सुनकाे मूल्य घट्याे, ताेलाकाे कति पुग्याे ?

काठमाडौं । साताकाे काराेबारकाे पहिलाे दिन आइतबार सुनको मूल्य घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ८९ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार घटेर ८९ हजार ५०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजाबी सुन तोलामा ८९ हजार ५० रुपैयाँमा कारोबार भएको छ । यता, शुक्रबार प्रतितोला १२ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोलामा १२ सय ७५ रुपैयाँमा कारोबार भएको पनि महासंघले जनाएको छ ।

 

प्रकाशित मिति April 11, 2021