प्रधानमन्त्री ओलीको आह्वानमा आज सर्वदलीय बैठक बस्दै समाचार

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा शनिबार सर्वदलीय बैठक बस्दैछ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ११ बजेदेखि बैठक बस्न लागेको हो। संसदमा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेताहरुलाई बैठकमा बोलाइएको छ।

बालुवाटार स्रोतका अनुसार संसदको हिउँदे अधिवेशन अन्त्य गर्नुअघि समसामयिक राजनीतिक विषयमाथि छलफल, कोरोना महामारी रोकथाम र नियन्त्रणलगायत विषयमा छलफल गर्न बैठक बोलाइएको हो।

पछिल्ला दिनमा नेपालमा कोरोना भाइरस (कोभिड -१९) तीव्ररुपमा फैलिरहेको छ। संक्रमित र मृतकको संख्या दिनप्रतिदिन बढिरहेको छ। सरकारले १४ जिल्लालाई कोरोनाका अति प्रभावित जिल्ला घोषित गरिसकेको छ।
सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रलाई पहिलेकै अवस्थामा ब्यूताइँदिएपछि दुवै दल आ-आफ्नो कित्तामा फर्केका छन्। प्रदेश र केन्द्र सरकारमाथि अविस्वासको प्रस्ताव दर्ता हुने क्रम चलिरहेको समयमा प्रधानमन्त्रीले बोलाएको बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

प्रकाशित मिति April 17, 2021