हामीले खानेकुरा कहिले खाने र कसरी खाने ?जान्नै पर्ने कुरा

भनिन्छ कि राम्रो स्वास्थ्यको लागि सधै सकारात्मक सोच राख्नुको साथै मौसमअनुसारको ताजा फलफुल, हरियो सागपात, गेडा-गुडी, दुध, दही, अन्डा, माछा, मासुको सेवन उचित मात्रामा गर्नुपर्दछ । घरका ठुला बडाले पनि यसप्रकारको शिक्षा आफ्ना छोरा-छोरी तथा नाति–नातिनीहरुलाई दिने गर्दछन् ।

कुरो ठिकै हो । अवस्था फरक छ, उहिले –फलफुल, हरियो सागसब्जीलगायतका सबै चिजहरु मौसमअनुसार फल्ने- फुल्ने गर्दथ्यो । मानिसहरु सिजनअनुसारको फल-फुल, सागसब्जी खान्थ्ये र हष्ट-पुष्ट, स्वास्थ्य र दिर्घजीवि हुन्थ्ये । तर, अचेल त बर्षैभरी सबै किसिमका फलफुलहरु हरियो तरकारी, गाउँघरमा लाग्ने सानो हाँट-बजारदेखि लिएर ठुला-ठुला शहरका मल (सपिङ सेन्टर) हरुमा आकर्षक प्याकेजिङमा उपल्बध छ । मानिसहरु किनेर खाईरहेका छन् । यसका बाबजुद पनि मानिसहरुमा धेरैजसो स्वास्थ्य सम्बन्धी समस्या हुनु अचेल सामान्य कुरो भईसकेको छ।

यहाँ प्रश्न उठ्छ, के यि फलफुलहरु, हरियो सागसब्जी, दुध, दही, अन्डा, माछा, मासुमा पर्याप्त मात्रामा पोषकतत्व छ त? के यि चिजहरु वास्तवमा तपाईको परिवारको स्वास्थ्यको लागि पोषणयुक्त छ? अचेल बढि उत्पादन एवं धेरै दिनसम्म बजारमा ताजा बनाई राख्नका लागि किसान वा थोक व्यापारीहरुले बढी मात्रामा रसायनिक मल, पेस्टीसाईडस् (किटनाशक) एवं हार्मोन्सको इन्जेकशनको प्रयोग गर्दछन् । मानिसहरुमा बिभिन्न प्रकारका स्वास्थ्य सम्बन्धी समस्याहरु पनि सोहि रफ्तारमा बढिरहेकोछ ।

भारतको चितरन्जन नेशनल क्यान्सर ईन्स्टिच्युटले हालसालै गरेको एकअध्ययन रिपोर्टमा भनिएको छ, प्राय: गरी साग सब्जीहरुमा प्रयोग गरिने ईनसेक्टिसाईट र पेष्टीसाईड्सको अंश यि बजारमा बिक्रि गर्न ल्याईने हरियो तरकारीहरुमा रहिरहन्छ । यसको सेवनले तमाम दुरगामी खालका रक्तबिकार, नशा सम्बन्धी रोग, श्वास-प्रस्वास सम्बन्धीरोग एवं महिलाहरुमा प्रजनन सम्बन्धी रोग हुने सम्भावना बढिहुन्छ । जस्तै, थकान महसुस हुनु, पसिना बढि आउनु, टाउको दुख्नु, रिगंटा लाग्नु, हातखुट्टा झम्झमाउनु, मान्सपेशीमा ऐठान हुनु, शरीरको तौल घट्नु, भोक नलाग्नु, निन्द्रामा कमी आउनु तथा महिलाहरुमा गर्भपतन हुनु आदि जस्ता यस रोगका लक्षणहरु हुन् ।

