श्रीलंकाले लगायो सामाजिक सञ्जालमाथि प्रतिबन्ध

एजेन्सी । श्रीलंकाले केहि सामाजिक सञ्जाल बन्द गरेको छ । सरकारले शन्देश पठाउनको लागि प्रयोग गरिने सामाजिक सञ्जाल फेसबुक ह्वटसप लगाएतका एपसहरु अस्थाइ रुपमा प्रतिबन्ध लगाएको छ ।

केही समय अगाडि श्रीलंकाको इस्टर पर्वमा सिलसिलाबद्ध बम विस्फोटन भएको थियो । क्रिस्चियन समूहले श्रीलंकाको मस्जिद र मुस्लिम समुदाको पसलमा ढुङ्गा प्रहार गरेकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्समा उल्लेख भएको जनाइएको छ ।

फेसबुकमा भएको एक विवादको कारण श्रीलंकामा एक व्यक्तिमाथि कुटपिट समेत भएको थियो । अधिकारीहरुका अनुसार फेसबुकमा विवादस्पद स्टाटस पोस्ट गर्ने ३८ वर्षीय अब्दुल हमीद मोहम्मद हसमरलाई गिरफ्तार भएका थिए।

श्रींलकाका अधिकारीका अनुसार शान्ती बनाउनका लागि सामाजिक सञ्जाल बन्द गरिएको नजाएको छ  ।

यो पनि पढ्नुस

एजेन्सी:जति मेहनत गरेपनि धन कमाउन सक्नुभएको छैन भने तपाईंलाई ग्रहदोष हुनसक्छ । यसलाई हटाउन ऊँ श्री हनुमते नमः यो मन्त्र दिनदिनै २१ चोटि जप्नुस् । काममा बाधा आउन पाउँदैन ।

अलिकति हिंग आफूमाथि घुमाएर उत्तर दिशामा फ्याँक्नुस् । अनि बिहानै तीनवटा हरिया अलैंची दाहिने हातमा राखेर श्रीं श्रीं उच्चारण गर्नुस् र खानुस् । त्यसपछि घरबाहिर निस्कनुस् । काम फत्ते हुन्छ ।

सुतेर बिहान उठेपछि दिनदिनै आफ्नो हत्केलालाई ध्यान दिएर हेर्नुस् र तीनचोटि चुम्नुस् । यसो गर्दा हरेक काममा सफलता पाउनुहुनेछ । शनिवारदेखि यसो गर्न शुरु गर्नुस् ।

पाँच रुपैयाँको नोटको त्रिकोण पिरामिड बनाएर पूजाकोठामा राख्नुस् । धनको कमी हुन थाल्नेबित्तिकै त्यो पिरामिडलाई देब्रे हातमा राखेर दासहने हातले छोप्नुस् । अनि पिरामिडले घरमा धन ल्याउँदैछ भनी कल्पना गर्नुस् ।

यसो गर्दा कताकताबाट तपाईंलाई धन आइलाग्छ । तर पैसाको साह्रै खाँचो भयो भने मात्र यसो गर्नुस् । गुरु पुष्य योग र शुभ चन्द्माको दिन बिहान हरियो रंगको कपडाको सानो थैलो बनाउनुस् । अनि श्रीगणेशको चित्र वा मूर्तिअघि बसेर संकटनाशन स्तोत्रको ११ चोटि पाठ गर्नुस् ।

त्यसपछि थैलीमा सातवटा मुँग, दश ग्राम साबुत धनियाँ, एक पञ्चमुखी रुद्राक्ष, एक चाँदीको सिक्का, दुईवटा सुपारी, दुईवटा बेसारको पोको बाँधेर गणेशजीलाई शुद्ध घिउको लड्डु भोग चढाउनुस् । त्यसपछि थैली कन्तूरमा राख्नुस् । एक वर्षपछि नयाँ थैली राख्नुस् । गरीब र ब्राह्मणहरूलाई दान दिनुस् । यसो गर्दा आर्थिक रूपमा तनाव हुँदैन ।

आइतवार भैरवको मन्दिरमा सिन्दूर चढाएर बटुक भैरव स्तोत्र पाठ गर्नुस् अनि गाई, काग र कालो कुकुरलाई मन पर्ने कुरा खुवाइदिनुस् । वर्षमा चार पाँचचोटि यसो गर्नुभयो भने सबै बाधा हटेर जान्छन् ।

 

प्रकाशित मिति May 13, 2019