बिहेपछि फिल्मलाईन छाडछु ,एक असल बुहारी बन्छु नायिका पुजा शर्मा

प्रेम गीत को सफलतापछि रातारात चर्चित र लोकप्रिय बनेकी नायिका पुजा शर्मा कुनै न कुनै रुपले मिडियामा लाइमलाइटमा आईरहने नायिका हुन् । कहिले आफना कोस्टारसंगको लफडा त कहिले बोल्दा बोल्दै ध्यान नपु¥याएको कारण केही बिवादमा पनि आएकी पुजा कुनै समय नेपाली फिल्ममा अभागी नायिका मानिन्थ्यो ।

उनले आर्यन सिग्देल जस्ता नायकसंग पनि काम गरिन तर करियरमा उनले कुनै उपलब्धी हासिल गरिनन् तर निर्देशक सुर्दशन थापासंगको निकटताले उनलाई अझै पनि , चङखे सङखे पङखे हुँदै प्रेम गीतसम्म ल्याई पु¥याउँदा उनले नसोचेको फ्यानफलोईङ र स्टारडम बनाई । म यस्तो गीत गाउँछु हुँदै रामकहानीसम्म निर्माता समेत बनेकी उनले यसबीचमा दर्शकको अपार माया लुट्न सफल भईन ।

तर उनलाई सुर्दशनको फिल्ममा मात्र काम गरेको भन्ने आरोप पनि छ । उनी यस बिषयमा झट्ट अरुलाई विश्वास गर्न नसकेको बताउँछिन् । सुर्दशनसंगै प्रेम सम्बन्धमा रहेको चर्चा भईरहँदा उनीहरुले यसबारे औपचारिकरुपमा स्वीकार गरिसकेको अवस्था छैन । हालै ‘सम्हालिन्छ कहिले मन’ फिल्ममा १५ लाख पारिश्रृमिक लिएर सर्वाधिक महंगी नायिकाको लिस्टमा परेकी पुजाले बिवाहपछि फिल्म लाईनबाट टाढा रहने घोषणा गरेकीछिन् ।

अहिले नै बिवाहबारे केही नसोचेको बताएकी पुजाले बिवाहपछि फिल्मी क्षेत्रबाटै अलग्गिने बताईन् । उनी भन्छिन् “बिवाहपछि म फिल्म क्षेत्रबाट अलग हुन्छु र असल बुहारी भएर जिवन बिताउँछु” । निर्मात्रीसमेत रहेकी पुजाले बिवाहपछि अभिनयसंगै फिल्म निर्माणमा पनि हात नहाल्ने उनको भनाई रहेको छ ।

नायिक करिष्मा मानन्धरको घरमा चट्याङ्

२९ वैशाख, काठमाडाैँ । चर्चित नायिक करिष्मा मानन्धरको घरमा चट्याङ् परेको छ । केहीबेर अघि हवाहुरीसहित मेघ गर्जिरहेको अवस्थामा चट्याङ परेको हो । चट्याङबाट मानवीय क्षति भएको छैन ।

करिष्माको घरको एउटा रूख पुरै चिरिएको छ । नायिक मानन्धर अाफैँले रूख चिरिएको एउट भिडियो पोष्ट गरेकी छिन । उनले अाफू सुरक्षित रहेको बताएकी छिन ।

प्रकाशित मिति May 12, 2019