यसैप्रकार कोलकाता विश्वविधालय कृषि विभागले प्रकाशन गरेको एक रिपोर्टअनुसार सागसब्जीहरुमा लीड, निकिल, केडमियम जस्ता तत्वहरु बढि भएकोले अनेकप्रकारको पाचन सम्बन्धी रोग देखा पर्दछन् । जस्तै, पेट दुख्नु, पखाला लाग्नु, आऊँ (रगतमासी) हुन आदि ।
यसैप्रकार पेस्टीसाईड्सको दुष्प्रभावले गर्दा क्यान्सर, शारीरिक विकास, सम्बन्धी रोग, बिकलांग बच्चा जन्मिनु या गर्भावस्थामा रोग लाग्ने सम्भावना बढिरहन्छ । व्यापारको दृष्टीले फर्म हाउसमा सागसब्जी वा फलफुलहरुको बढी उत्पादनको चाहनामा तथा मलखादको खर्चमा कटौति अथवा वचत गर्नको लागि बोट-बिरुवामा आक्सिटोक्सिन (ग्रोथहार्मोन्स, चाडै बढनको लागि दिइने ईन्जेक्शन) को प्रयोग बढेको छ । जस्तै, भान्टा, लौका तथा गाई-भैसीलाई दुध बढी दिने सुई, कुखुराको मासूको तौल बढाउन, माछाको भुराको तौल चाँडै बढाउन प्रयोगमा ल्याईने हार्मोन्स प्रयोगबाट यसरी अस्वभाविक रुपमा उत्पादन भएका सागसब्जी, फलफुल, तरकारीहरुलाई बढीसमयसम्म ताजा बनाइ राख्नको लागि टिन (जस्ता) या मेटलको पन्नीमा र्यापगरी राख्ने गर्नाले (खाद्य पदार्थ) अझ सक्रामिक हुनसक्छ ।

यस्तो खाद्य पदार्थको सेवन लामो समयसम्म गर्नाले व्यक्तिको मृत्यु पनि हुन सक्छ । यसप्रकार समयभन्दा पूर्व काँचो फलफुलहरु केरा, आँपलाई पकाउनको लागि केल्सियम कार्बाइडमा राखिन्छ । काँचो आपँ कार्बाईड नामक रसायनमा राख्नाले २४ घन्टामै आँप पाक्दछ । यदि कार्बबाईडको मात्रा कम हुन गयो भने फलको बोक्राको रगं बदलिन्छ । तर, भित्रबाट फल काँचो नै रहन्छ । यदि रसायनको मात्रा बढी हुनगयो भने फल त पाक्दछ तर बेस्वाद र बिषाक्त भईहाल्छ । राम्ररी नपकाइकन खाएको सागसब्जीहरुको सेवनले ईशसिरयाकोलाई, कलास्ट्रिडम, बेसिलेस सेलभनेला , लिस्टेरिया नामक किटाणुहरुको संक्रमण हुनाले पनि यस्ता रोग लाग्ने सम्भावना रहन्छ ।

यस्ता खानेकुराबाट छाला सम्बन्धी समस्या, क्यान्सर, अजीर्ण (अपच) पेटमा ग्यास भरिनु, पेटमा दर्द , पेट बट्टारिनु , बान्ता हुनु, पखाला लाग्नु, रिगंटा लाग्नु, छाला सम्बन्धि रोग र क्यान्सर आदि जस्ता रोगका लक्षणहरु उपभोक्तामा देखिन सक्छन् । यसबाट बच्नको लागि एउटै मात्र उपाय भनेको, सिजन अनुसारको सागसब्जी, फलफुल खाने हो । सकभर अर्गानिक सागसब्जी र फलफुलको सेवन गर्ने बानी बसालौं । हाटबजारबाट किनेर ल्याएको फलफुल या सागसब्जीलाई केहिबेर हल्का गर्म पानीमा कम्तीमा ३० मिनेट जति डुबाएर राख्नु पर्छ । त्यसपछि राम्रोसंग धोई पखाली राम्रोसंग पकाएर खानु पर्छ । खाना खानु अगाडि र खाना खाईसकेपछि राम्रोसंग साबुन पानीले हात धुनु पर्छ ।

