सामाजिक दूरी उल्लंघन गरेको भन्दै नर्वेजियन प्रधानमन्त्रीलाई २० हजार जरिवाना

ओस्लो: नर्वेकी प्रधानमन्त्री एर्ना सोलवर्गलाई कोरोना संक्रमण नियन्त्रणका लागि लागु गरिएको सामाजिक दूरीको नियम उल्लंघन गरेको भन्दै प्रहरीले २ हजार ३ सय डलर (२० हजार नर्वेजियन क्राउन) जरिवाना गरेको छ ।

जन्मदिन मनाउन परिवार तथा साथीभाइको जमघट गर्दै सामाजिक दूरीको नियम उल्लंघन गरेको भन्दै प्रहरीले कारवाही गरेको जनाएको छ । गत फेब्रुअरीको अन्त्यतिर एक माउन्टेन रिसोर्टमा १३ जना पारिवारिक सदस्यबीच प्रधानमन्त्री सोलवर्गले आफ्नो ६०औं जन्मदिन मनाएकी थिइन्। तर, उनकै सरकारले भने कुनै पनि कार्यक्रममा १० जनाभन्दा बढी मानिस भेला हुन निषेध गरेको थियो। प्रधानमन्त्री सोलवर्गले नियम उल्लंघन गरेकोमा सार्वजनिक रुपमै माफी पनि मागेकी थिइन्। प्रहरी अधिकारीहरुले भने सबैका लागि कानून समान भएको र प्रधानमन्त्रीले झनै यस्ता कुरामा नैतिकता देखाउनुपर्ने प्रतिक्रिया दिएका छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

प्रकाशित मिति April 9, 2021