दुधमा पानी मिसाएर बेच्नेलाई १० हजार जरिवाना,दूध राख्ने भाँडा सफा र सुख्खा हुनुपर्ने

सरकारले दूध तथा दुग्धजन्य पदार्थमा स्वच्छता कायम गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ‘दूध तथा दुग्ध पदार्थको स्वच्छता एवं गुणस्तर निर्देशिका, २०७५’ जारी गरेको हो ।

निर्देशिका मुलुकभरका दूध उत्पादन, संकलन, चिस्यान केन्द्र सञ्चालन, प्रशोधन, भण्डारण, ढुवानी तथा बिक्रीवितरण गर्ने सबै व्यवसायमा लागू हुनेछ ।

निर्देशिकाअनुसार दूध उत्पादक किसानले पशुचौपाया स्वास्थ्य, गोठ तथा फार्मको सरसफाइ, दूध दुहुने भाँडा र व्यक्तिगत सफाइमा समेत ध्यान दिनुपर्नेछ ।

दूध प्रशोधनको क्रममा दूध राख्ने भाँडा सफा र सुख्खा हुनुपर्ने, दुहेको दूध अर्को भाँडामा खन्याए पछि दुहेको भाँडा तुरून्तै तातोपानी, साबुन वा डिटरजेन्ट पानीले पखालेर घोप्ट्याएर राख्नुपर्ने, दूधमा पानीलगायत बाहृय पदार्थ मिसावट गर्न नपाइने, गुणस्तर बिग्रेको, स्वाद बिग्रेको, फाटेको वा बिगौती दूध प्रशोधनका लागि संकलन केन्द्र वा चिस्यान केन्द्रमा लैजान नपाइने व्यवस्था निर्देशिकाले गरेको छ ।

‘दूध दुहेपछि संकलन केन्द्र वा चिस्यान केन्द्र अथवा प्रशोधन कारखानामा बढीमा दुई घण्टाभित्र पुर्‍याइसक्नुपर्नेछ, बिहानको दूध बिहानै र बेलुकाको दूध बेलुकै संकलन केन्द्रमा पुर्‍याउनुपर्नेछ’, निर्देशिकामा भनिएको छ ।दूध उत्पादक किसानले पशुलाई खुवाउने दाना स्वच्छ, गुणस्तरीय र पोषणयुक्त हुनुपर्ने उल्लेख छ ।

प्रशोधन कक्षमा कामगर्दा कामदारले सफा टोपी, माक्स, एप्रोन, पञ्जा, जुत्ता लगाउनु पर्ने, दूध प्रशोधन गर्दा मेसिनरी औजारको प्रयोग गर्नुपर्ने, दूध प्याकिङ गर्दा रवरले प्याकिङ गर्न नपाइने व्यवस्था निर्देशिकाले गरेको छ ।

निर्देशिका जारी भएको मितिले ६ महिनापछि अर्थात आगामी चैत देखि लागू हुने मन्त्रालयले जनाएको छ । अनुगमन र निरीक्षणका क्रममा निर्देशिका बमोजिम नभएको पाइए सम्बन्धित दुग्ध व्यवसाय सञ्चालकमाथि खाद्य ऐन २०२३ अनुसार कारवाही हुनेछ ।

खाद्य ऐन विपरीत काम गर्ने व्यक्तिलाई कसूरअनुसार पाँच वर्षसम्म कैद वा पचास हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ । यस्तै नियम उल्लघंन गर्नेमाथि दश हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

यो पनि पढ्नुस

गर्मी मौषममा लामखुट्टेले दिने पीडा निकै रिस उठ्ने खाल्को हुन्छ । अझ गर्मी क्षेत्रमा बस्नेहरु त लामखुट्टेले टोकेर लाग्ने बिभिन्न रोगको समेत सिकार बन्ने गरेको छ । यसबाट बच्न बिभिन्न उपाय अपनाएर हैरान हुनुहुन्छ भने यो तपाईका लागि सुखद खबर हुन् सक्छ ।

कपुर र पानी

कपुर र पानी प्रयोग गरेर लामखुट्टे भगाउन सक्नुहुन्छ जसका लागि दुई टुक्रा कपुर एक चौथाई कप पानीमा हाल्नु भयो भने जादूझै लामखुट्टे भगाउन सक्नुहुन्छ । र यदि उक्त पानीमा अर्को टुक्रा कपुर मिसाउनु भयो भने त झन चाँडो लामखट्टे भाग्दछन् ।

कागती र ल्वाङ

कागती र ल्वाङको गन्धलाई लामखुट्टेले मन पराउदैनन् । त्यसैले दुईवटा कागतीलाई बीचबाट काटेर प्रत्येक टुक्राको भित्र ५ देखि ६ वटा ल्वाङ राख्नुहोस् अनि एउटा प्लेटमा लगेर आफ्नो कोठामा राख्नुहोस् । बस यति गरे पछि लामखुट्टे कोठाबाट भाग्दछन् ।

लसुन

घरमा लसुन त हुने नै भो । बढी लसुन हालेको खाना प्रयोग गर्नुभयो भने लामखुट्टे लुसन खाएका मानिसबाट टाढा हुन्छ ।

आयुवेर्दिक स्प्रे

लामखुट्टे भगाउने क्रिमहरु प्रयोग गर्नुहुन्छ ? यसलाई छाडिदिनुहोस् । अब तपाईं आफैं घरेलु प्रविधिबाट लामखुट्टे भगाउने स्प्रे बनाउन सक्नुहुन्छ । यसका लागि तुलसी, पानी र भोड्का जस्ता घरमै उपलब्ध हुने सामग्रीहरु चाहिन्छन् ।

पहिला तुलसी र पानी उमाल्नुहोस् र तुलसीलाई राम्रोसँग निचोरेर आएको पानीलाई एउटा सफा बोतलमा राख्नुहोस् । बोत्तलमा जति पानी छ, त्यसको आधा भोड्का थप्नुहोस् । बिस्तारै हल्लाउनुहोस् । तपाईंको घरमै अब लामखुट्टे धपाउने स्प्रे तयार भयो ।

प्रकाशित मिति May 13, 2019