपरिषद्लाई सिफारिस गर्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको सीसीएमसीको बैठकले संक्रमण भयावह बन्दै गएको निष्कर्षसहित हवाइ उडान रोक्नुपर्ने निष्कर्ष निकालेको हो । सीसीएमसी स्रोतकाअनुसार सीसीएमसीका निर्देशक एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले यससम्बन्धी प्रस्ताव मन्त्रिपरिषदमा लैजानेछन् ।

त्यसपछि सीसीएमसीको मन्त्रिपरिषदले निर्णय गरेपछि मात्र यो कार्यान्वन हुनेछ ।

हाल संक्रमण बढी देखिएका जिल्लामा प्रशासनले निषेधाज्ञा लगाएका छन् । हवाई सेवामा चाहिँ रोक लगाइएको थिएन । अहिलेसम्म २४ जिल्लामा निषेधाज्ञा जारी भैसकेको छ ।[][]

[][]

प्रकाशित मिति May 1, 2021