लुम्बिनी प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ ।

नेपाली काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)का सांसदहरुले मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका हुन् ।

नयाँ मुख्यमन्त्रीमा कुलप्रसाद केसीको नाम प्रस्ताव गरिएको छ ।

प्रदेशसभामा ४१ सांसदको हस्ताक्षरसहित अविश्वास प्रस्ताव दर्ता गरिएको काँग्रेस प्रदेशसभा प्रमुख सचेतक ​फखरुदिन खानले जानकारी दिएका छन् ।

प्रकाशित मिति April 19, 2021