सहरी क्षेत्रमा विद्यालय बन्द गर्ने सरकारको निर्णय

सरकारले सहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

सोमबार बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले विद्यालय बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्न निर्णय गरेको हो । ‘सहरी क्षेत्रका विद्यालय बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय भएको छ, सरकारका प्रबक्ता पार्वत गुरुङले भने ।

सोमबार बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले पछिल्लो समय मुलुकमा बढ्दो कोरोना भाइरस महमारीको जोखिमलाई मध्यनजर गर्दै शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

शनिबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकले कोरोनबाट प्रभावित शहरी क्षेत्रका विद्यालयहरू वैशाख मसान्तसम्म बन्द गर्न सरकारलाई सिफारिस गरेको थियो । अब अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय पनि भएकाे छ ।

त्यस्तै रात्रिकालीन व्यवसाय,सिनेमा हल,पार्टी प्यालेस,जिमखाना,रंगशाला लगायत भिडभाड हुने क्षेत्रहरु समेत बैशाख मसान्तसम्म बन्द गर्ने निर्णय भएको छ ।

 

प्रकाशित मिति April 19, 2021