१०० मा ६० अंक ल्याए पास, सबारी चालक अनुमति पत्रको ट्रायलमा आठ देखि उकालोसम्म हरेकको अंक यस्तो हुने

१०० मा ६० अंक ल्याए पास, सबारी चालक अनुमति पत्रको ट्रायलमा आठ देखि उकालोसम्म हरेकको अंक यस्तो हुने

सवारी चालक अनुमतिपत्रको ट्रायलमा ब्यापक परिवर्तन गरिएको छ । नयाँ निर्देशिका अनुसार परिक्षर्थीले ६० प्रतिशत अंक ल्याए लाइसेन्स पाउने छन् ।भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले सवारी चालक अनुमतिपत्रको परिक्षा कार्यविधि निर्देशिका २०७७ मा सहमति दिएसँगै आगामी जेठ १ गतेबाट त्यसलाई कार्यान्वयनमा लगिने भएको छ । यसअघि यातायात व्यवस्था विभागले दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधनको लाइसेन्स वितरण प्रक्रियालाई सरलिकरण गर्ने भन्दै सवारी चालक अनुमतिपत्र संचालन कार्यविधि तयार गरेर मन्त्रालय पठाएको थियो ।नयाँ निर्देशिकाले मोटरसाइकल, स्कुटर, मोपेड जस्ता सवारी साधनको प्रयोगात्मक र लिखित परिक्षाको स्वरुप परिमार्जन गरेको हो । लिखित परिक्षामा पनि पहिले जस्तो धेरै प्रश्न आउने छैनन् । ५/५ अंकको जम्मा २० वटा प्रश्न मात्रै सोधिने छ । विभागले ५०० वटा प्रश्न संकलन गर्ने र त्यहि मध्यबाट २० वटा प्रश्न सोध्ने छ । लिखित परिक्षामा उत्रिर्ण हुन भने ८० अंक अनिर्वाय ल्याउनु पर्ने हुन्छ ।नयाँ निर्देशिका अनुसार प्रयोगात्मक परिक्षामा पनि हरेक स्टेपको अंक बाढीएको छ । आठको अंकभार २० हुने छ । यदि आठमा एक पटक खुट्टा टेके १० अंक घट्ने छ । तर दुई पटक खुट्टा टेकेमा फेल हुने छ । साँघुरो फलेकको अंक १० हुने छ । यसमा कुनै गल्तिगरे फेल हुने छ ।*** यो समाचारको

प्रकाशित मिति April 13, 2021