श्रीकृष्णको तस्विर कोठामा सजाउन दिनेसँग विवाह गर्छुः नायिका श्वेता खड्का

अभिनेत्री श्वेता खड्काले श्रीकृष्ण श्रेष्ठको ‘कहाँ भेटिएला’बाट नेपाली फिल्ममा डेब्यु गरिन् । श्रीकृष्णकै अर्को फिल्म ‘कोहिनुर’ खेलेपछि उनीहरूले बिहे गरे । तर, विवाहको एक महिनामा नै श्रीकृष्णको निधन भयो ।

त्यसपछि विक्षिप्त बनेकी श्वेता अहिले नयाँ जीवन बाँचिरहेकी छिन् । उनी ‘श्वेता श्री फाउन्डेसन’मार्फत माझी बस्ती निर्माण पनि गरिरहेकी छिन् । श्वेतासँग उनको अबको जीवनबारे नयाँ पत्रिकाका नवीन प्यासीले सोधखोज गरेका छन्ः–

तपाईंसँग अझै लामो जीवन बाँकी छ । अबको यात्रा कसरी गर्नुहुन्छ ?

म आजका लागि बाँच्छु । आज जसरी पनि खुसी हुने प्रयत्न गर्छु । भोलि के हुन्छ, सोच्दै सोच्दिनँ । अरूले के भन्छ, सोच्छ पनि ख्याल गर्दिनँ । उहाँ (श्रीकृष्ण श्रेष्ठ)ले मलाई यसरी अधुरो बाटोमा छाडेर जानुहुन्छ भनेर कसरी थाहा हुन्छ ? श्रीकृष्ण श्रेष्ठसँग विवाह हुन्छ भनेर पनि थाहा थिएन नि । एक महिनामा फिक्स भएर विवाह भयो । इन्टरकास्ट, उमेरको ग्यापलगायत हरेक कुराले हाम्रो विवाह नहुनुपथ्र्यो । तर, भयो । भोलिको कुरा कसलाई के थाहा ?

हिजोको जीवन त सकियो । अबको दिनमा त नयाँ सपना र सोच चाहियो नि, होइन ?

पहिलाको श्वेता त उहाँले छाडेर गएको दिन नै जलेर मरिसकी । म अर्को श्वेता जन्मेकी हो । अहिले नयाँ जे पनि सोच्न सक्छु । मेरो जीवनमा जे पनि हुन सक्छ । पहिलाको जिन्दगीको त्यो गाडी, त्यो लुकिङ मिरर हेर्न छाडिसकेँ, जुन बाटोमा मेरा पछाडिका घटना देखिन्छन् । त्यही भएर म फ्रेस श्वेता हो । मैले फिल्म पनि बनाएँ र दर्शकको मन जितेँ । बस्ती पनि बनाउँदै छु । जे गर्दै छु, नयाँ गर्दै छु ।

यदि भोलि विवाह भइहाल्यो भने श्रीकृष्ण श्रेष्ठलाई बिर्सनुहुन्छ ?

यदि मेरो विवाह भइहाल्यो भने उहाँलाई राख्ने स्पेस सिर्जना गर्न नसक्नेसँग हुँदैन । मेरो नयाँ घरमा पनि उहाँको तस्बिर राख्न पाउनुपर्छ । उहाँको जन्मदिन हरेक वर्ष सेलिब्रेट गर्न छुट दिने मान्छे आए विवाह गर्छु । उहाँ मेरो विगत हो । मेरो विगतलाई स्वीकार गर्न नसक्ने मान्छेसँग विवाह हुँदैन । मेरो प्रत्येक पलमा उहाँबारे बोल्दा तारिफ गर्ने मान्छेसँग हुनुपर्छ । धनले, रूपले मलाई अर्थ राख्दैन । मन राम्रो भएको मान्छेसँग अवश्य जोडिन सक्छु । नयाँ पत्रिकाबाट[]

यो पनि पढ्नुस: जति मेहनत गरेपनि धन कमाउन सक्नुभएको छैन भने तपाईंलाई ग्रहदोष हुनसक्छ । यसलाई हटाउन ऊँ श्री हनुमते नमः यो मन्त्र दिनदिनै २१ चोटि जप्नुस् । काममा बाधा आउन पाउँदैन ।

अलिकति हिंग आफूमाथि घुमाएर उत्तर दिशामा फ्याँक्नुस् । अनि बिहानै तीनवटा हरिया अलैंची दाहिने हातमा राखेर श्रीं श्रीं उच्चारण गर्नुस् र खानुस् । त्यसपछि घरबाहिर निस्कनुस् । काम फत्ते हुन्छ ।

सुतेर बिहान उठेपछि दिनदिनै आफ्नो हत्केलालाई ध्यान दिएर हेर्नुस् र तीनचोटि चुम्नुस् । यसो गर्दा हरेक काममा सफलता पाउनुहुनेछ । शनिवारदेखि यसो गर्न शुरु गर्नुस् ।

पाँच रुपैयाँको नोटको त्रिकोण पिरामिड बनाएर पूजाकोठामा राख्नुस् । धनको कमी हुन थाल्नेबित्तिकै त्यो पिरामिडलाई देब्रे हातमा राखेर दासहने हातले छोप्नुस् । अनि पिरामिडले घरमा धन ल्याउँदैछ भनी कल्पना गर्नुस् ।

यसो गर्दा कताकताबाट तपाईंलाई धन आइलाग्छ । तर पैसाको साह्रै खाँचो भयो भने मात्र यसो गर्नुस् । गुरु पुष्य योग र शुभ चन्द्रमाको दिन बिहान हरियो रंगको कपडाको सानो थैलो बनाउनुस् । अनि श्रीगणेशको चित्र वा मूर्तिअघि बसेर संकटनाशन स्तोत्रको ११ चोटि पाठ गर्नुस् ।

त्यसपछि थैलीमा सातवटा मुँग, दश ग्राम साबुत धनियाँ, एक पञ्चमुखी रुद्राक्ष, एक चाँदीको सिक्का, दुईवटा सुपारी, दुईवटा बेसारको पोको बाँधेर गणेशजीलाई शुद्ध घिउको लड्डु भोग चढाउनुस् । त्यसपछि थैली कन्तूरमा राख्नुस् । एक वर्षपछि नयाँ थैली राख्नुस् । गरीब र ब्राह्मणहरूलाई दान दिनुस् । यसो गर्दा आर्थिक रूपमा तनाव हुँदैन ।

आइतवार भैरवको मन्दिरमा सिन्दूर चढाएर बटुक भैरव स्तोत्र पाठ गर्नुस् अनि गाई, काग र कालो कुकुरलाई मन पर्ने कुरा खुवाइदिनुस् । वर्षमा चार पाँचचोटि यसो गर्नुभयो भने सबै बाधा हटेर जान्छन् । एजेन्सी

प्रकाशित मिति July 12, 2019