राजनीतिगृहपृष्ठ राष्ट्रपति भण्डारीद्वारा संसदको हिउँदे अधिवेशन अन्त्य  राष्ट्रपति भण्डारीद्वारा संसदको हिउँदे अधिवेशन अन्त्य

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको हिउँदे अधिवेशन आजबाट अन्त्य गरेकी छन् ।

सोमबार बिहान बसेको मन्त्रिपरिषद बैठकको सिफारिसमा राष्ट्रपति भण्डारीले आजै अपराह्न १ बजेदेखि संसद अधिवेशन अन्त्य गरेकी हुन् ।

‘नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८ वैशाख ६ को सिफारिसमा प्रतिनिधिसभाको चालू अधिवेशन संवत् २०७८ साल वैशाख ६ गते सोमबारका दिन अपरान्ह १ बजेदेखि अन्त्य गरेको छु।’ राष्ट्रपति भण्डारीले जारी गरेकाे पत्रमा भनिएकाे छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले अधिवेशन अन्त्य र आह्वान गर्ने संवैधानिक व्यवस्था छ।

 

 

 

प्रकाशित मिति April 19, 2021