आउदो जेठ १ गते देखि २०१९ को लागि हुन गईरहेको इन्डियन गोर्खा आर्मीमा ठूलो संख्यामा भर्ना खुल्यो

यहि आउदो जेठ १ गते देखि 2019 को लागि हुन गईरहेको इन्डियन आर्मी भर्ति रेलिको समय तालिका

योग्यता
SEE उत्तीर्ण भई सबै बिषयमा कमभन्दा D+ हासिल गर्नु पर्ने यधपी नभएको खण्डमा १२ पासले मान्यता हुने
उमेर : १७ वर्ष ६ पुरा भई २१ बर्ष ननाघेको
तौल : ४८ kg
———————————————————-
“गुर्खा भर्ति र सुरक्षित उज्वल युवा भविष्य नै हाम्रो अभियान |”
———————————————————-
भारतीय सेनाको भर्ती छनौटमा संख्यात्मक यूवाहरुलाई भर्ती लगाउन सफल क्रस्फायर गुर्खा ट्रेनिंग सेन्टरमा May 2019 को नेपालगंज/ भरतपुर चितवनमा खुल्न गईरहेको भर्ती ~यालीको लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी
गराउदछौ।

– Physical Training & Education Classes.
– Medical Camp.
– Uniform.
– Accidental Insurance.
– Model Questions Bank.
– Weekly Written Test.
– Incredibile attractive Hostel Facilities.
– assistance by former recruiting officers

क्रस्फायर गुर्खा ट्रेनिंग सेन्टर
बुटवल – १२, नयागाउँ ,भैरब टोल
📞9843936747

ब्रिटिश सेनामा ठूलो संख्यामा भर्ना खुल्यो, निशुल्क भर्ती गराइने !

बेलायती गोर्खा सैनिकमा भर्ना खुल्ला गरिएको छ । ब्रिटिश सेनामा भर्ना हुनेको लागि कुनै शुल्क नलाग्ने र कसैले प्रलोभनमा पारेर रकम मागेमा नदिन पनि सूचनामा उल्लेख गरिएको छ ।

बेलायती गोर्खा सैनिकमा ४३२ जना नेपाली युवाको लागि भर्ना खुला गरिएको हो ।आइतवार प्रकाशित एक सूचना अनुसार भर्तिको लागि दर्ता ब्रिटिश गोर्खा पोखरा र ब्रिटिश गोर्खा धरानमा आगामी २७ मे देखि जुलाई ७ सम्म एकसाथ आवेदन खुला गरिएको छ ।”

बेलायती रक्षा मन्त्रालय अन्तरगतको गोर्खा ब्रिगेड एशोसिएशनले नयाँ भर्ना खुलाएको छ । इन्टेक २०२० का लागि ब्रिटिश गोर्खा र सिंगापुर पुलिस फोर्सका लागि साढे पाँच सयको लागि भर्ना खुलाएको हो ।

बेलायती सेनाले एक सूचना जारी गर्दै नेपालको धरान र पोखराबाट भर्ती लिइने जानकारी गराएको छ ।ब्रिटिस गोर्खा र सिङ्गापुर पुलिसको प्रशिक्षण दिन भनेर खोलिएका संस्थाहरुसँग बेलायती सेनाको कुनै सम्बन्ध नरहेको सूचनामा उल्लेख गरिएको छ ।

‘प्रशिक्षण केन्द्रहरुको ब्रिटिस गोर्खा र सिङ्गापुर पुलिस फोर्ससँग कुनै सम्बन्ध छैन’, सूचनामा भनिएको छ, ‘प्रशिक्षण केन्द्रहरुमा भर्ना हुन महँगो परेको हुन सक्छ र गोर्खा भर्तीमा सफलताको कुनै ग्यारेन्टी छैन ।’

कहिले खुल्दैछ भर्ना
गोर्खा भर्ती हुन चाहने नेपाली युवाका लागि धरान र पोखरामा भएकै पटक आवेदन खुल्ने भएको छ । गोर्खा भर्तीका लागि आउँदो मे २७ देखि जुलाई ७ सम्म आवेदन गर्न सकिने सूचनामा जानकारी गराइएको छ ।

बिट्रिस आमी र सिङ्गापुर पुलिसमा कति खुल्दैछ भर्ना ?

बेलायती सेनाले जारी गरेको सूचना अनुसार यो वर्ष ब्रिटिस गोर्खा आर्मीका लागि कम्तिमा ४३२ जना र गोर्खा कन्टिन्जेन्ट (सिङ्गापुर पुलिस) का लागि १२० नेपाली युवा माग गरिएको छ ।

कति लाग्छ शुल्क ?
गोर्खा भर्तीका नाउँमा हुने आर्थिक चलखेलप्रति सचेत हुन बेलायत सरकारले यसअघि पनि नेपाली युवाहरुलाई सचेत गराउँदै आएको छ । उसले भर्तीको संघारमा युवाहरुबाट कसैले आर्थिक फाइदा लिन नपाउन भनेर सचेत गराएको छ ।

बेलायती सेनाको भर्ती प्रक्रियामा कुनै शुल्क नलाग्ने र छनौट प्रक्रिया निष्पक्ष र पारदर्शी हुने दाबी गरिएको छ । कसैले गोर्खा भर्ती लगाई दिने प्रलोभनमा आर्थिक लाभ लिन खोजे जानकारी गराउन समेत सूचनामा आग्रह गरिएको छ ।

ब्रिटिस आर्मीमा भर्नाका लागि चाहिने योग्यता

१) वेलायती सेनाले ब्रिटिस गोर्खामा भर्ती हुनका लागि तेस्रो श्रेणीमा एसएलसी उत्तीर्ण अथवा कम्पार्ट पास भए पनि हुने जनाएको छ ।
२) नयाँ एसईई ग्रेडिङ प्रणालीमा न्यूनतम ३ सी र २ डी (अंग्रेजी र गणितमा सी गे्रडिङ अनिवार्य) ग्रेडिङ भएको हुनुपर्नेछ ।
३) उमेर १ जनवरी २०२० सम्म कम्तिमा १८ वर्ष पुगेको र बढीमा २१ वर्ष ननाघेको हुनुपर्ने जनाइएको छ ।
४) उचाई कम्तिमा १५८ सेन्टिमिटर हुनुपर्ने एवं बिएमआई १८–१८ हुनुपर्ने जनाइएको छ ।
५) छड्के आँखा भएको वा आँखा ठूलो सानो भएको स्वीकार्य नहुने सूचनामा उल्लेख छ । यसैगरी चश्मा, कन्ट्याक लेन्स, लेजर सर्जरी स्वीकार्य हुने छैन ।
६) दाँतमा दुईभन्दा बढी समस्या नभएको हुनुपर्नेछ । अगाडिको दाँत नक्कली, किराले नखाएको, भित्र वा बाहिर निस्केको र नखप्टेको हुनुपर्नेछ । भर्ती प्रक्रियामा दर्ता हुन मेशिन रिडेबल पासपोर्ट अनिवार्य आवश्यक पर्ने सूचनामा उल्लेख छ ।

 

प्रकाशित मिति May 8, 2019