मुला खानुका यति धेरै फाइदाहरु

#मुला
*क्यान्सरसँग लड्न सघाउँछ
*मधुमेह(diabetes)का रोगीलाई उपयुक्त हुन्छ
*रक्तचाप(blood pressure) नियन्त्रण गर्छ
*ब्लड सुगरमा असर पर्दैन
*शरीरबाट विषाक्त पदार्थ निकाल्छ
*पाइल्स हुन पाउँदैन
*डन्डीफोर, कालो पोता हटाउँछ।

सामान्य लाग्ने र बोलीचालीमा प्राय: हियाइने मुला औषधीय गुणले परिपूर्ण हुन्छ । यसलाई दैनिक आहारामा सामेल गर्दा निरोगी हुन मद्दत मिल्ने गर्छ । आयुर्वेदमा यसलाई स्वास्थ्यको मूल बताइएको छ ।मुलामा क्याल्सियम, प्रोटिन, सल्फर, आयोडिन, आइरन, जिंक पर्याप्त मात्रामा पाइन्छ । यसमा सोडियम फोस्फोरस, म्याग्नेसियम र क्लोरिनसमेत हुन्छ । मुलामा पाइने फाइटोकेमिकल, एन्थोसाइनेन्सले क्यान्सरको जोखिम कम गर्छन् । यसमा प्रशस्त मात्रामा फलिक एसिड, भिटामिन सी, बी कम्प्लेक्स, एथोकाइनिन पाइन्छन् । यीतत्त्वले शरीरलाई क्यान्सरसँग लड्न सघाउने गर्छन् ।

मुलामा एन्टि हाइपरटेन्सिभ गुण हुन्छ । यसले गर्दा उच्च रक्तचापलाई नियन्त्रण गर्न मद्दत मिल्छ ।मुलामा पोटेसियम निकै बढी मात्रामा हुन्छ । यसले गर्दा मुला खाए शरीरमा सोडियम पोटेसियमको अनुपातलाई सन्तुलित भई रक्तचाप सही ठाउँमा बस्ने गर्छ । यो फाइबर अर्थात् रेसाको राम्रो स्रोत हो । यसमा भएको पदार्थले इन्सुलिनलाई नियन्त्रण गर्ने काम गर्छ ।
मुला कम ग्लाइसेमिक इन्डेक्सका लागि चिनिन्छ । अर्थात्, यो खाँदा ब्लड सुगरमा असर पर्दैन । मधुमेह भएकाहरूले दिनहुँ मुला खानु निकै उपयुक्त मानिन्छ ।यसमा डाइयुरेटिक अर्थात् मूत्रवर्धक गुण हुन्छ । त्यसैले मुला खानु मृगौलाको स्वास्थ्यका लागि निकै लाभदायक हुन्छ । यसले शरीरको विषाक्त पदार्थ बाहिर निकाल्न सघाउँछ ।

पाइल्स भएका बेला मुला खानु अति फाइदाजनक हुन्छ । पाइल्स कब्जियतका कारण हुने गर्छ । मुला वा मुलाको पात नियमित रूपमा खाँदा कब्जियत हुन पाउँदैन । आन्द्रा स्वस्थ हुन्छ, पाचनप्रणाली तन्दुरुस्त भइरहन्छ । फलस्वरूप पेट र कलेजो स्वस्थ भइरहन पाउँछन् ।
मुलामा ननडाइजेस्टेबल कार्बोहाइड्रेट हुन्छ । यसमा क्यालोरी समेत कम हुन्छ । यसले बोसोलाई एकत्रित हुन दिँदैन । यिनै गुणहरूका कारण मुला शारीरिक तौल नियन्त्रणमा पनि उपयोगी मानिन्छ ।
यसमा भएको एन्टिब्याक्टेरियल गुणले रगतलाई शुद्घ पार्ने गर्छ ।
अनुहारमा डन्डीफोर आदिले दु:ख दिएका बेला मुला खाँदा त्यस्तो समस्या हटदै जान्छ । यही कारण मुलालाई सौन्दर्यवर्धकसमेत मानिन्छ ।

यो पनि पढ्नुहोस

गर्मी मौषममा लामखुट्टेले दिने पीडा निकै रिस उठ्ने खाल्को हुन्छ । अझ गर्मी क्षेत्रमा बस्नेहरु त लामखुट्टेले टोकेर लाग्ने बिभिन्न रोगको समेत सिकार बन्ने गरेको छ । यसबाट बच्न बिभिन्न उपाय अपनाएर हैरान हुनुहुन्छ भने यो तपाईका लागि सुखद खबर हुन् सक्छ ।

कपुर र पानी

कपुर र पानी प्रयोग गरेर लामखुट्टे भगाउन सक्नुहुन्छ जसका लागि दुई टुक्रा कपुर एक चौथाई कप पानीमा हाल्नु भयो भने जादूझै लामखुट्टे भगाउन सक्नुहुन्छ । र यदि उक्त पानीमा अर्को टुक्रा कपुर मिसाउनु भयो भने त झन चाँडो लामखट्टे भाग्दछन् ।

कागती र ल्वाङ

कागती र ल्वाङको गन्धलाई लामखुट्टेले मन पराउदैनन् । त्यसैले दुईवटा कागतीलाई बीचबाट काटेर प्रत्येक टुक्राको भित्र ५ देखि ६ वटा ल्वाङ राख्नुहोस् अनि एउटा प्लेटमा लगेर आफ्नो कोठामा राख्नुहोस् । बस यति गरे पछि लामखुट्टे कोठाबाट भाग्दछन् ।

लसुन

घरमा लसुन त हुने नै भो । बढी लसुन हालेको खाना प्रयोग गर्नुभयो भने लामखुट्टे लुसन खाएका मानिसबाट टाढा हुन्छ ।

आयुवेर्दिक स्प्रे

लामखुट्टे भगाउने क्रिमहरु प्रयोग गर्नुहुन्छ ? यसलाई छाडिदिनुहोस् । अब तपाईं आफैं घरेलु प्रविधिबाट लामखुट्टे भगाउने स्प्रे बनाउन सक्नुहुन्छ । यसका लागि तुलसी, पानी र भोड्का जस्ता घरमै उपलब्ध हुने सामग्रीहरु चाहिन्छन् ।

पहिला तुलसी र पानी उमाल्नुहोस् र तुलसीलाई राम्रोसँग निचोरेर आएको पानीलाई एउटा सफा बोतलमा राख्नुहोस् । बोत्तलमा जति पानी छ, त्यसको आधा भोड्का थप्नुहोस् । बिस्तारै हल्लाउनुहोस् । तपाईंको घरमै अब लामखुट्टे धपाउने स्प्रे तयार भयो ।

प्रकाशित मिति May 11, 2019