खाद्यपदार्थ को बिषाक्तता (फुडपोइजन) बाट हुने रोगहरुमा रोगीको अवस्था र लक्षणहरुको आधारमा निम्नलिखित केहि होमियोप्याथिक औषधिहरु प्रयोग गर्न सकिन्छ: आर्सेनिकएलबम, पोडोफाईलम, चाईना, बेलाडोना, एलोज, एलियमसिपा, कार्बोभेज आदि । यि औषधिहरु आफ्नो नजिकको योग्य तथा अनुभवि होमियोप्याथिक चिकित्सकसँग सल्लाह लिएर प्रयोग गर्नले लाभदायक हुन्छ । अन्तमा- खान सबैले जानेको हुन्छ, तर के खाने? कहिले खाने र कसरी खाने ? भन्ने कुरा थोरैले जानेका हुँदैनन् । खानपिनमा नै हाम्रो स्वास्थ्य निर्भरछ ।
अत: खानपिनको मामलामा सधै सतर्क हुन होस्, शुध्द खानेकुराहरु खाउँ, स्वस्थ्य रहौं ।

-डा. ललितकुमार मिश्र

यो पनि पढ्नुहोस

गर्मी मौषममा लामखुट्टेले दिने पीडा निकै रिस उठ्ने खाल्को हुन्छ । अझ गर्मी क्षेत्रमा बस्नेहरु त लामखुट्टेले टोकेर लाग्ने बिभिन्न रोगको समेत सिकार बन्ने गरेको छ । यसबाट बच्न बिभिन्न उपाय अपनाएर हैरान हुनुहुन्छ भने यो तपाईका लागि सुखद खबर हुन् सक्छ ।

कपुर र पानी

कपुर र पानी प्रयोग गरेर लामखुट्टे भगाउन सक्नुहुन्छ जसका लागि दुई टुक्रा कपुर एक चौथाई कप पानीमा हाल्नु भयो भने जादूझै लामखुट्टे भगाउन सक्नुहुन्छ । र यदि उक्त पानीमा अर्को टुक्रा कपुर मिसाउनु भयो भने त झन चाँडो लामखट्टे भाग्दछन् ।

कागती र ल्वाङ

कागती र ल्वाङको गन्धलाई लामखुट्टेले मन पराउदैनन् । त्यसैले दुईवटा कागतीलाई बीचबाट काटेर प्रत्येक टुक्राको भित्र ५ देखि ६ वटा ल्वाङ राख्नुहोस् अनि एउटा प्लेटमा लगेर आफ्नो कोठामा राख्नुहोस् । बस यति गरे पछि लामखुट्टे कोठाबाट भाग्दछन् ।

लसुन

घरमा लसुन त हुने नै भो । बढी लसुन हालेको खाना प्रयोग गर्नुभयो भने लामखुट्टे लुसन खाएका मानिसबाट टाढा हुन्छ ।

आयुवेर्दिक स्प्रे

लामखुट्टे भगाउने क्रिमहरु प्रयोग गर्नुहुन्छ ? यसलाई छाडिदिनुहोस् । अब तपाईं आफैं घरेलु प्रविधिबाट लामखुट्टे भगाउने स्प्रे बनाउन सक्नुहुन्छ । यसका लागि तुलसी, पानी र भोड्का जस्ता घरमै उपलब्ध हुने सामग्रीहरु चाहिन्छन् ।

पहिला तुलसी र पानी उमाल्नुहोस् र तुलसीलाई राम्रोसँग निचोरेर आएको पानीलाई एउटा सफा बोतलमा राख्नुहोस् । बोत्तलमा जति पानी छ, त्यसको आधा भोड्का थप्नुहोस् । बिस्तारै हल्लाउनुहोस् । तपाईंको घरमै अब लामखुट्टे धपाउने स्प्रे तयार भयो ।

प्रकाशित मिति May 13, 2019