मोटरसाइकलमै चल्छ केदारको कपडा पसल ! भिडियोमा हेर्नुहोस्, ‘विदेश जानूभन्दा यहि ठिक’

केदार सुनारको मोटरसाईकलमै कपडा दोकान चल्छ । उनले मोटरसाईकलमा विभिन्न थरीका कपडा राखेका छन् । यसरी मोटरसाईकलमा खोलिएको दोकान ग्राहकको दैलोसम्म पुग्छ । कोरोनापछिको लकडाउनपछि उनले मोटरसाईकलमा कपडा बेच्नथालेका हुन् ।

उनी सँगैका धेरै साथीहरु धेरै पैसा कमाउन विदेशिएका छन् । केहिले कमाएका छन् केहि उतै रमाएका छन् । वैदेशिक रोजगारले धेरैको पारिवारिक बिचलनै भएको छ । जसलाई उनले नजिकबाट नियालेका छन् । त्यसैले उनले नेपालमै दुख गर्ने निधो गरेका हुन् ।

काम गर्न सके नेपालमै सुन फल्ने उनको दाबी छ । दुख गर्न पछि नहट्ने केदार नेपालमै दुख गर्न सबैलाइ सुझाव दिन्छन् । यसरी कपडा बेचेर भएको फाइदाले उनको घर चलेको छ । उनी खुसी छन् । लकडाउनले नयाँनयाँ काम गर्न सबैलाइ बाध्य बनाएको उनको भनाइ छ ।

प्रकाशित मिति April 18, 2021