चीनको कोइलाखानीमा २१ कामदार फसे

२९ चैत, काठमाडौं । चीनको सिन्जियाङ्गस्थित एक कोइलाखानीमा बाढी पस्दा २१ जना कामदार फसेका छन् ।

चीनको उत्तर–पश्चिमस्थित सिन्जियाङको हुतुवी काउन्टीको कोइलाखानीमा कार्यरत कामदारहरु फसेका हुन् ।

त्यहाँ उद्धारकार्य जारी छ । आठ जनालाई सकुशल उद्धार गरिएको समाचार एजेन्सी सिन्हवाले जनाएको छ । कोइलाखानीभित्र २९ जना थिए । चीनका कोइलाखानी विश्वकै जोखिमयुक्त मानिन्छन् । गत जनवरीमा एक सुन खानीमा विष्फोट हुँदा १० जनाको मृत्यु भएको थियो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

प्रकाशित मिति April 11, 2021