गौतम बुद्ध बन्न प्रचण्ड जंगल जाने ?

गौतम बुद्ध बन्न प्रचण्ड जंगल जाने ! जंगल जाने कुरा गरेपछि राजनीति नै तरङ्गित

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष ‘प्रचण्ड’ले आईतबार एक कार्यक्रममा जंगल जाने कुरा गरेपछि राजनीति नै तरङ्गित भयो ।आँखिर प्रचण्डले जंगल जाने कुरा किन गरे होलान् भनेर सबैले अनुमान गर्न थाले । तर प्रचण्डले त्यसको भोलिपल्ट सोमबार जंगल जाने कुराबारे थप प्रष्ट पारे ।

उनले देश र जनताका लागि आफू गौतम बुद्धजस्तै बन्न जंगल जाने कुरा गरेको बताए । सोमबार पण्डित नारायण पोखरेल प्रतिष्ठान महानुष्ठान मूल समारोह समितिद्वारा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले देश र जनताको सम्वृद्धिका लागि आवश्यक परे सबै चिज त्यागेर गौतम बुद्धजस्तै बन्न सक्ने बताएका हुन् ।

आईतबार एक कार्यक्रममा आफूले जंगल जानसक्ने बताएको स्मरण गर्दै उनले भने, ‘बाँकी जीवन अब समृद्धि र देशमा शान्ति सुदृढ गर्नको निम्ति तयार छ, ‘हिजो मैले जंगल जान्छु भनेको फेरि लडाईं र हिंसाको लागि जान्छु भनेको होइन, भन्न खोजेको के भने देशको लागि र जनताको लागि जरुरी पर्यो भने म सबै कुरा त्यागेर जंगल जान तयार छु ।’

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले आफूहरूले विगतमा ठूलो त्याग गरेर परिवर्तन गरेको स्मरण गर्दै आवश्यक परे देश र जनताको लागि जंगल जान तयार रहेको स्पष्ट पारेका हुन् । प्रचण्डले आफू जोगी बन्न जंगल नजाने बताएपनि आज गौतमबुद्ध बन्न जंगल जाने भन्दै विवादास्पद कुरा गरेका छन् ।

प्रकाशित मिति May 8, 2019